• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्ववियु निर्वाचन र यसको महत्व

"विद्यार्थी संगठन विद्यार्थीका समस्या बिसाउने साझा चौतारी हुन्  "

  •   शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
  • स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आफैमा विद्यार्थी हकहित र अधिकारका खातिर आवाज उठाउने पवित्र उदेश्य प्रेरित संगठन हो । शिक्षामा विद्यमान विकृति, विसङ्गति विरुद्द र गुणस्तरिय शिक्षाका निम्ति एकाकार भई लाग्ने संगठित स्वरुप हो स्ववियु ।

    Advertisement

    आधिकारिक रुपमै सम्बन्धित क्याम्पसकाे समग्र विद्यार्थीको प्रतिनिधी पनि हो स्ववियु ,जसबाट विद्यार्थी र निज क्याम्पसको समस्या मुखरित हुन्छ । यसर्थ स्ववियु आफैमा अत्यावश्यक माग हो ।

    विद्यार्थी जब एस् ई ई तह पास गर्दै क्याम्पस पढ्न जान्छ,उसले क्याम्पसमा सबैभन्दा पहिले त्यहाँ संगठनका ठुला ठुला साईनबोर्ड देख्नेछ,सँगसँगै संगठनमा विद्यार्थी प्रतिनिधि । भर्ना देखि,विभिन्न फाराम,निवेदन,तोकादेश,सुचना सम्म हरेक कुरामा संगठनका विद्यार्थी प्रतिनिधीले सहयोग गर्ने गर्दछन् ।

    पब्लिक एवम् आगिक क्याम्पसहरुमा प्रशासनिक काज यसरी अड्काईन्छ,मानौँ कुनै सरकारी कार्यालय गईएको छ । यस्तो अवस्थामा सामान्य र गरिब विद्यार्थीलाई विभिन्न संगठनहरुले सहयोग नगर्ने हो भने काम नै बन्दैन या निकै गाह्रो हुनेछ । 

    विद्यार्थी संगठन विद्यार्थीका समस्या बिसाउने साझा चौतारी हुन् , यि त बाधाअड्काउ फुकाउ आयोग हुन् , गरिब निमुखाका सारथी हुन्, त्यसैले हरेक क्याम्पसमा स्ववियुको महत्व अमुखरित हुन्छ । 

    विश्वविद्यालय ,आगिक क्याम्पस, सम्बन्धन प्राप्त क्याम्पस जुनसुकैमा होस्,त्यहाँका हरेक शैक्षिक कार्यक्रम,छात्रावृत्ति,सुचना जानकारी तथा हरेक गतिविधीमा निगरानी राख्दै,अाम विद्यार्थीमाझ प्रसार गर्ने कमाण्डरका रुपमा रहेका सङ्गठन त्यहाँका समस्या नभई गहना हुन् भन्ने कुरामा २ मत छैन । 
    हरेक राजनैतिक दलका आफ्ना अाफ्ना छुट्टै विद्यार्थी संगठन रहेका हुन्छन् । ति हरेक संगठनले अाफ्ना छुट्टै नारा र एजेण्डा बोकेका हुन्छन् । हरेकका नारा वा एजेण्डा फरक हुन सक्छन् तर अन्तिम उदेश्य एउटै हो विद्यार्थी शिक्षाको हकहित, जनजिविकाको पक्षधर र राष्ट्रियताको रक्षा । त्यसैले स्ववियु बहुआयामिक मुद्दा बोक्ने साझा थलो हो ।

    यस्ता अनेक स्वतन्त्र विद्यार्थी युनियनहरु आम् विद्यार्थीबिच निर्वाचनमार्फत परिक्षित भएर आउने प्रकृया नै स्ववियु निर्वाचन हो । हरेक संगठनका अाफ्ना छुट्टै वा साझा विद्यार्थी उमेद्वार रहन्छन्,जो स्ववियु प्रतिनिधिको दौडमा रहन्छन् । अनेक बाट एक त्यस्तो प्रतिनिधी चयन हुन्छ,जसलाई धेरै विद्यार्थीले रुचाएका हुन्छन्, जसमाथी भरपुर विश्वास राखेका हुन्छन् ।

    स्ववियु निर्वाचनलाई ‘मिनी पार्लियामेन्ट’ पनि भन्ने गरिन्छ,किन पनि भने स्ववियु चुनावको आक्रामक प्रचारप्रसार शैलीले दुरुस्त संसदिय निर्वाचनको झल्को दिन्छ । साथसाथै स्ववियु भन्नासाथ नेता उत्पादन गर्ने कारखानाका रुपमा पनि लिईने भएकाले ति नेता भविष्यका संसदिय खेलाडिका रुपमा हेरिन्छ ।

