निर्मल धिताल, चितवन | लायन्स क्लब अफ चितवन कालिका र कालिका नगरपालिकाको संयुक्त आयोजनामा आज २०७९ माघ २१ गते शनिबारको राष्ट्रिय मजवाङ मा.वि. कालिका- १० सिद्दिमा नि:शुल्क स्वास्थ्य शिविर संचालन भएको छ।
कार्यक्रममा कालिका नगरपालिकाका विकट वडाहरु १० र ११ बाट १८७ जना (११० महिला र ७७ पुरुष) गरि विपन्न समुदायका मानिसहरुले नि:शुल्क स्वास्थ्य परिक्षण गरेका थिए ।
लायन्स क्लव अफ चितवन कालिकाका अध्यक्ष सि.पि. अधिकारीको अध्यक्षता, कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीको प्रमुख आथित्यता र उप-प्रमुख बिमला लामाको विशिष्ट आतिथ्यतामा सप्पन्न सो कार्यक्रममा कालिका-६ का वडा अध्यक्ष टिकाराम रेग्मी , वडा न १० का अध्यक्ष नरजङ्ग प्रजा लगायतको उपस्थिती रहेको थियो ।
देव हस्पिटल प्रा.लि भरतपुरको विशेषज्ञ डक्टर र रत्ननगर मेडिकल ल्याब प्राविधिकको सहयोगमा सम्पन्न कार्यक्रम क्लबका सचिव अमृत लामिछानेले संचालन गरेका थिए । साथै, कार्यक्रममा विभिन्न रोगका बिरामीहरुका लागि नि:शुल्क औषधि समेत बितरण गरिएको क्लबका कोषाध्यक्ष इश्वर भट्टराईले जानकारी दिए ।
