नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बैंक अफ काठमाण्डूको बोनस सेयर सूचीकृत भएको छ। बैंकको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस सेयर नेप्से सूचीकृत भएको हो।
बैंकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गरेको थियो। सोही प्रस्तावित ६ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
