नयाँ केन्द्रीय कार्यकारिणी समितिकाे घाेषणा गर्दै विद्यार्थी परिषद्काे नवाैँ राष्ट्रिय अधिवेशन सम्पन्न
प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे नवाैँ राष्ट्रिय अधिवेशन केन्द्रीय कार्यकारीणी समितिकाे घाेषणा सँगै कैलालीकाे धनगढीमा सम्पन्न भएको छ ।
यहीँ चैत्र १८, १९ र २० सुदुरपश्चिमकाे आर्थिक राजधानी धनगढीमा आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि नवाैँ राष्ट्रिय अधिवेशन भन्ने मुल नाराका साथ त्रिदिवसीय अभ्यास वर्ग भएको हाे ।
परिषद्ले आफ्नो अधिवेशनबाट आगामी २०८०/०८१ का लागि नयाँ केन्द्रीय कार्यकारिणी समिति घाेषणा भएको हाे । अधिवेशनबाट राष्ट्रिय अध्यक्ष डा.गाेपिनाथ कण्डेल, राष्ट्रिय उपाध्यक्ष अच्युत पन्त , पुष्पराज खतिवडा, डा दयाराम भुषाल, प्रा.डा. विजु थपलिया, राष्ट्रिय सचिवहरू जानकी आचार्य, अनुराग पाण्डे, विवस कटवाल , दिवस पाेखरेल, कविराज न्याैपाने , तिर्सना खराल, राष्ट्रिय जनजाति कार्य प्रमुख, चन्द शेखर जाेसि, राष्ट्रिय मिडिया प्रमुख कृष्णप्रसाद हुमागाईं, विश्वविद्यालय कार्य प्रमुख एवम् प्रदेश संगठन सचिव छितराज न्याैपाने लगायत व्यक्तहरू सँगै केन्द्रीय सदस्यहरू चयन गरिएको छ । साथै विशेष आमन्त्रित सदस्य प्रा.डा रामजी गाैतम, श्री कृष्ण अनिरूद्र गाैतम, आमन्त्रित सदस्यहरूमा सुरेन्द्र प्रसाद भट्ट लगायतका व्यक्तिहरू चयन हुनु भएको छ ।
अधिवेशनले देशभर शिक्षा कार्यशाला संचालन गर्ने, दशाैँ राष्ट्रिय अधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ भने , राष्ट्रिय परिषद् बैठक साउनमा पाेखरामा गर्ने र केन्द्रीय कार्यकारी समिति बैठक जनकपुरमा गर्ने निर्णय गरेको छ ।
अधिवेशनमा देशभरबाट ६०० भन्दा बढी विद्यार्थी प्रतिनिधिहरू , शिक्षा , अतिथि र समावेश शुभचिन्तकहरूकाे उपस्थिति रहेकाे विद्यार्थी परिषद्ले जनाएको छ ।
