• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अन्तरिक्ष पर्यटनले विज्ञानलाई फाइदा कि पर्यावरणलाई हानी?


  •   शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
  • अन्तरिक्षमा जान सकिने अवधारणा प्रारम्भ भएदेखि नै अन्तरिक्ष पर्यटन अति धनाढ्यहरूले मात्रै खर्च गरेर जान सक्ने गतिविधिका रूपमा रहँदै आएको छ। विगत छ दशकमा अन्तरिक्षको यात्रा गरेका मानिसको सङ्ख्या झण्डै ६०० पुगेको छ। तीमध्ये सातजना अति धनी वा चर्चित अन्तरिक्ष पर्यटकबाहेक अन्य सबै अन्तरिक्षयात्री हुन्।

    Advertisement

    र, अहिले बिस्तारै अन्तरिक्ष पर्यटनले गति लिन थाल्दैछ। एमजनका जेफ बेजोस, भर्जिन एट्लान्टिकका सर रिचर्ड ब्रान्सन र टेस्लाका इलोन मस्कको कम्पनीहरूले पृथ्वी-बाहिरको, एक्स्ट्रा टेरेस्ट्रिअल यात्राको अवसर उपलब्ध गराउँछन्।

    दुईवटा कम्पनीले पृथ्वीभन्दा ठ्याक्कैमाथि १५ मिनेटको “उपकक्षीय” परिक्रमामा लैजाने भए पनि अन्तरिक्षमा केही दिन राख्ने गरी लैजाने इलोन मस्कको स्पेसएक्समात्रै हो। त्यसका लागि टिकटको रकम २५०,००० डलरदेखि लाखौँ डलरसम्म पर्छ।

    एरोस्पेसकी २१ वर्षीय विद्यार्थी तथा अन्तरिक्ष पर्यटक बन्ने इच्छा राख्ने सन्दली कुमारासिङ्घ श्रीलङ्काकी हुन् र उनको पृष्ठभूमि सामान्य छ। उनको जीवनशैलीमा धनाढ्य पर्यटकको कुनै छनक देखिँदैन।

    अन्तरिक्ष पर्यटनले “सबैलाई अन्तरिक्षसम्मको पहुँचतर्फ डोर्‍याउने” आशा आफूले गरे पनि अहिलेका लागि भने यो “केवल धनीले पाउने सुविधा” मात्रै भएको उनी स्विकार्छिन्।

    सन्दलीले स्पेस क्याम्प नामक तालिमको छात्रवृत्ति पाइन्। स्पेस क्याम्प अमेरिकाको अन्तरिक्ष निकाय नासाको आलाबामास्थित अन्तरिक्ष अखाडामा हुने एउटा तालिम कार्यक्रम हो।

    त्यसयता ‘डियर मुन प्रोजेक्ट’ ले खर्च बेहोरेर चन्द्रको वरिपरि घुम्न पाउने नामहरूको प्रारम्भिक सूचीमा उनको नाम पनि परेको छ।

    उक्त प्रोजेक्टको प्रायोजन जापानी अर्बपति यासाकु मेजावाले गरेका हुन्। सन् २०२१ को मार्च महिनामा मेजावाले चन्द्रमातर्फको यात्रा सित्तैमा गर्न इच्छुक व्यक्तिलाई आवेदन दिन सार्वजनिक रूपमा आमन्त्रण गरेका थिए। स्पेसएक्सको स्टारशिप यानबाट हुने उक्त यात्रा सन् २०२३ मै हुने तय भएको छ।

    आममानिसलाई पृथ्वीबाहिर पनि जीवनको महसुस गर्न अन्तरिक्ष पर्यटनले बाटो खोल्ने सन्दली विश्वास गर्छिन्। “मैले ठूलो उद्देश्य राख्नुपर्छ भन्ने मलाई सधैँ लाग्थ्यो तर अर्को ग्रह वा चन्द्रमामा जाने भन्नेबारे मैले कहिल्यै कल्पना गरेको थिइनँ,” सन्दलीले बीबीसीसँग भनिन्।

    “साथै, म आशावादी छु कि अन्तरिक्ष कम्पनीहरू पनि हुनेछन्… जसले विज्ञान, प्रविधि र अनुसन्धानका लागि अन्तर्राष्ट्रिय समुदायबाट पनि अन्तरिक्षयात्रीलाई तालिम दिन भर्ती गर्नेछन्।”

