नारायणगढ जेसीज वर्ष २०२३ को प्रथम साधारण सभा मिति २०७९ चैत्र १३ गते सोमबारका दिन शाखा अध्यक्ष जेसी अमर घिमिरेको अध्यक्षतामा नारायणगढ जेसीजको सचिवालयमा सम्पन्न भएको छ।
सभामा बिभिन्न एजेन्डामा महत्वपुर्ण निर्णय गरिनुका साथै जनवरी देखी आज सम्म जन्मदिन परेको सदस्य तथा पुर्व अध्यक्षहरुको जन्मदिनको सम्झनाको चिनो प्रदान गरियो, यसै गरि प्रथम साधारण सभा सम्ममा उत्कृष्ट सदस्य अवार्ड जेसी कमल बस्याललाई प्रदान गरियो ।
उक्त सभामा साधारण सदस्यहरु, संचालक समिति सदस्यहरु सहित नारायणगढ जेसीजका निवर्तमान अध्यक्ष जेसी अमृत श्रेष्ठ ,नारायणगढ जेसीज वर्ष २००४ का शाखा अध्यक्ष तथा प्रमुख अध्यक्ष सल्लाहकार श्री सेवन पन्त ,नारायणगढ जेसीज वर्ष २०१८ का शाखा अध्यक्ष तथा पुर्व राष्ट्रिय उपाध्यक्ष एवं अध्यक्ष सल्लाहकार जेसी अर्जुन अधिकारी सहितको गरिमामय सहभागिता रहेको थियो।
उद्यमशिलता विकास निर्देशक जेसी राजेश ढकालले स्वागत मन्तव्य र सदस्यता अभिवृद्धि समिति सदस्य जेसी कृष्ण प्रसाद बरालले धन्यवाद मन्तव्य राख्नु भएको उक्त सभाको संयोजन जेसी बिशाल भट्टराईले गर्नु भएको थियो।
