नेपाली कांग्रेसले चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन्। चितवन-२, बारा-२ र तनहुँ-१ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
