• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नागरिकले रविलाई सोध्न चाहेका प्रश्नहरु


  •   सोमबार, माघ २३, २०७९ मा प्रकाशित
  • रवि लामिछाने जसले अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकतालाई पुर्नजीवित गर्न जिल्ला प्रशासन कार्यालयमा गर्नु पर्ने प्रक्रिया पूरा नगरैकै कारण सांसद पद गुमाउनु परेको थियो। जसका कारण उनको गृहमन्त्रीको पद समेत एक मिहना मै चैट भएको थियो।

    Advertisement

    आइतबार उनले आक्रोशपूर्ण अभिनय र अभिव्यक्तिका साथ पत्रकार सम्मेलन गरेर आफू सबैपक्षमा ठिक रहेको र आफ्ना विरोधीहरु वा उनका गल्ती कमजोरी सार्वजनिक गरिदिनेहरु सबै गलत, जड्याहा, १२ भाइजस्ता अनेक विशेषण दिएर आफू अभिमन्यू नभएको पुष्टी गर्ने जमर्को गरे।

    उनका अभिव्यक्तिले नेपालको मिडिया, सोसल मिडिया, समीक्षक र विभिन्न पार्टीका निकटहरु पक्ष विपक्षमा विभिन्न तर्कहरु सहित उभिएको देखियो।

    नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका पत्रकारका संघसंगठनहरुले रविको अभिव्यक्तिमा आपत्ति जनाएका छन्। आइतवारको उनको पत्रकार सम्मेलनले नयाँ नयाँ प्रश्नहरु जन्माएका छन्।

    लामो भाषण गरेका रविले बोल्ने क्रममा मुस्कुराएको, हाँसेको, आक्रोश पोखेको र आफूमा स्वार्थपनि लुकेको बताइरहँदा धेरै पटक आफ्नो धोती खुस्किएको चाल पाएनन्।

    एउटा कथामा राजाले लगाउने पोशाक भ्रष्टचारीहरुले मात्र देख्छन् भनेपछि नाङ्गै हिँडाइरहेका राजालाई सबैले आहा कति राम्रो सुहाएको भनिरहे। तर एक बालकले राजा त नाङ्गै छ भन्ने बित्तिकै माहौल बदलिएको थियो।

    ठिक त्यस्तै रवि लामिछानेका भक्तहरुले आहा रविजीलाई पत्रकार सम्मेलनमा कति सुहाएको? कस्तो शुभ बचन बोलेको वा सय प्रतिशत सहमत भन्ने गरेको पाइए पनि बालकले जे देख्दछ त्यो सत्य बोल्दछ भनेजस्तै उनको पत्रकार सम्मेलन पछिबाटै उनीमाथी विभिन्न प्रश्नहरु उठन थालेका छन्।

    पत्रकार सम्मेलनमा नसोधिएको वा सोधिएको भएपनि पूर्ण उत्तर नदिएका वा उनको पत्रकार सम्मेलन पछि नागरिकको मनमा उब्जिएका धेरै प्रश्नहरु छन्।

    जसको उत्तर नागरिकले चाहिरहेका छन्। रविले पत्रकार सम्मेलन वा अन्य कुनै माध्यमबाट यी प्रश्नहरुको उत्तर दिएभने उनका थप वास्तविकताहरु नेपाली नागरिकले बुझ्ने अवसर पाउने थिए।

    उपप्रधानमन्त्री भइसकेका व्यक्ति सार्वजनिक व्यक्तिको रुपमा स्थापित भइसकेकाले पनि उनका विषयमा नागरिकको मनमा उठेका प्रश्नको बुद्धले जस्तै सत्मार्गलाई अनुशरण गर्दै दिनेछन् भन्ने विश्वास गर्न सकिन्छ।

    सर्वप्रथम उनले मैले अमेरिकाको राहदानी हुँदा हुँदै नेपालको राहदानी लिएर कसलाई के घाटा भएको छ? प्रष्ट पारिदिन पत्रकार सम्मेलनमै अनुरोध गरे। उनको अभिव्यक्तिले यो आशय देखियो कि मैले राहदानी लिएर कसैलाई केही घाटा हुने काम गरेकै छैन।

    हो उनलाई लाग्न सक्ला, धेरैले लिएको देखेको छु त्यसैले मैले पनि लिएँ। तर अरुले गल्ती गरेका थिए भन्दैमा आफूले पनि गल्ती गर्ने छुट पाउनु पर्दछ भनेको हो? के अमेरिकी राहदानी हुँदा हुँदै नेपालको राहदानी लिनु कानून विपरित होइन?

    अरुलाई पत्रकारिताको माध्यमबाट कानून पढाइरहेका रविलामिछानेले आफैंले किन कानून विपरित नेपाली राहदानी लिए? नेपालको कानूनको उल्लंघन गर्नु रविको लागि अपराध नहुने र अरुको लागि अपराध हुने भन्ने दोहोरो मापदण्ड बनाउन मिल्छ?

