नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ। आइतबार अन्तिममा परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट अन्तिम समयमा रोकेपछि एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो।
बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ। मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिए पछि बैठक बस्न लागेको उपमहासचिव बिष्णु रिजालले जानकारी दिए।
परराष्ट्रमन्त्रीको भ्रमण रोकेर प्रधानमन्त्रीले पुर्व कानुन मन्त्री हरि बन्दीलाई जेनेभा पठाएपछि प्रधानमन्त्रीसँग एमालेको थप क्तितता बढेको छ।
