• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सेना प्रमुखबाट राष्ट्रपति : जनरल परवेज मुशर्रफले यसरी गरेका थिए पाकिस्ताको सत्ता कब्जा


  •   आइतबार, माघ २२, २०७९ मा प्रकाशित
  • पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफको आइतबार निधन भएको छ । उनको संयुक्त अरब इमिरेट्स (युएई)स्थित अमेरिकन अस्पतालमा उपचार भइरहेको थियो । मुशर्रफ एमाइलोइडोसिस नामक रोगबाट पीडित थिए ।

    Advertisement

    पाकिस्तानको राजनीतिमा परवेज मुशर्रफले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । कुनै समय पाकिस्तानका सबैभन्दा शक्तिशाली व्यक्ति बनेका मुशर्रफको जन्म पाकिस्तानमा होइन, सन् १९४३ अगस्ट ११ मा भारतको राजधानी दिल्लीको दर्यागञ्जमा भएको थियो ।

    सन् १९४७ मा विभाजन हुँदा उनको परिवारले पाकिस्तान जाने निर्णय गरे । उनको सम्पूर्ण परिवार विभाजनको केही दिनअघि पाकिस्तान पुगेका थिए। उनका बुबा सईदले नयाँ पाकिस्तान सरकारको लागि काम गर्न थाले र विदेश मन्त्रालयसँग सम्बद्ध थिए।

    परवेज मुशर्रफका पितालाई पाकिस्तानबाट टर्की लगिएको थियो। सन् १९४९ मा उनी टर्की गए । केही समय परिवारसँग टर्कीमा बस्दा उनले टर्कीश भाषा बोल्न सिके । सन् १९५७ मा मुशर्रफको सम्पूर्ण परिवार फेरि पाकिस्तान फर्कियो ।

    परवेज मुशर्रफले उनले कराँचीको सेन्ट प्याट्रिक स्कूल र लाहोरको फोरमन क्रिस्चियन कलेजमा आफ्नो स्कुलिङ गरे। परवेज मुशर्रफको सैन्य कमाण्डर र सेना प्रमुखदेखि पाकिस्तानको राष्ट्रपतिसम्मको यात्रा पनि निकै रोचक रह्यो ।

    मुशर्रफ सन् १९६१ मा सेनामा भर्ना भएका थिए । सन् १९६५ मा उनले भारतविरुद्ध आफ्नो जीवनको पहिलो युद्ध लडे र यसका लागि उनलाई वीरता पुरस्कार पनि दिइएको थियो । सन् १९७१ मा भारतसँगको दोस्रो युद्धमा पाकिस्तानले पराजय भोग्नुपरेको थियो ।

    अक्टोबर १९९८ मा, मुशर्रफलाई जनरल (सेना प्रमुख) को पदमा बढुवा गरियो र सेना प्रमुख बने। सन् १९९९ मा उनले तत्कालीन प्रधानमन्त्री नवाज शरीफलाई रक्तपात बिना नै पदबाट हटाएर सत्ता कब्जा गरेका थिए । सन् २००१ मा मुशर्रफले सेना प्रमुख हुँदा आफूलाई राष्ट्रपति घोषणा गरेका थिए ।

    सन् २००२ मा विवादास्पद जनमत संग्रहपछि मुशर्रफ ५ वर्षका लागि राष्ट्रपति बनेका थिए । तर, आलोचकहरुले धाँधली गरेर चुनाव जितेको बताउँदै आएका छन् । आतंकवाद विरुद्धको युद्धमा मुशर्रफलाई अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशको पूर्ण समर्थन थियो र आतंकवाद विरुद्धको युद्धका कारण पाकिस्तान नेटो सेनाको संगठनमा महत्वपूर्ण सहयोगी थियो।

    मुशर्रफका समर्थकहरूले उनलाई सधैं बलियो र सफल नेताको रूपमा प्रस्तुत गरे जसले पाकिस्तानलाई कट्टरवादबाट उदारवादी पाकिस्तानको छवि प्रदान गरे। उनले २००७ मा एक पटक फेरि राष्ट्रपतिको कमाण्ड सम्हाले ।

    उनको शासनकालमा जुलाई २००७ मा लाल मस्जिदमा भएको सैन्य कारबाहीमा १०५ भन्दा बढी मानिस मारिएका थिए। सन् २००७ नोभेम्बर ३ मा देशमा संकटकाल लगाइएको थियो ।

