• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

टिकटकका प्रमुख कार्यकारी सोउ जी चीउ को हुन्?


  •   शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
  • चिनियाँ एपमाथि अमेरिकामा प्रतिबन्ध लाग्नसक्ने विश्वव्यापी आशंकाबीच टिकटकका प्रमुख कार्यकारी सोउ जी चीउबारे चासो बढेका छन्। चालीस वर्षका सिङ्गापुरका नागरिकले अमेरिकी सदनको ऊर्जा र वाणिज्यसम्बन्धी समितिमा उक्त एपको डेटा सुरक्षा र गोपनीयता अनि बेइजिङसँगको निकट सम्बन्धको आरोपबारे बिहीवार बयान दिँदैछन्।

    Advertisement

    उनी कसरी काम गर्छन् वा कम्पनीमा उनको वास्तविक शक्ति कति हो भन्नेबारे कमै जानकारी सार्वजनिक भएको छ। प्रमुख कार्यकारी अधिकृत भेनेसा पापास टिकटककी बाहिर देखिने अनुहार हुन्। उनलाई अघिल्लो वर्ष कङ्ग्रेसले बयान लिँदै अमेरिकाबाट चीनसम्म तथ्याङ्क प्रवाह भएकाबारे प्रश्न गरेको थियो।

    गत सेप्टेम्बरमा न्यूयोर्क टाइम्समा प्रकाशित एउटा प्रोफाइलमा पूर्वटिकटक र बाइटडान्सका कार्यकारीहरूलाई उद्धृत गरिएको छ। त्यसमा निर्णय लिने चीउको क्षमता सीमित रहेको भन्दै बाइटडान्सका संस्थापक जाङ यिमिङले कम्पनीमा नियन्त्रण कायम गरेको जनाइएको छ। तर अहिले टिकटकले चीउलाई सार्वजनिक रूपमा नै केन्द्रमा राखेको छ।

    चीन सरकारसँग टिकटकको सम्बन्ध व्यापक निगरानीमा परिरहेका बेला यस्तो घटनाक्रम देखिएको हो। अघिल्लो जूनमा सांसद्हरूलाई लेखेको पत्रमा उसले माऊ कम्पनी बाइटडान्सभन्दा स्वायत्त ढंगले काम गर्दै आएकोमा जोड दिएको छ। उक्त कम्पनीले उनी चीनबाट नभएको तर ‘सिंगापुरमा बस्दै आएका सिङ्गापुरका नागरिक’ रहेको जनाएको छ।

    त्यहाँ नै जन्मिएर हुर्किएर उनले प्रतिष्ठित चिनियाँ भाषाको विद्यालयमा अध्ययन गरेका थिए। उनी इङ्ग्लिश र म्यानडेरिअन फरर बोल्न सक्छन्। उनले अनिवार्य सैन्य सेवामा सरिक हुने क्रममा सिङ्गापुरको सशस्त्र बलमा अधिकृतका रूपमा काम गरेका थिए।

    चीउले युनिभर्सिटि कलेज लन्डनबाट स्नातक अध्ययन पूरा गरेका छन् भने हार्वड बिजनेश स्कूलबाट एमबीए गरेका छन्। फेसबुक भर्खरै खुलेको स्टार्ट अप रहेका बेला उनले त्यहाँ ‘इन्टर्न’ गरेका थिए।

    खबरहरूका अनुसार उनले एउटा लगानी फर्म डीएसटीमा पाँच वर्ष काम गरेका थिए जहाँ उनले एउटा टोलीको नेतृत्व गरेका थिए जो सन् २०१३ मा बाइटडान्सको प्रारम्भिक लगानीकर्ता बनेको थियो।

