• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

विश्वासको मतले जन्माएको अविश्वास


  •   बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
  • निर्वाचनभन्दा पहिलेदेखि बनेको गठबन्धनबाटै सरकार बनाउने प्रयासलाई भत्काएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेसँग सत्ता गठबन्धन गर्न गएपछि कांग्रेसको भूमिका सशक्त प्रतिपक्षको हुने धेरैले अपेक्षा गरेका थिए।

    Advertisement

    प्रधानमन्त्रीमा नियुक्ति पाइसकेपछि प्रचण्डले विश्वासको मत लिँदा कांग्रेसले त्यसलाई रोक्ने प्रयास गर्ने पनि पूर्वानुमान गरिएको थियो। तर, प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा प्रतिनिधि सभामा जुन दृश्य देखियो त्यसले राजनैतिक वृत्त मात्र होइन सिंगो देश र विदेशी छिमेकी समेत सशंकित भएका छन्।

    प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत पाए। सामान्य रुपमा हेर्दा निर्वाचनपछि नियुत्तः प्रधानमन्त्रीले सजिलै विश्वासको मत पाउनुलाई देशले स्थिरता र गतिशिलता पाउने पूर्वसंकेतका रुपमा हेरिनुपर्ने हो।

    तर, प्रधानमन्त्रीले पाएको विश्वासको मतले विश्वास भन्दा धेरै अविश्वास पैदा गरेको छ। विश्वासको मत दिनेहरुका आ-आफ्नै स्वार्थ रहेको र ती स्वार्थको पूर्ति नहुने अवस्थामा यही विश्वासको मत अविश्वासमा परिणत हुने कुरा आम नागरिकले समेत बुझिसकेका छन्।

    सबैभन्दा ठूलो अविश्वासको स्थिति कांग्रेसले विश्वासको मत दिएपछि आएको हो।

    निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको कांग्रेसलाई अन्तिम समयमा एक किसिमले धोका दिएका प्रचण्डले अन्तिम समयमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत मागेपछि अविश्वासको आगो सल्किएको हो। र, संसदमा भएको मतदानमा कांग्रेसले विश्वासको मत दिएपछि त्यो आगो अहिले भुसको आगोजस्तै फैलिँदै गएको छ।

    यो अविश्वासको स्थिति अब करिब १ महिनासम्म चल्नेछ। एक महिनापछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। यी पदहरुमा आफ्नो दावी गर्न र सत्ता गठबन्धनको खटपटको फाइदा उठाएर आफूले लाभ लिन कांग्रेसले विश्वासको मत दिएको मानिएको छ।

    २७५ प्रतिनिधिसभा सदस्यमध्ये २ जनाबाहेक अरु सबैबाट विश्वासको मत पाएका प्रचण्ड अहिले यस्ता प्रधानमन्त्री बनेका छन् कि सबैभन्दा ठूलो दल कांग्रेसले नै समर्थन फिर्ता लिएको अवस्थामा पनि उनको बहुमत गुम्दैन।

    जुनसुकै दलले साथ नदिँदा पनि बहुमत नगुमाउने अवस्थामा रहेका प्रचण्ड बाहिरी रुपमा हेर्दा शक्तिशाली देखिन्छन् तर भित्री रुपमा उनी उत्तिकै दबाब खेपिरहेका छन्।

    विश्वसको मत दिएकै आधारमा कांग्रेसले उनीसँग विभिन्न पदको बार्गेनिङ गर्ने अवस्था छ । सत्ता साझेदार नै बनेर गएका दलहरुले त उनीसँग भागबण्डा गर्ने नै भए।

    यो आशंका र अविश्वासको स्थिति महत्वपूर्ण पदको बागबण्डाका लागि भएको भन्ने लगभग प्रस्ट भइसकेको छ। आफूले सरकार गठन गर्न नसक्दा यी पदबाट बञ्चित हुने अवस्थामा पुगेको नेपाली कांग्रेसले कम्तिमा पनि राष्ट्रपति आफूले पाउने वातावरण बनाउन विश्वासको मत दिएको धेरैको विश्वास छ।

    यसबाहेक प्रचण्डको अस्थिर मानसिकताबाट परिचित कांग्रेस नेतृत्वले प्रचण्डलाई विश्वासमा लिइरहने र भोलि प्रचण्डको एमालेसँग खटपट भएको मौका पारेर एमालेलाई पन्छाइ आफैं सरकारमा जाने अवसरको रुपमा प्रयोग गर्ने तयारी गरिरहेको पनि धेरैको बुझाइ छ।

    अहिलेको अवस्थामा कांग्रेस आशावादी छ। उसले एमाले-माओवादी गठबन्धनमा अविश्वास उत्पन्न गरेर त्यसको फाइदा उठाउने दाउ हेरिरहेको छ। सत्ताधारी गठबन्धनको अविश्वासमा कांग्रेसले आफ्नो लाभ देखिरहेको छ।

    अर्कोतर्फ एमाले भने सशंकित छ। एमालेभित्र प्रचण्डले फेरि धोका दिएर जान सक्छन् भन्ने आशंका भुसको आगोजस्तै फैलिइरहेको छ। र, यो आशंकालाई निवारण गर्न एमाले र माओवादीका अध्यक्षहरुले केही प्रयास पनि गरेका छन्।

    विश्वासको मतपछि उब्जिएको अविश्वासको अवस्थाको अन्त्यका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले बुधबार सिंगल-सिंगल वार्ता पनि गरे।

    बैठकमा एमाले अध्यक्ष ओलीले कांग्रेसले विश्वासको मत दिएपछि एमालेभित्र उब्जिएको आशंकाबारे प्रचण्डसँग सोधेका थिए। यसको जवाफमा प्रचण्डले आफू यो सत्ता गठबन्धनप्रति पूर्ण प्रतिबद्ध रहेको बताए। जवाफमा ओलीले प्रचण्डलाई यो पतिबद्धता बोलीमा नभइ व्यवहारमा देखाउन आग्रह गरे।

    यो अविश्वासको स्थिति अब करिब १ महिनासम्म चल्नेछ। एक महिनापछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। यी पदहरुमा आफ्नो दावी गर्न र सत्ता गठबन्धनको खटपटको फाइदा उठाएर आफूले लाभ लिन कांग्रेसले विश्वासको मत दिएको मानिएको छ।

    त्यसैले यी पदहरुको भागबण्डा नमिल्दासम्म यो खिचातानी चलिरहनेछ। यी पदको टुंगो लाग्दासम्म अहिलेको गठबन्धनकै सरकार टिकिरहन सक्यो भने यो सरकार दीर्घकालीन रुपमा अघि बढ्नेछ। अन्यथा अर्को सत्ता समीकरणको सम्भावना पनि उत्तिकै बलियो छ।

    बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.