• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सरकार विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड, कुन दलले कति पाउँदैछन् मन्त्रालय ?


  •   आइतबार, चैत १२, २०७९ मा प्रकाशित
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तारको तयारीलाई तीव्रता दिएका छन् ।

    Advertisement

    आफूलाई विश्वासको मत दिने दलहरूलाई सरकारमा समेट्ने तयारी गरेर प्रधानमन्त्री प्रचण्डले मन्त्रालय बाँडफाँटको तयारी गरिरहेका छन् ।

    आफूलाई समर्थन गर्ने दललाई सरकारमा सहभागी गराउने हिसाबले प्रधानमन्त्रीले भागबण्डाको तयारी गरिरहेको माओवादीका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

    ‘प्रधानमन्त्रीको तयारी आफूलाई समर्थन गर्ने ११ वटै दललाई सरकारमा सहभागी गराउने भन्ने छ । यसको लागि तयारी भइरहेको छ । प्रधानमन्त्रीले खाका बनाउँदै हुनुहुन्छ’, पौडेलले भने, ‘माओवादीको बैठकमा पनि एक खालको छलफल भएको छ । अब दलगत रुपमा छलफल गर्ने र आइतबार र सोमबार थप छलफल गरी सरकार विस्तार गर्ने भन्ने छ ।’

    कुन दलको भागमा कति मन्त्रालय पर्लान् ?

    फेरिएको सत्ता गठबन्धनको दल कांग्रेसले ८ वटा मन्त्रालयमा दाबी गरेको छ । कांग्रेसको शनिबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले ८ वटा मन्त्रालयमा कांग्रेसले दाबी गरेको ब्रिफिङ गरेका थिए ।

    तर सरकारमा सहभागी हुने दलको संख्या बढेपछि प्रधानमन्त्रीले ७ मन्त्री र एक राज्यमन्त्री कांग्रेसलाई दिने गरी सहमतिको खाका बनाउने तयारी गरेका छन् ।

    माओवादीले अहिले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्रालय पाएको छ। यसलाई कायम राख्ने तयारीमा प्रधानमन्त्री छन् ।

    माओवादीबाट भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ, सञ्चारमा रेखा शर्मा, पर्यटनमा सुदन किराँती, संघीय मामिलामा अमनलाल मोदी मन्त्री छन् ।

    माओवादीकै सुशीला श्रीपाइली ठकुरी पर्यटन राज्यमन्त्री छिन् । जनमतबाट अब्दुल खान खानेपानी मन्त्री छन् । प्रधानमन्त्रीले बनाएको खाकामा जनमतले पाउने यही एउटा मात्रै मन्त्रालय हो । तर प्रतिनिधिसभामा ६ सिट भएको जनमतले २ वटा मन्त्रालय दाबी गरेको छ ।

    ३/३ मन्त्रालय दाबी गरेका जसपा र नेकपा एसले २/२ वटा मन्त्रालय पाउनेछन् । यी दुईमध्ये एकले राज्यमन्त्री पनि पाउने तयारी छ ।

    २/२ वटा मन्त्रालय दाबी गरेका लोसपा र नागरिक उन्मुक्तिलाई १/१ वटा मन्त्रालय दिने तयारीमा प्रधानमन्त्री रहेको बालुवाटार स्रोत बताउँछ ।

    प्रधानमन्त्रीलाई विश्वासको मत दिएका स्वतन्त्र सांसदद्वय प्रभु साह र अमरेशकुमार सिंहमध्ये एक जनालाई पनि मन्त्री बनाउने सम्भावना छ । माओवादी चुनाव चिह्नबाट चुनाव लडेका महिन्द्रराय यादव पनि मन्त्रीका लागि दाबेदार हुन् ।

    दलसँग छुट्टाछुट्टै छलफल गरेपछि सत्तारूढ दलको संयुक्त बैठक गरी भागबण्डाको प्रस्ताव गर्ने तयारीमा प्रचण्ड रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

    संख्यासँगै कुन दलले कुन मन्त्रालय लिने भन्ने टुंगो पनि प्रधानमन्त्रीले लगाउँदैछन् । मन्त्रालय टुंग्याउन प्रधानमन्त्रीले सबैभन्दा ठूलो दल कांग्रेससँग बढी संवाद गर्दैछन् ।

    अरू दलसँग कम संवाद गरे पनि प्रधानमन्त्रीले कांग्रेसँग नियमित संवाद गरिरहेका छन् । प्रधानमन्त्रीसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले छलफल गर्दै आएका छन् । उनी आफैं गृहमन्त्रालयसहित सरकारको नेतृत्वमा जान तयार छन् ।

    तर प्रधानमन्त्रीले कांग्रेसलाई अर्थ मन्त्रालय लिएर काम गर्न आग्रह गर्दै आएका छन् । तर खड्काको इच्छा गृहमा छ । खड्काले अर्थमा इच्छा नगरे कांग्रेसबाट डा प्रकशशरण महत अर्थमन्त्री बन्ने सम्भावना पनि उत्तिकै छ ।

    माओवादीले अर्थ लिन माने गृहको जिम्मा खड्काले पाउने बताइएको छ । तर यस अघिदेखि नै गृहमा दाबी गरेका माओवादीका नारायणकाजी श्रेष्ठले फेरि पनि दाबी गरिरहेका छन् ।

    १५ फागुनमा तत्कालीन साझेदार एमाले सरकारबाट बाहिरिएयता १६ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डको काँधमा छन् ।

    रवि लामिछानेको नागरिकता विवादपछि मन्त्री फिर्ता बोलाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि फेरि सरकारमा जान इच्छुक छ ।

    माओवादी नेता देवेन्द्र पौडेलले रास्वपा पनि सरकारमा जान इच्छुक रहेको जानकारी दिए । ‘रास्वपालाई पनि प्रधानमन्त्रीले सरकारमा सहभागी गराउने तयारीमा हुनुहुन्छ’, उनले भने, ‘सरकारमा जाँदा दलको हिस्सा अनुसारको मन्त्रालय दिने भन्ने छ ।’

    यसअघि प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाले गृह, शिक्षा, श्रम मन्त्रालय पाएको थियो । एक राज्यमन्त्री पनि उसको भागबण्डामा परेको थियो ।

    तर यसपटक फेरि सरकारमा सहभागी भए रास्वपाले बढीमा २ वटा मात्रै मन्त्रालय पाउने बुझिएको छ ।

    आइतबार, चैत १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.