अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कस्थित ट्रम्प टावर पुगेका छन् । उनीविरुद्धको फौजदारी मुद्दाको मंगलबार सुनुवाइ हुनुअघि उनले सोमबार राती यहाँ बिताउनेछन् ।
मंगलबार न्यूयोर्कको ग्रान्ड ज्युरीले ट्रम्पले पोर्न स्टार स्टर्मी डेनियललाई मुख बन्द गर्न पैसा दिएको आरोपमा सुनुवाइ गर्नेछ।
उनी विरुद्धको अभियोग अझै सिलबन्द छ । ट्रम्प विरुद्धको आरोप अदालती प्रक्रियाको क्रममा मंगलबार दिउँसो २.१५ बजे औपचारिक रूपमा सार्वजनिक गरिनेछ।
७६ वर्षीय ट्रम्प अमेरिकी इतिहासमा आपराधिक मुद्दाको सामना गर्ने पहिलो पूर्व राष्ट्रपति हुन्। तर, उनले यो आरोप अस्वीकार गर्दै आएका छन् ।
फ्लोरिडाबाट न्यूयोर्कको यात्रा गर्नु अघि, रिपब्लिकन नेताले आफ्नो सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेखे – ‘विच-हन्ट’
मिडिया रिपोर्टका अनुसार यो मामला व्यापार ठगीसँग सम्बन्धित छ। आरोपका अनुसार २०१६ मा पोर्न स्टार स्टर्मी डेनियललाई ट्रम्पले ट्रम्पसँगको आफ्नो कथित अफेयरको बारेमा मुख बन्द राख्न १३०,००० डलर दिएका थिए । यस मामलामा, ट्रम्प विरुद्ध ३० आरोप लगाइनेछ।
