• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सत्ता गुमेपछि कांग्रेसमा आन्तरिक विवाद तीव्र


  •   मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
  • मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट पहिलो दल बने पनि नेपाली कांग्रेस नयाँ सरकारको नेतृत्व लिन चुकेको छ। सत्ता गुमेसँगै कांग्रेसमा आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री, राष्ट्रपतिसहितका प्रमुख पद आफैंसँग राख्ने कांग्रेस अडानपछि माओवादी केन्द्र पुरानो गठबन्धन छाड्दै एमालेसँग जोडिन पुगेको थियो। संस्थापन इतरका नेताहरूले यस्तो परिस्थिति सिर्जना हुनुको सम्पूर्ण जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताउँदै आएका छन्।

    Advertisement

    सभापति देउवासहितको सानो समूहको सत्तालिप्साका कारण पार्टीले संघदेखि प्रदेशसम्मका महत्वपूर्ण पद गुमाएको निष्कर्ष उनीहरूले निकालेका छन्। पार्टी केन्द्रीय समितिको पुस २२ गतेबाट सुरु हुने बैठकमा सत्ता गुमेको विषयलाई लिएर आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा संस्थापन इतरका नेताहरू छन्। इतरका नेता शेखर कोइरालाले पार्टी नेतृत्वको असावधानीका कारण अहिलेको अवस्था आएको बताउँदै तत्काल नीति अधिवेशन बोलाउनुपर्ने तर्क गरेका छन्।

    सरकार गठन प्रक्रियामा वार्तामा रहेका नेता रामचन्द्र पौडेलले पनि अहिलेको अवस्था आउनुमा सभापति देउवा नै जिम्मेवार रहेको बताएका छन्। सरकार गठन प्रक्रियामा भएको छलफलकै क्रममा आफूले सभापति देउवालाई अहिलेको परिस्थिति आउने भन्दै अरूको भर नपर्न आग्रह गरेको दाबी गर्दै पौडेलले केन्द्रीय समितिको बैठकमा त्यस विषयमा फेरि कुरा उठाउने बताएका छन्। माओवादी केन्द्र कांग्रेसबाट अलग्गिएर एमालेसँग मिल्न जाँदैन भन्नेमा सभापति देउवा ढुक्क देखिएको बताउँदै पौडेलले माओवादी गइहाले पनि उसलाई एमालेले समर्थन गर्दैन भन्नेमा कसैले आश्वस्त गराउँदा अहिलेको अवस्था आएको विश्लेषण गरे।

    अहिलेको परिस्थिति कसरी आयो भन्ने विषयमा बैठकमा सभापति देउवाले नेता–कार्यकर्तालाई जवाफ दिनुपर्ने पौडेलको भनाइ छ। देउवाकै अडानका कारण सत्ता गठबन्धन कायम राख्न नसकेको भन्दै सार्वजनिक रूपमै आलोचना गर्दै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरूलाई वार्ता प्रक्रियामा सहभागी गराएको भए अहिलेको अवस्था नआउने धारणा राख्दै आएका छन्। अहिलेको अवस्था आउनुको जिम्मेवारी सभापति देउवासहित वार्ता र छलफलमा बसेका नेताहरूले लिनुपर्ने तर्क उनीहरूको छ।

    महामन्त्री थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेसँग मिल्न सक्छन् भन्ने आकलन गर्न नसक्नुलाई नेतृत्वको ‘हुस्सुपना’ भएको सार्वजनिक अभिव्यक्ति दिएका छन्। थापा र शर्मा दुवैले संयुक्त विज्ञप्तिमार्फत कांग्रेस सत्ताविमुख हुनुपर्ने अहिलेको अवस्थाको गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नुपर्ने तर्क गरेका छन्। ‘हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनका बेला एउटा गठबन्धन र एउटा वाचाबन्धन गरेर जाने तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तीमा हामीबाट भएन,’ उनीहरूले भनेका छन्।

    तर सभापति देउवासहित संस्थापन पक्षका नेताहरूले भने पार्टीको जिम्मेवार पदमा रहेका व्यक्तिहरूले परिस्थितिलाई सम्हाल्नतिर लाग्नुको साटो पार्टीले सबै कुरा गुमाउँदा ‘खुच्चिङ’ भनेर गैरजिम्मेवारीपन प्रदर्शन गरेको आरोप लगाउँदै आएका छन्। पार्टी महामन्त्रीसहित जिम्मेवार नेताहरूले परिस्थितिलाई सम्हालेर पार्टीभित्र देखिएको असमझदारी आन्तरिक छलफलबाट हटाउन लाग्नुको साटो ‘पपुलर’ कुरा गरेर समाचार बन्नेतिर केन्द्रित भएको सभापति देउवानिकट नेताहरूको आरोप छ।

