• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर


  •   शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
  • भन्सार हुँदै नियमित रुपमा आउने मालबस्तुमा अनिवार्य मार्जिन र आयतमै प्रतिबन्ध लगाउँदा भैरहवा भन्सार कार्यालयमा राजश्व संकलनमा असर परेको छ।

    Advertisement

    जिप, कार र भ्यान लगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै राजश्व संकलनको मुख्य आधार रहेका ती बस्तुको आयात नहुँदा भन्सारको राजश्व लक्ष्यमा ठूलो गिरावट आएको हो।

    भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले अघिल्लो वर्षको तुलनामा यस वर्ष ३१ अर्ब ७३ करोड अर्थात् ४७ प्रतिशत राजश्व संकलनमा कमि आएको बताए।

    उनका अनुसार आर्थिक वर्ष २०७८\७९को पुस मसान्तसम्म १ खर्ब ६२ अर्ब ९१ करोडमा मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड राजश्व संकलन भएकोमा यो आर्थिक वर्ष २०७९\८०मा १ खर्ब १२ अर्ब ९३ करोडका मालबस्तु आयात हुँदा ३५ अर्ब ४४ करोड राजश्व संकलन भएको छ।

    जसबाट गत वर्ष लक्ष्यभन्दा ३ प्रतिशत बढि राजश्व संकलन गरेकोमा अहिले लक्ष्यको ५२ प्रतिशतले कमि छ।

    आयात गर्दा अनिवार्य मार्जिन आयातमा प्रतिबन्ध लगाएको कारण राजश्व संकलनमा कमि आएको छ। नेपालकै दोस्रो ठूलो भन्सार नााकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १३ महिनादेखि निरन्तर राजश्व संकलन लक्ष्य अनुरुप गर्न नसकेर घट्टोतरी तर्फ जाँदै छ।

    भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार २०७८ मंसिरसम्म लक्ष्यअनुरुप सफलता हासिल भए पनि पुसपछि लक्ष्य प्राप्त नै नभई आयात घटदै गएको छ।

    आर्थिक वर्ष २०७९\८०को सुरुवातसँगै लक्ष्य निरन्तर घट्दो क्रममा छ । पहिलो महिना साउनमा लक्ष्यको ७० दशमलव ९८ प्रतिशत राजश्व संकलन भएपनि भदौमा ६७, असोजमा ४१, कात्तिकमा ४०, मंसिरमा ३९ र पुषमा ४० दशमलव ५७ प्रतिशतमा सीमित रह्यो।

    यसको मुख्य कारण राजश्वमा योगदान गर्ने मुख्य बस्तु भन्सार यार्डमा नआउनु नै हो। २०७८ पुस ५ गतेदेखि नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले ‘क’ वर्गको वाणिज्य बैक र ‘ख’ वर्गको विकास बैकलाई विभिन्न २० वटा हार्मोनिक कोडअन्तर्गतको बस्तुको एलसी खोल्दा अनिवार्य तोकिएको मार्जिन प्रतिशत लिनुपर्ने प्रावधान लागु गरेसँगै लक्ष्य पार गर्न सकस भएकोमा अहिले आएर खोलिएको र यसले लक्ष्य प्राप्तीमा सहयोग पुग्ने अपेक्षा रहेको भन्सार कार्यालय प्रमुख पौडेलले बताए।

    चालु आर्थिक वर्षमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई गत आर्थिक वर्ष भन्दा ३४ प्रतिशत बढि एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजश्व संकलन लक्ष्य दिएको छ।

    ६ महिना वितिसक्दा पनि लक्ष्यको २२ दशमलव ७८ प्रतिशत अर्थात ३५ अर्ब ४४ करोड २२ लाख १२ हजार राजश्व संकलन गर्न सकेको छ। अबको ६ महिनामा ७७ प्रतिशत राजश्व संकलन गर्न सके मात्रै लक्ष्य प्राप्तीमा भन्सार पुग्ने छ, जुन असहज छ।

    शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.