• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

७२ वर्षे सन्दिग्ध आक्रमणकारी ‘नरसंहार गरेको नाचघरमा पहिला नियमित जान्थे’


  •   मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
  • संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको घातक गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। उपचारका क्रममा रहेका थप एक जनाको अत्यधिक चोटका कारण मृत्यु भएको अधिकारीहरूले बताएका छन्। गोलीकाण्डमा नौ जना घाइते भएका छन्।

    Advertisement

    उक्त संलग्न भएको आशङ्का गरिएका व्यक्तिको परिचय खुलेको प्रहरीले जनाएको छ। चान्द्रमानअनुसार मनाइने चिनियाँ नववर्षको उत्सव मनाउन आयोजित कार्यमक्रमपछि लस एन्जलिसनजिकै एउटा सानो सहरमा शनिवार राति उक्त घटना भएको थियो। प्रहरीका अनुसार सन्दिग्ध आक्रमणकारी एक ७२ वर्षीय पुरुष हुन्।

    उनले मन्टरे पार्क सहरस्थित एउटा नाचघरभित्र स्टूडिओमा प्रवेश गरेर गोली चलाएका थिए। ती सन्दिग्ध व्यक्तिको नाम हु कान ट्रान भएको प्रहरीले जनाएको छ। पछि उनलाई एउटा सेतो भ्यानमा मृतावस्थामा फेला पारिएको थियो।

    घटनापछि भागेका उनको व्यापक खोजी भएको थियो। उनी भागेर एउटा सेतो भ्यानमा लुगेका थिए र प्रहरीहरूले त्यो भ्यानलाई १२ घण्टासम्म घेरेर राखेका थिए।

    लस एन्जलिस काउन्टीका प्रहरी अधिकारी रोबर्ट ल्युनाका अनुसार गोली लागेको अवस्थामा उनको शरीर भेटिएको थियो र उनलाई तत्काल मृत घोषित गरिएको थियो। प्रहरीले उनले आफैँलाई गोली प्रहार गरेको दाबी गरेको छ।

    गोलीकाण्ड भएको सहरमा एशियाली मूलका मानिसहरूको ठूलो बसोबास छ। आक्रमणकारी पनि एशियाली मूलकै हुन्। सीएनएनले हेरेको दस्तावेजअनुसार ट्रान चीनबाट आएका आप्रवासी हुन् र उनले केही समय ट्रक चलाएका थिए।

    मन्टरे पार्कस्थित आफ्नो घर बेचेर उनी सन् २०१३ मा लस एन्जलिसबाट १३७ किलोमिटर पूर्वस्थित अर्को ठाउँमा सरेका थिए। उनकी पूर्वपत्नीले शनिवार घटना भएको नाचघरमा ट्रान पहिला नियमित जाने गरेको र उनीसँग आफ्नो पहिलो भेट पनि त्यहीँ भएको सीएनएनलाई बताएकी छन्।

    तर त्यति घातक घटना गराउनुको उद्देश्य खुलेको छैन। अस्पतालमा भएका घाइतेमध्ये केही अझै गम्भीर अवस्थामा भएको प्रहरीले जनाएको छ।

    एक पुराना साथीले सन् २००० को दशक र २०१० को दशकको सुरुतिर ट्रान दैनिकजसो उक्त नाचघरमा जाने गरेको बताए। तर उनका अनुसार ट्रानको उक्त नाचघरमा धेरै जनासँग शत्रुता थियो र उनले त्यहाँका प्रशिक्षकले आफूलाई मन पराउँदैनन् र आफूबारे नराम्रो कुरा गर्छन् भन्ठान्थेँ।

    प्रहरी अधिकारी ल्युनाका अनुसार ज्यान गुमाउने ११ जना मध्ये चार जनाको सनाखत भएको छ। “तर उनीहरू ५० देखि ६० वर्षउँभोका र केही अझ पाका देखिन्छन्,” उनले सञ्चारमाध्यमलाई बताए।

    त्यसअघि अधिकारीहरूले मृतकमध्ये पाँच पुरुष र पाँच महिला भएको बताएका थिए। उनीहरू “सम्भवतः सबै जना” एशियाली मूलका भएको बताइएको छ।

