• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

तीनवटै निर्वाचन क्षेत्रको प्रतिश्पर्धा रोचक, चितवन-२ मा जोगिएला रविको विरासत ?


  •   मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
  • आसन्न वैशाख १० को उपनिर्वाचनमा ध्यान केन्द्रित गरेका दलहरु गएको मंसिर ४ को निर्वाचनलाई आफ्नो पक्षमा पार्न दलहरु सक्रिय छन्।

    Advertisement

    यो पटक निर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् भने उनीहरुलाई आफ्नो विरासत जोगाउनु पर्ने चुनौती पनि छ। सोमबार मनोनयको दिनमा समेत प्रमुख दलका केन्द्रीय स्तरका प्रभावशाली नेताहरुले तीनवटै निर्वाचन क्षेत्रमा सहभागीता जनाउनुलाई अहिलेको उपनिर्वाचन दलहरुको ठूलै प्रतिष्ठाको विषय बनेको देखिएको छ।

    तीन जिल्लामा हुन गइरहेको उपनिर्वााचनमा दलहरुले आप्नो ध्यान केन्द्रित गरेका छन्। तनहुँ- १, चितवन-२ र बारा-२ मा सबैको ध्यान केन्द्रित भएको छ। यो पटक दलहरु आफ्नो शक्ति उपनिर्वाचनमार्फत परीक्षण गर्दैछन्।

    चितवन-२ मा यसअघि निर्वाचित भएका रवि लामिछाने सर्वोच्चको आदेशबाट नागरिकता अवैध प्रकरणमा पदमुक्त भएपछि हुन लागेको उपनिर्वाचनमा फेरि उम्मेदवारी दिएका छन्। उनी गएको निर्वाचनमा प्राप्त गरेको मतपरिणा यस पटक फेरि फर्काउने दाउमा छन्।

    रास्वपाका सभापति लामिछाने गएको निर्वाचनको विरासत यसपटक उपनिर्वाचनमार्फत फर्काउने कसरतमा छन्। उनको पार्टी यसपटक ‘एकको बदलामा तीन’ नारासहित चुनावमा होमिएको छ।

    गएको मंसिर ४ को निर्वाचनमा चितवन २ मा भारी मतले विजयी भएका लामिछानलाई यो पटक जित्दै पर्ने दबाव छ। आफूबाट कमजोरी भएको स्वीकार्दै फेरि उपनिर्वाचन गर्न बाध्य भएको भन्दै उनले मतदाता समक्ष माफी समेत मागेका छन्।

    चितवन २ मा रविका अलावा पुराना पार्टीबाट कांग्रेस पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनलाई सत्तमरुढ गठबन्धनको समर्थन रहेको छ।
    सबैले चासोका साथ हेरेको चितवन-२ को उपनिर्वाचनमा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन्।

    यसपटकको उपनिर्वाचनमा रास्वपा, कांग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिश्पर्धा यस निर्वाचन क्षेत्रमा हुने देखिएको छ। यद्यपि गएको निर्वाचनको मतभार अनुसार लामिछाने यस क्षेत्रको बलियो उम्मेदवार देखिएका छन्। उनले अघिल्लो निर्वाचनमा सर्बाधिक मतले गठबन्धन र एमालेका उम्मेदवारलाई हराएका थिए।

    राष्ट्रिय राजनीतिमा उनले पदका लागि गरेको सौदाबाजीले यसपाली उनको मतभारमा क्षयीकरण आएको र गत निर्वाचनमा उनको पक्षमा आएको मतको बहार नआउने अन्य उम्मेदवारले दाबी गरिरहेका छन्।

    त्यस्तै कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका स्वर्णिम वाग्ले तनहुँ १ मा उम्मेदवारी दिएका छन्। तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल रायट्रपति निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा कांग्रेसले आफ्नो पूर्ववत सिट सुनिश्चित गर्न जोड गरिरहेको छ।

    कांग्रेसबाट गोविन्द भट्टराईलाइ खडा गरेको छ। कांग्रेस छाडेका अर्थविद स्वर्णिम वाग्ले र पूर्वआइजीपी सर्वेन्द्र खनालको उम्मेदवारीले तनहुँ-१ को निर्वाचन थप रोचक बनाएको छ।

    यस्तै यसपटकको निर्वाचनमा अझै प्रतिष्ठाको लडाइँ बारा-२ मा देखिएको छ। गएको निर्वाचनमा सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन्।

    उनको उम्मेदवारी निर्वाचनमा जसरी पनि जितेर संसद प्रवेश गर्ने मनशाय रहेको छ। उनैका लागि सोही क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाइएको बताइन्छ।

    सोही कारणले यादव यस उपनिर्वाचनमार्फत संसदको यात्रा तय गर्ने योजनामा छन्। उनको योजनामा चुनौती जनमतका शिवचन्द्र कुशवाह बनेका छन्। गएको निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका उनी झिनो मतल पराजित भएका थिए। यसपाली जनमत पार्टी प्रवेश गरेर उम्मेदवारी दिएका उनले उपेन्द्रलाई चुनौती बनेर प्रस्तुत भएका छन्।

    यादवलाई सत्ता गठबन्धनले समर्थन गर्ने औपचारिक घोषणा गरिसकेको छ। तसर्थ उनी बलियो उम्मेदवारको रुपमा समेत चर्चा गरिन्छ। तथापि जनमत पार्टीबाट उम्मेदवारी दिएका कुशवाह पनि प्रभावशाली नेता मानिन्छन्। त्यसैले यसपाली बारा-२ मा रोचक प्रतिस्पर्धा थपेको छ।

    यहीँ प्रतिश्पर्धाकै बीचमा नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल पनि बारा–२ मा पुगेकाले उपनिर्वाचनमा रौनक आएका छ।

    गएको निर्वाचनमा काठमाडौं-१ मा उम्मेदवारी दिएर पराजित भएका उनी यसपालीको उपनिर्वाचनमा बारा पुगेका हुन्। यसअघिको निर्वाचनमा आफ्नै नेतृत्वको सुशासन पार्टीबाट चुनाव लडेका उनी अहिले रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेर बाट बारा-२ मा निर्वाचन लड्न पुगेका छन्।

    सोमबार तीन वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गरिसकेका उम्मेदवारहरु निर्वाचन जित्न आ–आफ्नो रणनीति अनुरुप जनताको घरदैलोमा पुगिरहेका छन्। यसपालीको उपनिर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रको प्रतिस्पर्धा निकै रोचक र अर्थपूर्ण हुने देखिएको छ।

    सत्तारुढ नेकपा (माओवादी केन्द्र) यसपालीको उपनिर्वाचनमा उम्मेदवारविहीन भएको छ। सरकारको नेतृत्व गरेको दल नै उम्मेदवारविहीन भएर गठबन्धनका अन्य घटकका उम्मेदवारलाई सघाउने हैसियतमा माओवादी पुगेको छ। चितवन-२ र तनहुँ-१ मा कांग्रेसका उम्मेदवारलाई सघाउने बताएको माओवादी बारा-२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ।

    यसले राष्ट्रिय राजनीतमा खासै प्रभाव नपारेपनि जनतामाझ दलहरुको परीक्षण हुने र जनताको अभिमतको उजागर हुने अवस्थालाई नकार्न सकिन्न। त्यसैले सबैले रुचीपूर्वक उपनिर्वाचनको मतपरिणामको व्यग्र प्रतिक्षा गरेका छन्।

    मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.