• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आइपिएलमा आज विराट कोहली र रोहित शर्मा भिड्दै


  •   आइतबार, चैत १९, २०७९ मा प्रकाशित
  • इन्डियन प्रिमियर लिग २०२३ सिजनको पाँचौं खेल आज बेंगलुरुमा खेलिनेछ। यो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्सको टोली आमनेसामने हुनेछन् । घरेलु मैदानमा मुम्बईमाथि आफ्नो वर्चस्व कायम राख्न आरसीबीको मनसाय हुनेछ। यो खेल बेंगलुरुमा साँझ नेपाली समय पौने ८ बजेबाट सुरु हुनेछ ।

    Advertisement

    यो खेलमा मुम्बई टोलीका कप्तान रोहित शर्मा र आरसीबीका पूर्व कप्तान विराट कोहली आमनेसामने हुनेछन् । तर, फाफ डु प्लेसिसले आरसीबीको कप्तानी सम्हालिरहेका छन् । २०२० देखि बैंगलोरले मुम्बई विरुद्ध ५ मध्ये ३ खेल जितेको छ। अहिलेसम्म आइपिएल जित्न नसकेको आरसीबीले एम चिन्नास्वामी स्टेडियममा जितबाट सुरु गरेर घरेलु दर्शकलाई मुस्कुराउने मौका पक्कै दिन चाहन्छ।

    रजत पाटीदार र जोस हेजलउड जस्ता खेलाडीबिना आरसीबी उत्रिनेछ । दुवै चोटका कारण पहिलो हाफ गुमाउने भएका छन् । अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पनि पहिलो खेलमा उपलब्ध छैनन् । इंग्ल्यान्डका विल ज्याक पूरै सिजन बाहिर छन् । पाटीदारले गत वर्ष आठ खेलमा ५५.५० को औसतमा ३३३ रन बनाएका थिए । उनले पहिलो क्वालिफायरमा कुनै पनि भारतीय ब्याट्सम्यानको ब्याटबाट सबैभन्दा छिटो शतक बनाएका थिए।

    आरसीबीले राष्ट्रिय टोलीबाट खेल्न न्यूजिल्याण्डमा रहेका श्रीलंकाका स्पिनर वानिन्दु हसरंगालाई पनि पर्खनुपर्नेछ। उनी सुरुका केही खेलबाट बाहिरिनेछन् । तर, न्युजिल्याण्डका माइकल ब्रासवेलको रुपमा आरसीबीले तल्लो क्रमका आक्रामक ब्याट्सम्यान पाएको छ । दिनेश कार्तिक पनि उपयोगी रन बनाउन माहिर छन्।

    शीर्ष क्रममा रन बनाउने जिम्मेवारी कप्तान फाफ डु प्लेसिस र पूर्व कप्तान विराट कोहलीको हुनेछ। बलिङको रेखदेख हर्षल पटेल र मोहम्मद सिराजले गर्नेछन् । डुप्लेसिसले यसअघि दक्षिण अफ्रिकी टी–२० लिगमा ३६९ रन बनाएका थिए भने कोहलीले हालै अन्तर्राष्ट्रिय क्रिकेटमा असाधारण प्रदर्शन गरेका छन् । रिस टोपलीको आगमनसँगै आरसीबीको बलिङमा सुधार आएको छ ।

    गत आईपीएलमा मुम्बई इन्डियन्स १४ मध्ये चार खेल जितेर अन्तिम स्थानमा थियो। आईपीएलको इतिहासमा सबैभन्दा सफल टोली र पाँच पटकको विजेता मुम्बईले त्यो प्रदर्शन बिर्सेर अगाडि बढ्ने लक्ष्य राख्नेछ।

    फास्ट बलर जसप्रित बुमराह र जे रिचर्डसन चोटका कारण मैदान बाहिर छन् । यस्तो अवस्थामा टिमको आशा इंग्ल्यान्डका जोफ्रा आर्चरमा छ, जसले जेसन बेहरेनडर्फ र आकाश मधवालको साथमा फास्ट बलिङ सम्हाल्नेछन् । रन बनाउने जिम्मेवारी कप्तान रोहित शर्मा र अनुभवी सूर्यकुमार यादवको हुनेछ । इशान किशनले पारीको सहजकर्ताको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

    आइतबार, चैत १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.