    पृथ्वीका छैटौँ अन्तरिक्ष पर्यटक रिचर्ड गेरिअटले वैज्ञानिक अनुसन्धान र मानव जातिको भविष्यका लागि धनी पर्यटकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।

    “‘चार्ल्स डार्विन’ का विश्वभरका लगभग सबै वैज्ञानिक अभियानको प्रायोजन धनी व्यक्ति वा संस्थाले गरेका छन्,” उनले व्याख्या गरे। सुरु सुरुमा जलयात्रा र हवाई यात्रा पनि निकै महँगो र अत्यधिक खतरापूर्ण रहेको उल्लेख गर्दै गेरिअटले अन्तरिक्ष यात्राले पनि आफ्नो विकासमा सुरुको चरण पार गरिसकेको बताए।

    अभ्यास थाल्नुभन्दा अहिले अन्तरिक्षको यात्रा “१,००० गुणा सस्तो” भएको उल्लेख गर्दै उनले भने, “धनी व्यक्तिहरू अन्तरिक्षमा उड्नका लागि इच्छुक नहुँदासम्म अर्को चरणमा प्रवेश गर्न सकिनेछैन।” ती एक्स्प्लोरर क्लबका अध्यक्षको पुन: अन्तरिक्षको यात्रा गर्ने योजना रहे पनि उनी भाडा कम होस् भनेर पर्खिरहेका छन्।

    त्यसो भए अन्तरिक्ष पर्यटनले पर्यावरणमा कस्तो क्षति पुर्‍याउँछ? असर नगण्य हुने विश्वास गर्ने रिचर्ड गेरिअट भन्छन्, “एउटा रकेट प्रक्षेपण गर्दा विमानले एउटा महासागर पार गरेर गर्ने यात्राभन्दा कम कार्बन उत्सर्जन हुन्छ।” उनले केही रकेट भने हाइड्रोजनमा चल्ने गरी बनेका र त्यसले पर्यावरणलाई असर गर्ने कार्बन उत्सर्जन नगर्ने बताए। तर सन्दली भने यसबारे चिन्तित छिन्।

    ” प्रकृतिमा अन्तरिक्ष पर्यटनको असर धेरै हुनसक्छ। खराब असर कम गर्नका लागि थप नियमन, प्रतिबन्ध भयो भने राम्रो हुने थियो।”

    युनिभर्सिटी कलेज लण्डनमा फिजकल जिओग्रफी अध्यापन गर्ने सहप्राध्यापक डाक्टर इलोइज मारे अहिले भएका रकेटहरूले कार्बनडाइअक्साइड जस्ता हरितगृह ग्यास र नाइट्रोजन अक्साइडजस्ता प्रदूषकहरू उत्पादन गर्ने बताउँछिन्।

    र रकेटले विमानले भन्दा धेरै बढी प्रदूषण गर्ने उनी बताउँछिन्। उनी आफूले अन्तरिक्षको अन्वेषणलाई समर्थन गर्ने भए पनि अन्तरिक्ष पर्यटनले पर्यावरणलाई अनावश्यक रूपमा क्षति पुर्‍याउने बताउँछिन्।

    “भर्जिन ग्यालेक्टिकको उडानले सिन्थेटिक रबर जलाउँदैछ। रबर टायरजस्तै जल्छ र धेरै कालो कार्बन उत्पादन गर्छ,” टायर बाल्दा निस्किने धुवाँको मुस्लोसँग दाँज्दै उनले भनिन्।

    “त्यसले वायुमण्डललाई धेरै तातो बनाउँछ त्यसैले यदि भर्जिन ग्यालेक्टिकको दैनिक उडान भयो भने उल्लेख्य रूपमा वायुमण्डल तातो हुने सम्भावना रहन्छ,” डाक्टर मारेले व्याख्या गरिन्। यो लेख प्रकाशित हुँदासम्म यसबारे बीबीसीले प्रतिक्रिया जनाउन गरेको अनुरोधमा भर्जिन ग्यालेक्टिकले कुनै प्रतिक्रिया दिएको छैन।

