• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

विश्वासको मत प्रकरण : कांग्रेस आशावादी, एमाले र माओवादी एक अर्काप्रति सशंकित!


  •   बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सदनमा बहुमत सांसद २६८ जनाको विश्वासको मत पाएसँगै नेपालको राजनीतिमा नयाँ तरंग आएको छ।

    Advertisement

    गठबन्धन छाडेर धोका दिएको बताइरहेको कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष रहेका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको घटनालाई कतिपयले अस्वाभाविक रुपमा लिइरहेका छन्। यस्तै कतिपयले कांग्रेसको अर्थपूर्ण राजनीतिक दाउको रुपमा समेत चर्चा गरेका छन्।

    प्रधानमन्त्री प्रचण्डले सदनमा प्रतिपक्षी कांग्रेससमेतको विश्वासको मत अविश्वसनीय तवरले प्राप्त गरेसँगै यसको प्रभाव नेपालको राजनीतिमा बिस्तारै देखिने आँकलन गर्न थालिएको छ।

    वर्तमान सत्ता गठबन्धनका दलहरुभित्र आशंका उत्पन्न गराएको छ। माओवादी र एमालेबीच एकआपसमा किचलो उत्पन्न हुने परिस्थिति निर्माण हुन थालेको चर्चा ब्याप्त छ।

    सत्ता गठबन्धनमा रहेको प्रमुख दल एमाले अध्यक्ष केपी शर्मा ओलील तत्कालीन अवस्थाको उपज भन्दै संसद विघटनको बचाउ गरिरहेका छन्। उनले संसद विघटनलाई ‘प्रतिगमन’ भनिएको प्रति सदनमै प्रतिवाद गरेका थिए।

    माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राजनीतिक मुद्दाको हिसावले आफू पहिल्यैको कांग्रेससहितको गठबन्धनसँगै रहेको बताएका थिए। हालको गठबन्धनमा कतिपय राजनीतिक विषयमा मतभेद रहेको उनको अभिब्यक्तिको आशय थियो।

    विगतको कटुताका बाबजुद गत पुष १० गते नाटकीय ढंगले पुनर्मिलन भएका यी नेताद्वयबीच मंगलबारको घटनाले पुनः चिसोपना बढ्न थालेको बताइन्छ। प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएर दुई पाटीका शीर्ष नेर्ताबीच बन्दै गरेको समझदारी र विश्वसनियतामाथि शंकाको बिज रोप्न सफल भएको छ।

    आफूप्रति आशंका बढेको जानकार भएरै बालकोट पुगेका प्रचण्डलाई जवाफमा ओलीले आगामी दिनमा गठबन्धनप्रति प्रतिवद्ध रहेको अब व्यवहारले प्रमाणित गर्ने अवस्था आएको बताएका थिए।

    सहकार्यको वातावरण बनेर सत्ता साझेदारी गरिरहेका यी एमाले माओवादीका अध्यक्षद्वयको सम्बन्धमा थप किचलो उत्पन्न भए गुमाएको सत्ता राजनीति फर्काउने दाउमा कांग्रेस रहेको छ। सोही रणनीति अनुसार कांग्रेसले मंगलवार विश्वासको मत दिएको स्वयम कांग्रेसजनले स्वीकार गरिसकेका छन्।

    प्रचण्डले विश्वासको मत प्राप्त गरिसकेपछि मंगलबार सदनबाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्ववत् गठबन्धन फर्काउन कांग्रेसले विश्वासकोमत दिएको बताएका थिए।

    कांग्रेस माओवादी र एमालेबीच अविश्वासको वातावरण बने आफ्नो बशमा सत्ताको साँचो आउने कांग्रेसको अपेक्षा छ। प्रधानमन्त्रीले प्राविधिक रुपमा बहुमत सांसदको विश्वासको मत पाएको देखिएपनि यसको ठूलो राजनीतिक अर्थ रहेको कांग्रेसका एक नेता बताउँछन्।

    ती नेताका अनुसार कांग्रेसले दिएको विश्वासको मतले वर्तमान गठबन्धनका दलभित्रै अविश्वासको वातावरण सिर्जित गरेको छ। यसले केही समयपछि सत्ता गठबन्धनमा असमझदारी उत्पन्न हुने आशंका बढेको छ। यो कांग्रेसको राजनीतिक चातुर्यता हो।

    भर्खरै गठबन्धन टुटेपछि चिढिएको कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर संसदीय अंकगणितीय हिसावले प्रधानमन्त्री प्रचण्ड बलियो देखिएका छन्। तर, यसको राजनीतिक प्रभाव भने यसले प्रचण्डप्रति शंकाको बिजारोपण गरेको छ।

    माओवादी र एमालेबीच बिगतको तिक्तता बिर्सिएर नयाँ शिराबाट वाम एकताको वातावरण बनिरहेको बेला कांग्रेसले दिएको विश्वासको मतले आशंका पैदा भएको माओवादीका एक पदाधिकारी बताउँछन्।

    कांग्रेसबाहेकका सत्ता गठबन्धनमा रहेका सात दलका सांसदको मत मात्रै प्रयाप्त हुने अवस्थामा प्रचण्डले कांग्रेसको मत पनि पाउँदा यसले वर्तमान गठबन्धनमा आशंका बढाएको ती पदाधिकारी बताउँछन्।

    ती पदाधिकारी भन्छन्, ‘विगतमा भएको बिभाजन पाठ सिक्दै नयाँ शिराबाट पुनः एकतावद्ध हुने विश्वासको वातावरण बन्दै गएकोमा यसले केही आशंका निश्चय नै बढाएको छ।’

    माओवादी र एमालेबीच एकता भएर २०७५ जेठ ३ मा एमाले र माओवादी एकतापछि गठित तत्कालीन नेकपा आज चार टुक्रामा बिभाजित छ। विगतमा झाँगिएको अन्तरकलहले चार टुक्रामा विभाजित भएका नेकपाका दलहरु पुनः सहकार्यको वातावरण एमाले-माओवादी समीकरणले बनाएको थियो।

    तर, मंगलबार कांग्रेसले अप्रत्याशित रुपमा विश्वासकोमत दिएपछि एमालेकोे माओवादीप्रति आशंका बढाएको छ।

    यही बुझेर प्रधानमन्त्री प्रचण्ड बुधबाार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्। उनलाई मंगलबाार कांग्रेसको तर्फबाट पाएको विश्वासको मतले एमाले आफूहरुप्र्रति सशंकित रहेको जानकारी पाएर नै ओली निवास बालकोट पुगेकोे स्रोत बताउँछ।

    भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले विश्वासको वातावरण टुट्न नदिने कांग्रेसले दिएको विश्वासको मतप्रति आशंका नगर्न ओलीलाई आश्वस्त पारेका थिए। प्रचण्डले ओलीलाई वर्तमान गठबन्धनप्रति प्रतिवद्ध रहेको विश्वास दिलाउन प्रयत्न गरेको स्रोतको दाबी छ।

    स्रोतका अनुसार आफूप्रति आशंका बढेको जानकार भएरै बालकोट पुगेका प्रचण्डलाई जवाफमा ओलीले आगामी दिनमा गठबन्धनप्रति प्रतिवद्ध रहेको अब व्यवहारले प्रमाणित गर्ने अवस्था आएको बताएका थिए।

    माओवादीसँग सहकार्य गर्न नहुने अडानमा रहेका एमालेका नेताहरुले मंगलबार सदनमा देखिएको दृश्यले आफूहरुको आशंका सही साबित हुन थालेको भन्दै अध्यक्ष ओलीलाई सचेत गराएको बताइएको छ।

    बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.