    स्थानीय समयानुसार शनिवार राति १०ः२२ बजे मन्टरे पार्कमा अवस्थित प्रसिद्ध स्टार बलरूम ड्यान्स स्टूडिओमा सन्दिग्ध आक्रमणकारीले गोली चलाउन थालेका थिए।

    घटनास्थल लस एन्जलिसको मध्यभागबाट झन्डै ११ किलोमिटर पूर्वमा पर्छ। प्रहरी प्रमुख स्कट भीजले आफ्ना सुरक्षाकर्मीहरू घटनास्थलमा पुग्दा त्यहाँ “नरसंहार भएको” पाएको बताएका छन्।

    उनका अनुसार केही महिनाअघि मात्रै तालिम सकेर सेवामा आएका जवानहरू घटनास्थलमा पहिलो पटक पुगेका थिए। “त्यहाँ भित्र घाइते मानिस थिए र मारिएका मानिस पनि थिए,” उनले भने।

    त्यसको ३० मिनेटपछि नजिकै रहेको अर्को सहर एल्हाम्ब्रामा बन्दुक बोकेका एक व्यक्ति एउटा पुगे। त्यहाँ प्रवेश गर्नासाथ दुई व्यक्तिले उनलाई रोके अनि उनीसँग भएको हतिहार खोसे।

    त्यो अर्धस्वचालित असल्ट पिस्टल थियो। त्यसमा बढी गोली हाल्न मिल्नेगरी बाहिर निस्किएको एउटा म्यागजीन पनि थियो। प्रहरीले उक्त हतियार क्यालिफोर्नियाम गैरकानुनी भएको हुनसक्ने जनाएको छ। तर त्यसबारे थप अनुसन्धान हुन बाँकी छ।

    ती सशस्त्र व्यक्तिबाट बन्दुक खोस्ने दुई जनालाई “वीर” को सङ्ज्ञा दिँदै प्रहरीले उनीहरूको प्रशंसा गरेको छ। “उनीहरूले अरू मानिसको ज्यान जोगाइदिए। अवस्था झन् नराम्रो हुन सक्थ्यो,” प्रहरी अधिकारी ल्युनाले भने। उनले ट्रानले थप मानिसको हत्या गर्न खोजेको आफूलाई लागेको बताएका छन्।

    गोलीकाण्ड भएको झन्डै १़२ घण्टापछि विशेष तालिमप्राप्त प्रहरीहरूको एउटा समूहले टोरेन्समा एउटा पार्किङस्थलमा एउटा सेतो भ्यानलाई घेरा हाले। उक्त स्थान शनिवार राति घटना भएको ठाउँबाट झन्डै ४८ किलोमिटर पर छ।

    नजिकै पुग्दा प्रहरीहरूले गाडीभित्र एक पटक गोली चलेको आवाज सुने। त्यहाँ उनीहरूले गाडीको स्टीअरिङमा ती सन्दिग्ध व्यक्ति घोप्टिरहेको फेला पारे। त्यहाँ उनीहरूले एउटा ह्यान्डगन पनि फेला पारे। मन्टरे पार्कमा आक्रमण गर्ने सन्दिग्ध व्यक्ति उनी नै भएको प्रहरीले पहिचान गर्‍यो।

    प्रहरीका अनुसार उनले एक्लै आक्रमण गरेको र घटनामा अरू कोही संलग्न नभएको ‍ठानिएको छ। प्रहरीले उक्त भ्यानमा प्रयोग गरिएको नम्बर प्लेट फर्जी हुनसक्ने बताएको छ।

    मन्टरे पार्कमा बस्ने मानिसमध्ये ६५ प्रतिशत एशियाली मूलका छन्। उक्त स्थानलाई अमेरिकाको पहिलो “चिनियाँ उपनगर” मानिन्छ। उक्त सहर एशियाली मूलका मानिसको बहुमत भएको पहिलो अमेरिकी सहर हो।

    शनिवार रातिको घटनापछि त्यहाँ चिनियाँ नववर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएका सबै कार्यक्रमहरू स्थगित गरिएको छ। उक्त सहर अहिले शोकमग्न छ। सहरमा टाँगिएका ध्वजापताका र राता लाल्टिनहरू पनि हटाइएको छ।

    मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.