    उनले गोल्डम्यान स्याक्समा दुई वर्ष इन्भेस्टमेन्ट ब्याङ्करका रूपमा काम गरेका थिए। त्यसपछी चीउले चिनियाँ अग्रणी स्मार्टफोन कम्पनी साओमीमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाले। त्यहाँ उनी प्रमुख वित्तीय अधिकारी र अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी अध्यक्ष थिए। सन् २०१८ मा उनले उक्त कम्पनीलाई सेयर बजारमा सूचीकृत हुने दिशामा डोर्‍याएका थिए।

    उनले सन् २०२१ को मार्चमा बाइटडान्सको प्रमुख वित्तीय अधिकृतको जिम्मेवारी सम्हाले। त्यसको दुई वर्षपछि उनले टिकटकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अँगाले। ट्रम्प प्रशासनले अमेरिकामा रहेका टिकटकका सम्पत्तिहरू बेच्न दबाव दिने प्रयास जारी राखेपछि उनका पूर्ववर्ती केभिन मेअरले राजीनामा दिएका थिए।

    चीउले टिकटकसँगको आफ्नो कार्यकालमा सबैभन्दा ठूलो चुनौती सामना गरिरहेका छन्। अमेरिकी सांसदहरूले उक्त कम्पनीलाई अमेरिकामा रहेका उसका सम्पत्तिको स्वामित्व हस्तान्तरण गर्न या प्रतिबन्ध खेप्न चेतावनी दिइरहेका छन्। यो चीनका लागि पनि एउटा गतिरोधको विषय बनेको छ।

    सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा मङ्गलवार प्रकाशित लेखमा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास ‘विषाक्त अमेरिकी राजनीतिक वातावरण’ बाट प्रेरित रहेको भन्दै त्यसले स्वतन्त्र बजारको सिद्धान्तको उल्लङ्घन गर्ने उल्लेख गरिएको थियो।

    “अमेरिकी अधिकारी र राजनीतिज्ञहरूको नजरमा टिकटकको चिनियाँ पृष्ठभूमि वास्तविक पाप हो।” दुवै तर्फबाट गम्भीर निगरानीमा परेका चीउले हालैका महिनाहरूमा अप्ठेरो बाटो हिँड्नुपरिरहेको छ।

    टिकटकमा जिम्मेवारी सम्हालेको एक वर्षपछि उनले गएको फेब्रुअरीमा आफ्नो व्यक्तिगत जीवनबारे जानकारी दिन टिकटक खाता @shou.time खोलेका थिए। उनलाई १८ हजारले पछ्याइरहेका छन्। उनले सुपर बल र एनबीए खेलमा सहभागी भएको साथै बील मुर्रेसहितका चर्चित व्यक्तित्वलाई भेटेका र सिएरासँग नाच्ने प्रयास गरेका भिडिओ राखेका थिए।

    उनकी श्रीमती भिभिअन काओ एउटा इन्भेस्टमेन्ट फर्मकी सिइओ थिइन्। उनले ‘कलिलै’ भएका कारण आफ्ना सन्तानलाई टिकटक प्रयोग गर्न नदिएको बताए। हालैका महिनाहरूमा उनले अमेरिकी सञ्चारमाध्यमहरूसँग अन्तरक्रिया गर्दै टिकटकले अमेरिकी स्वार्थहरूमा जोखिम नपुर्‍याएको बताउँदै आएका छन्।

    उनले सोझै अमेरिकी टिकटक प्रयोगकर्ताहरूसँग मद्दत पनि मागेका छन्। सोमवार साँझ आफ्नो आधिकारिक खातामा राखिएको भिडिओमा उनले मानिसहरूलाई आफ्ना सांसदहरूलाई के भन्न चाहन्छौँ भनेर प्रश्न गरेका थिए। पाँच लाखभन्दा बढी लाइक प्राप्त गरेको उक्त क्लीपमा उनले भनेका छन्, “यो हाम्रा लागि एउटा महत्त्वपूर्ण क्षण हो। यसले तपाईँहरू १५ करोड जनाबाट टिकटक खोस्न सक्छ।”

    शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.