    रविले आफूले लिएको नेपाली राहदानी सरकारलाई बुझाए रे। नेपालको कुन कानूनको अधिनमा रहेर उनले आफ्नो राहदानी सरकारी निकायमा बुझाए। अनुसन्धानमा सहयोग होस भनेर नेपाल प्रहरीलाई बुझाउनु पर्ने नागरिकता किन अन्यत्र बुझाए?

    राहदानी दुरुपयोग सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरिसकेको अवस्थामा उनी गृहमन्त्री भएपछि उनको छानविन रोकिएको सबैले बुझेकै हो। प्रहरीले अदालतलाई बुझाएको रिपोर्ट उनी गृहमन्त्री भएकै कारणले अधुरो रहेको विज्ञहरुको विश्लेषण हामीले मिडियाबाट सुनिरहेकै छौं।

    उनी आफू गृहमन्त्री हुँदै राहदानी प्रहरीलाई बुझाई दिएर आफ्नो बारेमा थप अनुसन्धान गर्न सहज बनाइदिएको भए के हुन्थ्यो? गृहमन्त्री भएपछि उनले दवाव नदिएपनि प्रहरीलाई उनका बारेमा थप अनुसन्धान गर्न अप्ठेरो परेको हुन सक्दछ?

    रविले मेरो राहदानीको बारेमा अनुसन्धान गर्न तपाईहरुलाई के सहयोग गर्नु पर्‍यो भनेको कहिल्यै सुनिएन? रवि गृहमन्त्री हुन लालायित हुनुमा उनको नागरिकता र राहदानीको केशलाई ओझेलमा पार्ने नियत नै प्रमुख थियो भन्ने धेरैले भनिरहेका छन्।यसमा रविको धारणा के छ?

    रविले अमेरिकी राहदानी भइरहेको बेला नेपाली राहदानीको कहिल्यै प्रयोग गरेका थिएनन्? रविले भन्नु पर्‍यो, तपाईले अमेरिकी नागरिक भइरहेको मितिमा लगभग दुई वर्ष नेपालको राहदानी प्रयोग गर्दै आउनु भएको थियो। त्यसको प्रयोग कहाँ-कहाँ कहिले-कहिले गर्नु भयो।

    त्यसले नेपालको कानूनको खिल्ली उठायो कि उठाएन? नेपालले पाउनु पर्ने करमा फेरबदल भयो कि भएन? अर्थात् अमेरिकी नागरिकको हैसियतले बाहिर जाँदा लाग्ने कर र नेपाली नागरिक भएर बाहिर जाँदा लाग्ने करमा हुने फरकलाई अपचलन गरेको भन्न मिल्ने कि नमिल्ने?

    ठगेर ढाँटेर अमेरिकी नागरिक भइरहेकै अवस्थामा नेपाली राहदानी लिनुलाई नेपालको कानूनले १ लाखदेखि ४ लाखसम्म जरिबाना र १ बर्षदेखि ३ बर्षसम्म कैदको सजाय तोकेको छ त्यो कानूनको दायरामा तपाई पर्नु हुन्छ कि हुन्न? कानूनको दायरामा आफूलाई राख्ने कि नराख्ने?

    तपाईंका सल्लाहकारका रुपमा रहेका अधिवक्ताहरुले दोहोरो राहदानी लिएको केशमा तपाईं जेल पर्नुसक्नु हुन्छ भनेका छन् कि छैनन्? पहिलेको राहदानी तपाईले रद्द गराउनु भएको छैन।

    उक्त राहदानीबाट कुनै गतिविधि गरेको छैन भन्दै हुनुहुन्छ? कसरी पत्याउने? अमेरिका जाँदा अमेरिकी राहदानी र अन्य देश जाँदा नेपाली राहदानी प्रयोग गरेको कुरा समाचारमा आएका थिए। सत्य के हो? के नेपाली राहदानी दराजमा थन्काउनमात्र बनाउनु भएको थियो या कुनै काममा प्रयोग गर्नु भयो?

    प्रेस काउन्सिल नेपाल र नेपालको सञ्चारसम्बन्धी कामगर्ने अन्य सरकारी निकायहरुमा उनी विदेशी नागरिक भएकोले विदेशी नागरिकले पाउने सेवा सुविधा अनुसार नै श्रमगर्नु पर्ने विषय उजागर गरेपछि कानूनी झमेलाबाट बच्नका लागि मात्र अमेरिकी नागरिकता त्याग गरेका थिए।

    तत्कालीन घटनाक्रमले देखाएको त्यही हो। प्रेस काउन्सिलले चाँसो नलिएको भए उनले अमेरिकी नागरिकता त्याग गर्ने थिएनन्। नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बन्नु र अमेरिकी नागरिक कै हैसियतमा नेपालमा टेलिभिजन कार्यक्रम संचालन गर्नुले उनी नेपाली राष्ट्रियतालाई कत्तिको माया गर्दथे भन्ने देखिन्छ।

    हुन त अमेरिकाको नागरिकता लिने वित्तिकै नेपाललाई कत्तिको माया गर्दथे भन्ने देखिन्छ। उनका पहिलो श्रीमती र उनीबाट जन्मिएका दुई छोरीलाई दिएको दुःखको बारेमा हामीले पहिले नै सुनिसकेकै छौं।

