• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘कोसी प्रदेशमा लगानी भित्र्याउन प्रयासरत छौँ’


  •   आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
  • सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले आफूहरु कोसी प्रदेशमा लगानी भित्र्याउनका लागि आफूहरु प्रयासरत रहेको बताएका छन्।

    Advertisement

    एक्स्पो संयोजक समेत रहेका उनले एक्स्पो समापनमा बोल्दै यसका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको बताए। “एक्स्पो अवधिभर विभिन्न तरिकाबाट प्रदेशमा लगानी भित्र्याउने प्रयास भयो, आगामी दिनमा पनि यसले निरन्तरता पाउनेछ । यसका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको छ”, उनले भने।

    एक्स्पो सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन ११ बाट धरान रङ्गशालामा सुरु भएको थियो। एक्स्पोमा रू तीन करोड बराबरको कारोबार भएको छ भने तीन लाखभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ।

    समापनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा केही पनि छैन भन्ने तर्क हाबी हुन थालेको भन्दै यसलाई सबै मिलेर चिर्न आवश्यक रहेको बताए। “धरान लाहुरेको सहर, फेसनको सहर, कला–संस्कृतिको सहरका रुपमा परिचित छ, धरानको चौतर्फी विकासमा सबैले हातेमालो गर्नुपर्छ।”

    धरान एक्स्पोलगायतका प्रदर्शनीले उत्पादनको बजारीकरणमा सहयोग गर्ने र नयाँ उद्यमीलाई स्थापित ब्राण्डबाट अनुभव लिन सहयोग पुग्ने भएकाले यसको आवश्यकता र औचित्य बढ्दै गएको उनको भनाइ छ। “किमाथाङसँग जोड्ने सडक, चतरा, तमोर कोरिडोरले धरानको विकास कुरिरहेको छ। हामी आत्तिनुपर्ने अवस्था छैन”, मन्त्री किरातीले भने, “विकासका लागि आवश्यक बहस, विचार, विमर्श गर्दै निष्कर्ष निकाल्नुपर्छ। धरान, सुनसरी क्षेत्रको सर्वाङ्गीण विकास सम्भव छ।”

    समापनमा पर्यटनमन्त्री किराती, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्मा, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साङपाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक हर्षराज शाक्यलगायतले बोलेका थिए।

    एक्स्पोका अतिथि मीन विश्वकर्माले धरानको विकास गर्न नसकिएको भन्दै यसतर्फ सबैले आवश्यक ध्यान दिन आग्रह गरे। “सुन्दर धरानलाई विकासमा सुन्दर बनाउन सकेनौँ। यसतर्फ सबैले ध्यान दिन आवश्यक छ” उनले भने, “पर्यटन मन्त्रीले धरानको विकासमा सहयोग गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ।”

    प्रकृतिले धरानलाई सबै कुरा दिएको र उद्योग वाणिज्यलगायत सङ्घ संस्थाले समृद्धिका लागि निरन्तर प्रयास गरिरहेको भए पनि दलीय मतभेद–विरोध, सङ्घीय, प्रदेश सरकारको योजनभित्र धरान–सुनसरी क्षेत्र नभएको कारण यस क्षेत्रको विकास हुन नसकेको विश्वकर्माको भनाइ थियो।

    व्यापारिक प्रवद्र्धन गर्ने फरक उद्देश्यसहित आयोजना गरिएको एक्स्पो सफलतापूर्वक सम्पन्न भएकोमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साङपाङले आयोजक र अवलोकनकर्तालाई बधाईसहित धन्यवाद दिएका थिए।

    उनले धरानमा सम्भावनाका मात्र कुरा नगरेर यहाँका समस्याबारे पनि उजागार गदैँं समाधानतिर सहयोग गर्न आग्रह गरे। उनले धरानको खानेपानी समस्या टार्न कोसीको पानी ल्याउन सबैको सहयोग आवश्यक भएको बताए। एक्स्पोले रैथाने उत्पादनको बजारीकरणमा पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरे। साथै अन्य स्थानका उत्पादन र उद्यमी धरान आउँदा त्यसले पार्ने सकारात्मक प्रभावको बारेमा उनले प्रशंसा गरे। धरानकै उद्योगी व्यवसायीले लगानी बढाएर धरानको विकास गर्नुपर्ने उनको जोड थियो।

    “एक्स्पोले रैथाने उत्पादनको बजारीकरण र व्यवसायीकरणमा सहयोग पुर्‍याएको छ। त्यसबाहेक अन्य क्षेत्रका उद्यमी यहाँ आउँदा उनीसँगै धरानमा सीप, उत्पादन, उद्यमशीलता पनि आएको छ। यसले पार्ने सकारात्मक प्रभाव सराहनीय छ”, प्रमुख साङपाङले भने।

    धरानबाट नेपालमा श्रम संस्कृति सुरु भएको भन्दै प्रमुख साङपाङले देशभर यसको बजारीकरण गरिनुपर्नेमा जोड समेत दिए। “सबै मिलेर काम गरे मात्र समृद्ध नेपाल सम्भव छ। त्यसका लागि धरानमा श्रम संस्कृति सुरु भएको छ। यसको पनि बजारीकरण होस् भन्ने मेरो कामना छ” उनले भने।

    एक्स्पोमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गरी एक सय ३० स्टल प्रदर्शनीमा राखिएको थियो। दश दिनसम्म चलेको एक्स्पोलाई धरान उपमहानगरपालिका र कोसी प्रदेशको विशेष सहयोग थियो।

    आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.