• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भैरहवा भन्सारमा हुँदैन खाद्यन्नकाे गुणस्तर परीक्षण, उपभोक्ताकाे स्वास्थ्यमाथि खेलबाड


  •   बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
  • भैरहवा भन्सार हुँदै भित्र्ने खाद्यन्नको ल्याब परीक्षण नै नभई भित्रिने गरेको छ। उपभोक्ताले सिधैँ प्रयोग गर्ने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरी, सुक्खा फलफुल (काजु, बदाम)लगायतका वस्तुको खाद्य परीक्षण नै नभई नेपाल भित्रिने गरेको हो।

    Advertisement

    भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिदा खानयोग्य छ कि छैन भनि परीक्षण गर्नुपर्छ। परीक्षणमा सरकारले तोकेको मापदण्ड पुरा भए भन्सार कार्यालयमार्फत भित्रिने हुन्छ । तर, भैरहवा भन्सार हुँदै आयात भएका यस्ता खाद्यवस्तुको क्वारेन्टिन जाँच मात्रै हुने गरेको छ।

    सरकारले खानयोग्य वस्तु मात्रै भित्रि्योस् भन्ने उद्देश्यले खाद्य गुणस्तरका लागि प्रमाणीकरण कार्यालय स्थापना गरेको छ। भैरहवा भन्सारनजिकै रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बेलहियाले ती वस्तुको ल्याबटेस्ट गर्ने भनिए पनि त्यस्ता वस्तु त्यहाँ जाँच नभई सिँधै उपभोक्तको भान्सामा पुग्ने गरेको छ।

    कुनै पनि खाद्य वस्तु खानयोग्य छ कि छैन भनि गुणस्तर जाँच हुन्छ। खानयोग्य मापदण्डमा भए मात्रै भित्रिन्छ। अन्य तयारी खाद्यवस्तु चाउचाउ, चकलेट, बिस्कुटलगायत परीक्षण भए पनि खाद्यन्नको गुणस्तर परीक्षण नै नभई भित्रिने गरेको छ।

    कार्यालयले चालु आर्थिक वर्षमा हालसम्म चार हजार नाै सय २९ वटा तयारी खाद्य वस्तु परीक्षण गरेकोमा दुई वटा खान अयोग्य भई भन्सारबाट फिर्ता पठाइएको छ। परीक्षणबाट खानयोग्य भएपछि करिब ११ हजार मेट्रिक टन खाद्यवस्तु भैरहवा भन्सार हुँदै भित्रिएको छ। भित्रिएका ती वस्तुमध्ये कृषिजन्य खाद्य वस्तु नभई तयारी वस्तु मात्रै रहेको छ।

    भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा मात्रै करोडौं मूल्य बराबरको खाद्यान्न भन्सार जाँचपास गरी नेपाल पठाएको छ तर पठाएका ती वस्तुमध्ये कुनैको खाद्य गुणस्तर परीक्षण भएको छैन।

    भन्सार विभागले जारी गरेको एकद्वार प्रणलीअन्तर्गतको सिस्टममा अनलाइनमार्फत के कस्तो वस्तु हो त्यसको अवस्था हेरेर परीक्षणका लागि पठाउने गरेको छ। तयारी खाद्यवस्तु खाद्य प्रमाणीकरण कार्यालय, पशुजन्य खाद्य वस्तु पशु क्वारेन्टिन कार्यालय र कृषिजन्य खाद्यवस्तु प्लान्ट क्वारेन्टिन कार्यालयबाट परीक्षण भई स्वीकृति गरेमा मात्रै भन्सार जाँचपासको प्रक्रिया अगाडि बढ्छ तर उपभोक्ताले सिधैँ प्रयोग गने केही वस्तु चामल, दाल, गेडागुडी, मकै, तोरी, चियालगायतका वस्तु खाद्य गुणस्तरका लागि स्थापना भएको कार्यालयमा परिक्षण नै नभई भन्सार कार्यालयले जाँचपास गर्ने गरेको छ।

    खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बेलहियाका प्रमुख रविन्द्र झाका अनुसार कार्यालयमा हालसम्म कुनै खाद्यान्नको नमुना परीक्षण नगरेको बताए। उनले भने, ‘हामीले तयारी खाद्यवस्तुको परीक्षण चालु आवमा करिब पाँच हजारको गरे पनि खाद्यन्नको परीक्षण गरेका छैनौँ। खाद्यान्न पनि भैरहवा भन्सार नाकाबाट आयात भइरहेका छन्। तर भन्सारले नमुना विश्लेष्णका लागि नपठाएकोले हालसम्म कुनै खाद्यान्नको परीक्षण भएको छैन।’

    यस भन्सारबाट आउने खाद्यन्नको गुणस्तर परीक्षण नहुने भएकोले तस्करी र खुला सीमाबाट आउने खाद्यन्न सरह हुने गरेका छन्। गुणस्तरहीन खाद्यन्न पनि सहजै नेपाल भित्रिएर उपभोक्ताले प्रयोग गरिरहेका छन्। जसले उपभाेक्ताकाे स्वास्थ्यमा गम्भीर असर परिरहेकाे छ।

    भन्सार जाँचपास अनलाइनबाट हुने भन्सार प्रमुखकाे दाबी

    भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भैरहवा भन्सार कार्यालयले अनलाइन प्रणालीमार्फत भन्सार जाँचपास गर्ने गरेको बताए । भन्सारको एकीकृत प्रणालीमा खाद्य गुणस्तर परीक्षणको अनलाइन प्रणाली समाविष्ट भएअनुसार नाकाबाट भित्रिएने खाद्यवस्तुको प्लान्ट र विषादी परीक्षण हुने गरेको बताए। परीक्षणविना भन्सार जाँचपासको प्रक्रिया सुरु नहुने उनकाे दाबी छ।

    कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रमाणिकरण कार्यालय र प्लान्ट क्वारेन्टिनको कार्यविभाजनका कारण परीक्षणमा केही समस्या आएको छ। कृषि मन्त्रालयले भन्सार विभागलाई अफलाइनबाट परीक्षण गर्न भने विभागको परिपत्रअनुसार खाद्यन्नको गुणस्तर पनि परिक्षण गर्ने उनले बताए। उनले भने, ‘सिस्टममा त्यो व्यवस्था नभएकोले कृषि मन्त्रालयको विवाद हामीमाथि दोषारोपण गर्न खोजियाे।’

    प्लान्ट क्वारेन्टिन तथा कीटनाशक व्यवस्थापन केन्द्र भैरहवाका प्रमुख कुलदीप घिमिरेले रोग किरा र झारपात जस्ता क्वारेन्टिन परीक्षण मात्रै गर्ने गरेको बताए। खाद्य वस्तुको गुणस्तर हेर्ने काम आफ्नाे नभएको र गुणस्तर हेर्न पनि नभनिएको उनले बताए। खाद्यान्नमा विष, छ वा रंग मिसाइएको छ छैन भनेर हेर्न विशेषज्ञ नहुने उनकाे भनाइ छ।

    बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.