नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो ।
आगामी वैशाख १० गते हुन गइरहेको निर्वाचनमा बारा-२ मा जसपाका उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्। यादवको नाम सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ।
बार-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेललाई अघि सार्ने भएको छ। लोसपाबाट राजेन्द्र महतोको चर्चा छ। एमालेले केही दिनभित्रै निर्णय गर्ने जनाएकाे छ।
