महुली लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार दिउँसो २:३० बजे बसेको सञ्चालक समितिको १३३औँ बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
संस्थाले चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँको २० प्रतिशतले हुन आउने ५ करोड ६४ लाख ३३ हजार ८८८ रुपैयाँ बराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने १ करोड ४१ लाख ८ हजार ४७२ रुपैयाँबराबरको नगद लाभांश दिने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ।
