• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कुष्ठरोग निवारणका चुनौति उस्तै, विरामी भेटिनेक्रम रोकिएन


  •   बुधबार, माघ १८, २०७९ मा प्रकाशित
  • कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ भन्ने मूल नारा सहित नेपालमा काम भइरहेपनि यसको निवारणका चुनौतिमा कमी आउन सकेको छैन । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार यो रोगसँग सम्बन्धित परम्परागत गलत धारणमा अझै परिवर्तन आउन नसक्दा निवारणको चुनौति कायमै रहेको हो । चालु आर्थिक वर्षमा नेपालभर २ हजार २८५ जना कुष्ठरोगीहरु भेटिएका छन् । जसमा ९८९ जना महिला रहेका छन् । भेटिएका बिरामीमध्ये १४ वर्षमुनिका विरामीको संख्यामात्रै ७३ छ ।

    Advertisement

    प्रदेशगत रुपमा सवैभन्दा धेरै मधेश प्रदेशमा ९१० जना, लुम्बिनी प्रदेशमा ५८१ जना, प्रदेश १ मा ३४५ जना,सुदुर पश्चिम प्रदेशमा २०५ जना, गण्डकी प्रदेशमा ९३, वागमती प्रदेशमा ८३ र कर्णाली प्रदेशमा ६८ जना विरामी रहेका हुन् । सन् २००० को तुलनामा २०२१/२२ मा भने नयाँ विरामीहरु बढ्नेक्रमको दर निकै घटेको छ । तर निराकण भने भएको छैन । नवलपुरमा ९ जना नयाँ कुष्ठरोगीहरु फेला परेका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार चालु आर्थिक वर्षको पुष मसान्त सम्म २ जना महिला र ७ जना पुरुष गरी ९ जना विरामी नयाँ रहेका हुन् ।

    गैँडाकोट नगरपालिकामा १ महिला सहित ३ जना, हुप्सेकोटमा १ जना, मध्यविन्दुमा १, देवुचलीमा १, कावासोतीमा १ जना विरामी रहेका हुन् । स्वास्थ्य कार्यालय नवलपुरका ल्याव टेक्निसियन डिल्लीराम तिवारीका अनुसार ७० औँ विश्व कुष्ठरोग दिवस माघ १५ गते तथ्याङ्क सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म १२ जना विरामी निको भएका छन् । जसमा महिला र पुरुष ६/६ जना छन् । गैँडाकोटका १, हुप्सेकोटका १, विनयी त्रिवेणीका २, मध्यविन्दुका २ , देवचुलीका ५ ।

    कावासोतीका १ जना विरामी निको भएका हुन् । कुष्ठरोग निवारणका लागि अहिले सक्रिय विरामी खोज पड्ताल, कुष्ठररोग रोकथा कार्यक्रम, जनचेतना मुलक कार्यक्रम, अपाङ्गता रोकथाम, पुनस्र्थापना लगायतका कार्यक्रम संचालन गरिएको छ ।  राष्ट्रिय कुष्ठरोग रणनीति २०७८–२०८२ अहिले जारी छ कुष्ठरोग कार्यक्रमको राष्ट्रिय कार्य संचालन निर्देशीका २०७५ अनुसार अहिले गतिविधिहरु भइरहेका छन् । सन् २०२१–२०३० सम्म शून्य कुष्ठरोगका लागि राष्ट्रिय मार्गचित्र लागु छ ।

    कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य भएपनि अझै पनि कुष्ठरोगका कारण हुने अपांगता दर उच्च रहेको ,हाल पनि स्थानिय संक्रमणदर उच्च रहेको ,कुष्ठरोग प्रति सामाजिक भेदभाव बिद्यमान रहेको ,कुष्ठरोग कार्यक्रमको अभिलेख प्रतिवेदनमा दुरुस्त नरहेको ,कुष्ठरोग कार्यक्रम सरोकारवालाहरुको कम प्राथमिकतामा रहेको ,कुष्ठरोगसंग सम्वन्धित दक्ष जनशक्तिको कमि आदिले समस्या भइरहेको बताएएको छ । कुष्ठरोगका लक्षण तथा चिन्हहरु देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाई बेलैमा नियमित बहु औषधी उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रुपले निको हुन्छ र अंगभंग हुनबाट बच्न सकिन्छ । कम सर्ने खालको कुष्ठरोग ः ६ महिना र सर्ने खालको कुष्ठरोग ः १२ महिना नियमित औषधी सेवन गर्नुपर्छ ।

    चिन्ह र लक्षणको आधारमा कुष्ठरोग दुइ प्रकारका छन् । कम सर्ने खालको कुष्ठरोग ः शरीरमा १ देखि ५ वटा लाटो वा फुस्रो नचिलाउने दागहरु भएको र सर्ने खालको ः शरीरमा ५ वटा वा सोे भन्दा बढी लाटो वा फुस्रो नचिलाउने दागहरु भएमा, स्नायु सुनिएमा वा दागहरुबाट लिईएको स्मियरमा किटाणु देखिएमा तुरुन्तै जचाउन चिकित्कहरुले सुझाव दिएका छन ।

    बुधबार, माघ १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.