    ६ अक्टोबर २००७ मा मुशर्रफले फेरि एक पटक राष्ट्रपति चुनाव जिते, तर यस पटक उनले सर्वोच्च अदालतको आदेश कुर्नुपरेको थियो। सर्वोच्च अदालतले २ नोभेम्बरमा छलफल गर्‍यो र ३ नोभेम्बर २००७ मा मुशर्रफले पाकिस्तानमा आपतकाल लगाए।

    २४ नोभेम्बरमा पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपतिको रूपमा मुशर्रफ पुन: निर्वाचित भएको पुष्टि गर्‍यो । यससँगै जनरल परवेज मुशर्रफले सैन्य पोशाक त्यागे र पाकिस्तानको नागरिक राष्ट्रपतिको रूपमा पद ग्रहण गरे।

    अगस्ट ७, २००८ मा पाकिस्तानको नयाँ गठबन्धन सरकारले परवेज मुशर्रफलाई महाभियोग लगाउने निर्णय गर्यो। ठ्याक्कै उनको ६५ औं जन्मदिनमा अगस्ट ११, २००८ मा, संसदले उनीविरुद्ध महाभियोगको प्रक्रिया सुरु गर्यो।

    पञ्जाब, बलुचिस्तान सहित चार प्रान्तीय संसदले बहुमतले प्रस्ताव पारित गर्यो कि मुशर्रफले पद त्याग्नु पर्छ वा महाभियोगको सामना गर्नु पर्छ। परवेज मुसर्रफमाथि राजीनामा दिन दबाब दिनप्रतिदिन बढ्दै गएको थियो ।

    १८ अगस्ट २००८ मा मुशर्रफले राष्ट्रपति पदबाट राजीनामाको घोषणा गरे। अगस्ट ०६ मा मुशर्रफले आफूमाथि लगाइएको आरोपलाई आधारहीन भन्दै पाकिस्तान छोडेर बेलायत गएका थिए ।

    २३ जनवरी २०१२ मा पाकिस्तानको संसदले एक प्रस्ताव पारित गर्यो, जसमा मुशर्रफलाई पाकिस्तान फर्कने बित्तिकै गिरफ्तार गर्ने निर्णय गरियो। मुसर्रफ २४ मार्च २०१३ मा चुनावका लागि पाकिस्तान फर्केका थिए। ८ अप्रिलमा मुशर्रफलाई देशद्रोहको मुद्दामा सर्वोच्च अदालतमा बोलाइएको थियो।

    १२ डिसेम्बरमा विशेष अदालतले मुशर्रफलाई देशद्रोहको मुद्दाको सामना गर्न बोलाएको थियो। ०२ जनवरी २०१४ मा मुशर्रफ बिरामी भएर अस्पताल भर्ना भएका थिए । १६ मार्च २०१६ मा मुशर्रफले विदेशमा उपचार गराउने अनुमति पाएका थिए । मे ११ मा विशेष अदालतले मुशर्रफलाई देशद्रोहको मुद्दामा फरार घोषित गरेको थियो ।

    ९ नोभेम्बर २०१८ मा अदालतले मुशर्रफका वकिललाई उनलाई फिर्ता हुन पठाउन भन्यो । ३१ मार्च २०१९ मा सर्वोच्च अदालतले मुशर्रफलाई २ मेमा देशद्रोहको मुद्दामा विशेष अदालतमा उपस्थित हुन आदेश दियो। १९ नोभेम्बरमा विशेष अदालतले देशद्रोहको मुद्दामा आफ्नो कारबाही टुंग्याउँदै नोभेम्बर २८ मा फैसला सुनाउने बताएको थियो ।

    २३ नोभेम्बरमा मुशर्रफले लाहोर उच्च अदालतमा याचिका दायर गरेका थिए । गत नोभेम्बर २७ मा उच्च अदालतले विशेष अदालतलाई देशद्रोह मुद्दामा फैसला सुनाउन रोक लगाएको थियो । ५ डिसेम्बरमा विशेष अदालतले १७ डिसेम्बरमा फैसला सुनाउन भनेको थियो । १७ डिसेम्बर २०१९ मा विशेष अदालतले मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

    परवेज मुशर्रफलाई डिसेम्बर २०१३ मा देशमा संकटकाल लगाएको र सन् २००७ को डिसेम्बरसम्म संविधान निलम्बन गरेको भन्दै देशद्रोहको मुद्दा चलाइएको थियो। मुशर्रफलाई ३१ मार्च २०१४ मा दोषी ठहर गरिएको थियो। उनी सन् २०१६ को मार्चदेखि दुबईमा बस्दै आएका थिए ।

    आइतबार, माघ २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.