• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चितवन बासीले ‘गिरिजाबाबु’लाई गर्ने स्मरण


  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
  • नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ। नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ संस्थाले उहाँको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन्।

    Advertisement

    कोइरालालाई मुलुकले पूर्वप्रधानमन्त्रीका साथै लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेताका रुपमा समेत स्मरण गर्दछ।

    वर्तमान राजनीतिक उपलब्धि तत्कालीन दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्यका लागि गरिएको शान्ति सम्झौता र त्यसपछिको संविधानसभा निर्वाचनबाट मात्र सम्भव भएको थियो। जसमा स्वर्गीय कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कोइरालालाई बृहत्त शान्ति सम्झौताका एक हस्ताक्षरकर्ताका रुपमा पनि चिनिन्छ।

    तर चितवनबासीका लागि भने उनलाई सम्झिनेरहने अन्य कारण पयिन छन्। उनकै नेतृत्वमा जिल्लामा भएका महत्वपूर्ण कामका लागि आज पनि चितवनबासी कोइरालालाई सम्झिरहन्छन्।

    पचासको दशकमा जिल्लाले विकासको गति लिन सुरु गर्‍यो। तत्कालिन जिल्ला विकास समितिका सभापति कृष्णलाल सापकोटाका अनुसार कोइराला प्रधानमन्त्री हुँदा चितवन राष्ट्रिय निकुञ्जभित्रको पदमपुर गाउँ विकास समिति निकुञ्ज बाहिर सारियो। त्यति नै बेला राप्तीमा बाढीका कारण पूर्वीचितवनका धेरैले जनधन गुमाए। त्यहाँ राप्ती तटबन्धनका लागि ड्याकको काम भएको उनी बताउँछन्।

    भरतपुरमा चीन सरकारको सहयोगमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बन्यो। माडी आवतजावतका लागि राप्ती नदीमा पुल निर्माणको काम भयो। माडी ठोरी हुलाकी सडकको काम पनि त्यति बेला नै भएको सापकोटाको भनाइ छ। भारतीयको लगानी रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल चितवन ल्याउनुमा पनि कोइरालाको योगदान छ।

    विगतलाई सम्झँदै सापकोटाले भने, “गिरिजाबाबु चीन हुनुहुन्थ्यो, उहाँले मलाई फोन गर्नुभयो। चिनियाँहरुले बिपी बाबुको नाउँमा क्यान्सर अस्पताल खोल्न खोज्दैछन्। जग्गा खोज्न सकिन्छ ?” मैले सकिन्छ भन्ने उत्तर फर्काएँ। आफू जिविस सभापति भएकाले उहाँले त्यहीबाट टेलिफोनमा सोधेको उनको भनाइ छ।

    गिरिजाबाबु चीनबाट फर्किएपछि त्यहाँको चिनियाँ टोली चितवन आएको सापकोटाले सुनाए। पूर्वी चितवनका कांग्रेस नेता शेषनाथ अधिकारीले त्यही क्षेत्रमा अस्पताल खोल्न चिनियाँ टोलीलाई जयमङ्गला र खैरहनी गौचरन देखाए पनि भरतपुरको जग्गामा चिनियाँहरु अस्पताल बनाउन राजी भएको सापकोटाले बताए।

    राप्ती नदीमा बाढीले ठूलो धनजनको क्षति गरेपछि त्यहाँ अनुगमनमा आइपुग्नु भएका कोइरालाले राप्तीमा तटबन्धन ड्याक मात्रै होइन, त्यहाँबाट माडी पुगेर पुल निर्माणको घोषणा गरेको सापकोटा बताउँछन्। विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा पुल निर्माण कठिन भएपनि कोइरालाले जनताको आवश्यकतालाई महसुस गरी पुल बनाएको सापकोटा स्मरण गर्छन्।

