नारायणगढ जेसीजको आतिथ्यता एवं चितवन-नवलपरासी वर पर रहेको छिमेकी शाखाको संयुक्त आयोजनामा बहु शाखा संसदिय प्रणाली तालिम शाखा अध्यक्ष जेसी अमर घिमिरेको सभापतित्वमा २०७९ चैत्र १८ गते शनिबार सि एम टि रिसोर्ट भरतपुरमा सम्पन्न भएको छ।
उक्त तालिमको प्रमुख प्रशिक्षक नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष श्री कैलाश खाकी श्रेष्ठ, प्रशिक्षक नेपाल जेसीजका तालिम आयुक्त जेसी सुनिल तिमल्सिना रहनु भएको थियो।
उद्घाटन सत्रमा प्रमुख अथिति नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर अरूणेश्वर खनाल रहनुभएको थियो, स्वागत मन्तव्य रत्ननगर जेसीजका अध्यक्ष जेसी अमित कुमार गुप्ताले राख्नुभयो भने नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्षहरू सिनेटर प्रदिप मान वैद्य र सिनेटर महेश पौडेलले प्रेरणादायक आफ्ना अनुभव साट्नुभएको थियो।
यसै गरी समापन सत्रको प्रमुख अथिति नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रश्मि बस्नेत रहनु भएको थियो भने नेपाल जेसीजका क्षेत्र ख निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी राधिका भुषाल, नेपाल जेसीजका कानुनी सल्लाहकार जेसी अशोक कोइराला,नारायणगढ जेसीजका प्रमुख अध्यक्ष सल्लाहकार तथा पुर्व अध्यक्ष श्री सेवन पन्त, देवघाटमा जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटाले अतिथिको मन्तव्य राख्नुभएको उक्त तालिममा प्रशिक्षार्थीको तर्फबाट नारायणगढ लेडी जेसीजकी कानुनी सल्लाहकार जेसी हेमा श्रेष्ठले, आयोजक शाखा अध्यक्षको तर्फबाट नवलपुर जेसीजका अध्यक्ष जेसी रमेश अधिकारीले मन्तव्य राख्नुभयो
साथै उक्त तालिममा नेपाल जेसीजका राष्ट्रिय महासचिव जेसी अमित ढकाल, राष्ट्रिय उपाध्यक्ष जेसी सरोज अधिकारी , नारायणगढ जेसीजका तथा छिमेकी शाखाका आदरणीय पुर्व अध्यक्षज्युहरूको प्रेरणादायी उपस्थिति रहनुका साथै बिभिन्न छिमेकी शाखाहरूबाट शाखा अध्यक्ष, पदाधिकारी एवं सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।
