एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभा आउँदो बैशाख १० गते बस्ने भएको छ। उक्त साधारण सभा सुनसरीको धरानस्थित होटेल गजुरमा बिहान ९ बजेबाट सुरु हुने भएको छ।
सभामा संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ।सभाले संस्थापक एनआईसी एसिया बैंकको सञ्चालक समितिबाट मनोनित प्रतिनिधि सञ्चालकहरु सन्तोषकुमार राठी र दिनेश भारीलाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गर्ने निर्णय अनुमोदन गर्नेछ।
आर्थिक वर्ष २०७८/७९ को प्रबन्धपत्र र नियमावलीमा समसामयिक थप वा संशोधन गर्ने विशेष प्रस्ताव छलफल हुनेछ। साथै आर्थिक वर्ष २०७९/८० को एजेन्डा भने लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रम निर्धारण गर्ने छ।
संस्थाले सभाको लागि वैशाख १ गतेदेखि वैशाख १० गतेसम्म बुक क्लोज गर्ने भएको छ। यस अनुसार चैत ३० गतेसम्म कायम सेयरधनीहरुमात्रै यस संस्थाको लाभांश प्राप्त गर्ने र सभामा भाग लिन पाउने छन्।