    शिक्षाका पर्यायका रुपमा हेरिने सबै संगठनका सबै माग जायज वा सबै मुद्दा अावश्यक नहुन सक्छन्,कुन जायज,कुन आवश्यक,कुन समयानुकुल भन्ने कुरा विद्यार्थीले आफ्नो अभिमतद्वारा पुष्टि गर्ने उत्कृष्ट माध्यम पनि हो स्ववियु । अर्कातिर कतिपय अवस्थामा क्याम्पसका निर्णय,कार्यक्रम,आयव्यय लगाएतका आन्तरिक र प्रसाशनिक कुरा लुकाईन सक्ने हुनाले सम्भावित चलखेल रोक्दै पारदर्शी र मितव्ययी रुपमा कृयाकलाप सञ्चालन गर्नपनि स्ववियुको महत्व रहन्छ । 

    अर्को महत्वपुर्ण र मननिय पक्ष के छ भने ,अहिले कतिपय क्याम्पसमा, विद्यार्थी बिनाका संगठन रहेका हुन्छन्,कतिपय संगठन नाममात्रका रहेका हुन्छन् ,कतिपय एउटै पार्टि र नामका फरकफरक (गुटका) संगठन रहेका छन्, अझ कतिपय त नाम नै थाहा नभएका समेतका संगठन रहेका छन् । के यि सबै आवश्यक छन्?कति आवश्यक छन्? यिनीहरुको अस्तित्व के? यस्ता कुराको सुक्ष्म शल्यक्रिया गर्न पनि स्ववियु निर्वाचन आवश्यक छ ।

    कतिपय क्याम्पसहरुमा शिक्षक एवम् प्रशासकको भनाई के पनि आउँछ भने,’फलानो सङ्गठनको व्यक्तिले कुनै एजेण्डाको निहुँमा बार्गेनिङ गर्यो,यति माग्यो,यस्तो भन्यो ‘ आदी ।यस्ता स्वार्थकेन्द्रित र आत्मरतिका संगठनको अौचित्य पुष्टि पनि स्ववियु निर्वाचनले नै गर्न सक्दछ । त्यसैगरी सबै सङ्गठनका प्रतिनिधीलाई पाल्नुपर्ने बाध्यता विश्वविद्यालय देखि हरेक क्याम्पसलाई छ,जसमा विभिन्न बहानामा ठुलो चलखेल भईरहेको छ,ठुलो धनराशी खर्च भईरहेको छ ।

    संगठनको नाममा सबैलाई सहअस्तित्व र महत्व दिनुपर्ने बाध्यता एकातिर छ भने निर्वाचन नहुनुको पिडा अर्कातिर हुँदै गर्दा क्याम्पसहरुलाई संगठन चुनौतिको रुपमा अवश्य रहेका छन्,साथसाथै आम् विद्यार्थी र अभिभावकमा पनि चरम् राजनतिक वितृष्णाको परावर्तन झल्किएको पाईएको छ । यति मात्र होईन,शैक्षिक मुद्दा पनि शैक्षिकिकरण नभई राजनैतिकिकरण हुँदै भ्रुणहत्या भएका छन् ।

    हरेक संगठनका शक्ति संघर्षको उन्मादले क्याम्पस परिवेशमा खलल पुग्ने गरेको कुरा पनि नौलो रहेन । फलस्वरुप पठनपाठन अबरुद्द मात्र भएका छैनन्,क्याम्पसहरु अान्दोलन र तोडफोडको शिकार समेत भईरहेका छन् । यि र यस्ता विकृति र विसङ्गतिकाे समुल नष्टका लागी स्ववियु चुनाव अपरिहार्य छ ।

    स्ववियु चुनाव विद्यार्थी,शिक्षक,अभिभावक र समग्र क्याम्पस प्रशासनका लागि संजिवनी बुटी हो भन्ने कुरा शाश्वत हाे । 

    केही दिन अघि मात्र त्रिविले अाफ्ना अांगिक एवम् सम्बन्धन प्राप्त सम्पुर्ण क्याम्पसलाई चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । त्रिविको घोषणासँगै विद्यार्थी संगठनहरु पनि विस्तारै निर्वाचनको महोलमा होमिन थालेका छन् । प्रत्येक २/२ बर्षमा हुनुपर्ने स्ववियु निर्वाचन पटक पटक विभिन्न वाहानामा सार्दै विगत १४ वर्षदेखि हुन सकिरहेको छैन ।

    यसपटक पनि कुनै वाहानमा स्ववियु नरोकियोस् । निर्धारित मितिमा नै स्ववियु हुनुपर्दछ । कथम् फेरिपनि कुनै तिक्डम गरेर स्ववियु राेकिएमा समग्र शिक्षाक्षेत्रमा अपुरणिय क्षति पुग्ने निश्चित छ । त्यसैले अब सबैले यसको महत्व बुझेर स्ववियु निर्वाचनमा लागौँ । मिसन चैत ५ राखौँ । जय स्ववियु 

    (स्तम्भकार अनेरास्ववियु जिल्ला कमीटी चितवनका सह-संयोजक हुनु हुन्छ। )

    शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.