    डाक्टर मारे हाइड्रोजन कुनै अन्तरिक्षका लागि नौलो इन्धन नभएको बताउँदै यसले पर्यावरण नजोगाउनेबारे सचेत गराउँछिन्। “हाइड्रोजनबाट चल्ने रकेटले पनि नाइट्रोजन अक्साइड उत्पादन गर्छ… यी सबैको असर पृथ्वीको स्ट्राटोस्फिअर क्षेत्रमा रहेको ओजोन तहमा रहन्छ,” उनले भने।

    जमिनभन्दामाथि रहने यो ओजोनले सूर्यको विकिरण रोक्छ र पृथ्वीलाई निरन्तर तातो हुनबाट जोगाउँछ। ब्लू ओरिजिनले हालै भएको एउटा अध्ययन बीबीसीलाई देखाउँदै भर्जिन ग्यालेक्टिकले प्रयोग गर्ने इन्जिनले भन्दा यसले प्रयोग गर्ने इन्जिनको किसिमले ओजोन तहमा रहेको ओजोनमा १०० गुणा कम क्षति गर्ने उल्लेख गर्‍यो।

    मारे अहिले रहेका रकेटहरूले व्यवसायिक विमानले भन्दा प्रतिकिलोमिटर १०० गुणा बढी कार्बनडाइअक्साइड उत्पादन गर्ने बताउँछिन्। यसले पृथ्वीलाई जोगाउने ग्यासको महत्त्वपूर्ण तहलाई गम्भीर क्षति पुर्‍याउनेमा उनी चिन्तित छिन्।

    “रकेट प्रक्षेपण गर्दा कार्बन उत्सर्जन हुन्छ भन्ने मात्रै चिन्तित बनाउने विषय होइन। ठूलो चिन्ता भनेको विभिन्न कण र ओजोनलाई क्षयीकरण गर्ने पदार्थ हो। हामीलाई हानिकारक अल्ट्राभायोलेट विकिरणबाट जोगाउने ओजोनको तहमा उत्सर्जित रसायनको असर पर्छ।”

    डाक्टर मारे भन्छिन्, “यदि अन्तरिक्षयात्रा ठूलो उद्योगमा परिणत हुने हो भने यसले पर्यावरण र स्ट्राटोस्फिअर ओजोनमा नराम्रो असर पर्नेछ।” एट्रियम स्पेस इन्सुरेन्स कन्सोर्टियमका विश्लेषक डेभिड वेडले थप व्यवसायिक अन्तरिक्ष पर्यटन सेवा प्रदायकहरू देखिने बताए। तर उनी अन्तरिक्ष यात्राले पर्यावरणीय फाइदाहरू प्रदान गर्नेमा आशावादी रहेका छन्।

    “सन् १९६० मा एपोलो अन्तरिक्ष यानमा चढेर चन्द्रमामा पुगेका अन्तरिक्षा यात्रुहरूले खिचेको पृथ्वीको तस्बिरबारे सोच्छु। त्यसरी पृथ्वीलाई अन्तरिक्षमा तैरिरहेको दृश्य देखेपछि नै पर्यावरण जोगाउने अभियानको जन्म भएको थियो।”

    यसैबीच, सन्दली अन्तरिक्षको सम्भावित यात्राबारे आशावादी छिन्। अन्तरिक्षयात्राका लागि छानिने आठ यात्रीमा पुग्ने पाँच चरणमध्ये उनी अहिले चौथो चरणमा पुगेकी छन्।

    जलवायु परिवर्तनलगायतका कारण मानवजाति अन्य ग्रहमा सर्नुपर्ने समय आउनसक्ने सन्दली ठान्छिन्। “मलाई लाग्छ प्रविधिको विकासका साथै वस्तुहरूको संरक्षणमा उचित सन्तुलन हामीसँग हुनुपर्छ।”

    अन्तरिक्षका पूर्व पर्यटक रिचर्ड गेरिअट पनि त्यसमा सहमत हुँदै भन्छन्, “मनुष्य जाति बहु-ग्रह प्रजाति हुनेछ भन्नेबारे प्रश्नै होइन भन्ने मलाई लाग्छ।” तर उनी चेतावनीपूर्ण पनि सुनिन्छन्। “मलाई लाग्दैन मानिसहरू पृथ्वी छोडेर जानेछन् .. खासमा अन्तरिक्षमा बस्न निकै कठिन छ।”

    शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.