    पार्टी कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभाको ठुलो दलको हैसियतले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि पहल लिने निर्णय गरेको भन्दै त्यसकै आधारमा सभापतिले नयाँ सरकार गठनका लागि पहल लिएको तर्क गर्दै आएका छन्। महामन्त्रीद्वय थापा र शर्माले भनेजस्तो अहिले माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिएको भए पनि उनीहरूले अहिलेजस्तै प्रधानमन्त्री छाडेको भनेर आलोचना गर्ने दाबी गर्दै आएका छन्।

    पार्टी प्रवक्ता प्रकाशशरण महतले सभापति देउवासहितका नेताले कार्यसम्पादन समितिको निर्णयअनुसार नै सरकारको नेतृत्व दाबी गरिएको बताउँदै आएका छन्। पार्टी निर्णयअनुसार वार्ता, छलफल र सरकारको दाबी गर्ने कुरालाई नाजायज भन्न नमिल्ने तर्क गर्दै आएका छन्। प्रधानमन्त्री नदिए गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन निर्माण गर्ने कुराको संकेतसम्म पनि माओवादी केन्द्रका अध्यक्ष दाहालले नदिएको भन्दै संस्थापन पक्षका नेताहरूले पार्टी नेतृत्वमा जो भए पनि परिस्थिति र परिणाम अहिलेकै जस्तो आउने दाबी गरेका छन्।

    केन्द्रीय सदस्य नैनसिंह महरसहितका केही नेताले अहिलेको परिस्थितिको जिम्मेवारी सभापति देउवासहित अन्य पदाधिकारीले लिनुपर्ने बताउँदै आएका छन्। सरकार गठनसहितका विषयमा केन्द्रीय समितिमा छलफल नगरी कार्यसम्पादन समितिबाट निर्णय लिने र अहिले परिणाम नआएपछि एकअर्कालाई आरोप लगाएर कोही पनि भाग्न नमिल्ने तर्क उनको छ। अहिलेको परिस्थिति किन आयो भनी नेतृत्वले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताउँदै महरले भने, ‘नेतृत्वमा रहेकाले सभापति सबैभन्दा जिम्मेवार हुनुहुन्छ तर पदाधिकारीसहित अन्य सहयोगीहरूले पनि पन्छिन मिल्दैन।

    सभापतिबाट गल्ती हुँदा पनि हस्तक्षेपकारी भूमिका निर्वाह नगर्ने पदाधिकारी र सहयोगीहरू पनि दोषी छन्।’ केपी ओली नेतृत्वको तत्कालीन सरकारले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णयको पक्षमा सभापति देउवा रहे पनि निर्वाचनमा जान नदिएर अरू नेताहरूले गलत गरेको तर्क सहमहामन्त्री किशोरसिंह राठोरले गरेका छन्। तर निर्वाचनमा नगए पनि माओवादी केन्द्रसहितका दलहरूको साथ लिएर सरकार बनाउने काम गलत भएको तर्क पनि उनले गरेका छन्।

    संविधान विघटनपछि निर्वाचनमा गएको भए माओवादी केन्द्रसहितका दलहरूको हैसियत अहिलेको जस्तो नहुने र कांग्रेसको अवस्था अहिलेभन्दा मजबुत हुने दाबी गर्दै निर्वाचनमा जान नदिने नेताहरूकै कारण अहिलेको अवस्था आएको दाबी राठोर मात्र नभएर अन्य केही नेताहरूले पनि गरेका छन्। पुस २२ गते बोलाइएको बैठकमा कांग्रेसका नेताहरू नयाँ रणनीति तयार गर्नुभन्दा एकअर्काविरुद्ध आरोपित गरेर आफूलाई राम्रो कसरी देखाउने भन्ने आन्तरिम तयारीमा जुटेका छन्। संस्थापन र इतर दुवै पक्ष आफ्नो बचाउ कसरी गर्ने र अर्को पक्षलाई कसरी आरोपित गर्ने भन्नेमै केन्द्रित भएका छन्।

    मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.