    यससँगै भरतपुर–माडी ठोरी हुलाकी सडक निर्माणमा पनि कोइरालाकै योगदान छ। निकुञ्ज स्थापनाको समयमा तयहाँको पदमपुर गाउँपालिकालाई स्थानान्तरण गर्ने भनिए पनि सम्भव भएको थिएन। कोइराला प्रधानमन्त्री हुँदा निकुञ्जभित्रको बस्ती पदमपुर पूर्वी चितवनमा स्थानान्तरण गर्ने काम भएको छ।

    पदमपुर स्थानान्तरण समितिका अध्यक्ष बाबुराम पुरीका अनुसार कोइरालाको उक्त निर्णयका कारण झण्डै दुई हजार चार सय घरधुरी पदमपुरवासीलाई हालको कालिका नगरपालिकामा सुरक्षित ठाउँमा स्थानान्तरण सम्भव भएको हो। उनले भने, “सिङ्गो गाउँ विकास समिति स्थानान्तरण सहज थिएन।”

    “बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा बनेसँगै यहाँ भारतीयहरुको लगानीमा कलेज अफ मेडिकल साइन्सेस स्थापना भएको हो”, सापकोटाले विगतलाई सम्झँदै भने, “हामीले गिरिजाबाबुसँग डेलिगेसन गयौा, शुरुमा उहाँले त्यहाँ क्यान्सर अस्पताल छ, मेडिकल कलेजलाई नेपालगञ्ज लैजानुपर्छ भन्नुभयो। हामीले क्यान्सर अस्पताल भएकै कारण मेडिकल कलेज पनि चितवनमा चाहिन्छ भनेका थियौ।”

    समय-समयमा मेडिकल कलेजका सञ्चालक डा भि नटराजप्रसादले गिरिजाबाबुले आफूहरुलाई यहाँ ल्याए पनि पछिल्ला वर्षमा सरकार र कांग्रेसले आफ्ना कुरा सुनुवाई नगरेको गुनासो गर्दै आएका छन्।

    नेपाली कांग्रेसका तत्कालिन सभापति टीकाराम न्यौपाने कोइराला प्रधानमन्त्री र यातायातमन्त्री खुमबहादुर खड्काका कारण हुलाकी सडक र पुलका काम भएको स्मरण गर्छन्। “गिरिजाबाबुको पालामा जे जति काम चितवनमा भए त्यसपछि ठूला काम हुन सकेनन्”, उनले भने।

    पार्टीको तर्फबाट गरिएका माग अनुसारका काम उहाँले गरेको न्यौपानेको भनाइ छ। जिल्लामा भएका कामहरुलाई अन्य पार्टीका नेताहरु पनि मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन्। नेकपा (एमाले)का पूर्व जिल्ला सचिव विजय सुवेदीले चितवनको विकास निर्माणमा कोइरालाको महत्वपूर्ण योगदान रहेको बताए। चितवन क्षेत्र नं. १ का पूर्वसांसद स्व जागृतप्रसाद भेटवाललाई उदृत गर्दै सुवेदीले पूर्वी चितवनमा ड्याक निर्माणका लागि अन्यत्रको बजेट काटेर यहाँ ल्याउन कोइरालाको योगदान रहेको बताए।

    नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले कोइरालाको स्मरण गर्दै गर्दा देशभरमै महत्वपूर्ण विकासका काम चितवनमा भएको बताए।

    शिक्षा, स्वास्थ्य, यातायातलगायतका पूर्वाधारमा उहाँको योगदान स्मरणीय रहेको उनको भनाइ छ। कोइरालाकै पालामा पूर्वी चितवनमा दूध प्रशोधन उद्योग स्थापना भएपनि त्यसले भने सफलता प्राप्त गर्न नसकेको उनको भनाइ छ। कोइरालाको आज स्मृति दिवस मनाउँदै गर्दा जिल्लावासीले उनले गरेका महत्वपूर्ण विकास निर्माणका कामलाई सम्झिरहेका छन्।

    मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.