    अझ पहिलेको श्रीमतीसँग गरेको सम्बन्ध विच्छेदको रेकर्ड नेपालको अदालतमा नरहेको प्रसंग प्रेस काउन्सिल नेपालको पूर्व अध्यक्षले बताउनुले रविको नागरिकता, राहदानी पछिको अर्को महत्वपूर्ण पक्ष श्रीमान श्रीमतीबीचको नेपाली कानून अनुसारको सम्बन्ध स्थापित गर्न उनी असफल भएको देखियो।

    रवि आफैले सञ्चार माध्यममा बोले अनुसार एक अमेरिकी महिलासँग लिभिङ टुगेदरमा बसेर एउटा छोरा समेत जन्मिएको छ। ती विवाह नगरेकी अमेरिकी महिला र तिनीबाट जन्मिएका छोरा कता गए उनलाई थाहा छैन।

    अमेरिकी श्रीमती र छोरा कता गएभन्दा पनि उनले नेपाली कानून अनुसार आफ्नो श्रीमती हुँदा हुँदै अरुसँग अनैतिक सम्बन्ध राखेर छोरा समेत जन्माएकालाई नेपालमा भएको भए कुन कानून लाग्ने थियो? के अमेरिकामा त्यस्तो रमाइलो गर्ने छुट छ, नेपालमा त्यस्तो गरे जेल परिन्छ भनेर नेपाली नागरिक नबनेर अमेरिकी नागरिक बन्न गएका हुन त?

    वा रविलाई ललाइ फकाई ती अमेरिकी महिलाले प्रेमको जालमा पारेर छोरा जन्माउन बाध्य पारिन? अमेरिकाको कानूनले के भन्दछ ? नेपालको कानूनले के भन्दछ? उनले यस विषयका सबै समस्या कानूनी रुपमा नै समाधान गरिसकेका छन्।

    कुनै नयाँ छिद्र निस्कियो भने विवाह गरेको नगरेको बारेमा केही नयाँ तथ्यहरु बाहिर आउला वा नआउला त्यसमा नागरिकलाई खासै सरोकार नभएपनि एउटा उपप्रधानमन्त्री भइसकेका व्यक्तिको विवाह, लिभिङ टुगेदर र फेरि विवाहको कथा उपन्यास कै शैलीमा भएपनि बुझ्न चाहनेहरुको जमात ठूलो छ।

    रविले भविष्यमा आफ्नो बायोग्राफी लेख्दा वा उनी लिभिङ टुगेदरमा बसेकी महिलाले वा विवाहित वा डिभोर्स भइसकेकी श्रीमतीले लेख्ने वायोग्राफी वा कुनै अन्तर्वार्ताहरुको सुन्ने बुझ्ने इच्छा कम्तिमा उनका पार्टीका नेता कार्यकर्ता, समर्थक, मतदाता र आम नेपाली नागरिकलाई छ भन्ने अनुमान गरौं। यति भनिराख्दा रविलाई खसाल्न खोजिएको भने होइन।

    उनले आफैले नारदले जस्तो होइन संजयलेजस्तो पत्रकारिता गर्नु भन्ने उपदेश दिएपछि कम्तिमा रवि आफैंले पनि संजयलेजस्तो ‘आँखोदेखा हाल’ को रुपमा अमेरिकाको बसाईको सत्य विवरण उनकै बचनबाट सुन्न बुझ्न पाए आम नेपाली नागरिक धन्य हुने थिए।

    अमेरिकी महिलाबाट जन्मिएको छोराको जन्मदर्ता होला? उसको नाम के हो ? थर त लामिछाने लेख्नुपर्ने नियम अमेरिकी कानूनमा छ कि छैन? कुनै दिन मेरो बुबा रवि लामिछाने जो नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री समेत हुनु भयो उहाँलाई भेट्न आएको वा नेपालको नागरिक हुन पाऊ भनेर निवेदन दिन आएमा रविको सहयोग रहन्छ कि रहँदैन? यस्ता प्रश्नहरु आम नेपाली नागरिकहरुले उठाइरहेका छन्।

    हुन त नेपाली नागरिकहरुले रविले पत्रकार सम्मेलनमा भनेका १२ भाइहरु को को हुन्? भन्ने उत्तर चाहिरहेका छन्। फेरि पनि मन्त्री बनाइदेलान भनेर मन्त्री क्वाटर नछोडेका रहेछन्।

    जबसम्म मन्त्री क्वाटर सर्दैनन् तबसम्म सबै मन्त्रीले राजीनामा दिए पनि यो सब बाहरुलाई घुर्काउनका लागि मात्र हो भन्ने गरेका छन्? बास्तविकता के हो?

    रवि प्रश्नैप्रश्नको घेरावन्दीमा पर्दै गएका छन्। जुनदिनबाट उनकै समर्थकले उनीमाथि यस्ता प्रश्नहरु गर्न थाल्नेछन् त्यसपछि उनले यसअघि गरेको नारदमुनीको जस्तो पत्रकारिताको पोलहरु खुल्दैजाने देखिन्छ।

    सोमबार, माघ २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.