स्ववियु निवार्चन नजिकिएसँगै त्रिभुवन विश्वविद्यालय र यसका सम्बन्धन प्राप्त आङ्गिक क्याम्पसहरुमा संगठन दर्ता भैसकेका छन् । देशका विभिन्न क्याम्पसहरुमा विद्यार्थी मतदाता नामावली प्रकाशनको कामहरु भईरहेका छन् भने केही क्याम्पसहरुले नामावली सार्वजनिक समेत गरिसकेकाछन्।
त्रिभुवन विश्वविद्यालयको सबैभन्दा धेरै विद्यार्थी रहेको आङ्गिक क्याम्पस पृथ्वीनारायण (पिएन) क्याम्पसमा भने सङ्गठन दर्ताको विषयमा विवाद सिर्जना भएको छ ।
यही फागुन १९ गते साढे १ बजे क्रम संख्या ९ मा पृथ्वीनाराण क्याम्पसका विद्यार्थीहरुले ‘स्वतन्त्र विद्यार्थी समूह’ नामक समुह गठन गरी क्याम्पसको निर्वाचन समितिमा संगठन दर्ता गरेका थिए । तर क्याम्पसको निर्वाचन समितिले ती विद्यार्थीहरुले दर्ता गरेको संगठनको नाम कुनै पनि सल्लाह बिना परिवर्तन गरि ‘पृथ्वी विद्यार्थी समुह’ रादिखिएपछि विवाद सिर्जना भएको हो ।
स्वतन्त्र विद्यार्थी समुह’ ले सोमबार क्याम्पसमै पुगेर समितिको यो कदमको विरोधसमेत गरेका छन् । समुहका सह संयोजक भुपेन्द्र महराले कुनैपनि समुहको आधिकारिक नाम कुनै पनि सल्लाहबिना निर्वाचन समितिले परिवर्तन गरिदिनु आपत्तिजनक र लापरबाहिपुर्ण भएको बताएका छन् ।
के कारणले नाम परिवर्तन भयो भन्ने कारण स्पष्ट नभएपनि ‘स्वतन्त्र विद्यार्थी समुह’ का अनुसार क्याम्पसमा सक्रिय विभिन्न राजनीतिक दलका भातृ संगठनका कार्यकर्ताहरुको धम्किमा परि निर्वाचन समितिले समुहको नाम परिवर्तन गरेको जनाएको छ ।
स्वतन्त्र विद्यार्थी समुह’ ले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन समितिको यो कदमप्रति विरोध जनाएको छ । साथै उक्त समुहले कुनैपनि धम्किमा नपरि आफुहरुको समुहको नाम स्वतन्त्र विद्यार्थी समुह नै राखि पुनः नामावली प्रकाशन गर्न पृथ्वीनारायण क्याम्पसको निर्वाचन समितिसँग आग्रह समेत गरेको छ ।
समुहका सहसंयोजक महराले कसैको डर धम्की त्रास दबाब मा नरही कानुनी छानबिनको रूपमा हामी अगाडि बढ्ने समेत जानकारी दिएका छन् ।
स्वतन्त्र विद्यार्थी समुहको विज्ञप्तिः
