• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एकता दिवसले मान्यता नपाए राप्रपा सरकारमा नजाने भएपछि दबाबमा प्रचण्ड


  •   सोमबार, पुष १८, २०७९ मा प्रकाशित
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ।

    Advertisement

    राप्रपासहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डमाथि पुस २७ गते पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउँदै सार्वजनिक विदा दिनुपर्ने दबाव सृजना भएको छ।

    किनभने राप्रपाले सरकारमा सहाभागिता जनाउन पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै सार्वजनिक विदा दिनुपर्ने बटमलाई अघि सारेको छ।

    पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस सार्वजनिक विदा लिएर राष्ट्रिय एकता दिवस नमनाए सरकारमा सहभागी हुने बाटो बन्द हुने राप्रपाले चेतावनी दिइसकेको छ। राप्रपाको सो मागप्रति एमाले अध्यक्ष केपी शर्मा ओली, सत्ता सहयात्री दल राष्ट्रिय स्वतन्त्र पार्टी सकारात्मक छन्।

    तर यो विषयमा प्रधानमन्त्री प्रचण्डले भने कुनै निर्णय गरिसकेका छैनन्। उनी राप्रपाको समर्थन गुमाउन पनि चाहँदैनन्, तर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलकै क्रममा छन्।

    राप्रपाले आफ्नोतर्फबाट सरकारको न्युनोतम साझा कार्यक्रममा पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र सो दिन सार्वजनिक विदा दिने गरी समावेश गरेको छ।

    तर यो विषयमा निर्णय भइनसकेको कार्यदलका सदस्य एवं राप्रपा महामन्त्री धवलसमशेर राणाले जानकारी दिए। ‘हामीले यो विषयलाई न्युनोतम साझा कार्यक्रममा आफ्नोतर्फबाट समावेश गरेका छौं,’ राणाले डिसी नेपालसँग भने, ‘तर यो विषयमा निर्णय भइसकेको छैन।’

    माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल यो विषयमा पहिला गठबन्धनभित्र छलफल हुनुपर्ने बताउँछन्। ‘पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक विदा दिने विषयबारे पार्टीमा कुनै छलफल भएको छैन,’ गजुरेलले डिसी नेपालसँग भने, ‘यो विषयमा पहिला गठबन्धनभित्र छलफल हुनुपर्छ।’

    उनले गठबन्धनमा धेरै दल सहभागी भएकाले धेरै विषयमा अड्को थाप्न नहुने बताए। ‘आज एउटाले एउटा विषय उठाउला भोलि अर्को दलले अर्को विषय उठाउँछ,’ उनले भने, ‘माग बढ्दै जाँदा भोलि गठबन्धन अप्ठेरोमा पर्न सक्छ। यस्ता विषयमा पहिला गठबन्धनभित्र छलफल गरेर एउटा धारणा बनाउने उपयुक्त हुन्छ।’

    सोमबार, पुष १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.