सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएका छन्।
५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले ४१ मत पाएका छन् भने विपक्षमा ११ मत खसेको छ। शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।
तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत जुटाउन नसकेर पदमुक्त भएपछि उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्री बनेका हुन्।
