• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

उपनिर्वाचनमा माओवादीले किन दिएन उम्मेदवारी ?


  •   बुधबार, चैत २२, २०७९ मा प्रकाशित
  • आसन्न बैशाख १० गते हुन लागेको देशका तीनवटा निर्वाचन क्षेत्रको उपनिर्वाचनमा माओवादी उम्मेदवारविहीन भएको छ।

    Advertisement

    दश दलीय गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गरेको माओवादीले उपनिर्वाचनमा उम्मेदवार नहुँदा अन्य दलका उम्मेदवारलाई समर्थन गर्ने हैसियत मात्रै कायम भएको छ।

    देशभरका तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुल लागेको उपनिर्वाचन अन्तर्गत माओवादीले कतै पनि उम्मेदवारी दिन सकेन। तनहुँ- १, चितवन- २ र बारा- २ मा यही बैशाख १० मा उपनिर्वाचन हुँदैछ।

    गएको मंसिर ४ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु विविध कारणले संसद सदस्य नरहेपछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

    तनहुँ- १ बाट निर्वाचित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा माओवादीले कांग्रेसका गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ। कांग्रेसकै गोविन्द भट्टराईलाई माओवादीले सघाउने भएको छ।

    चितवन २ मा गएको निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गर्दै सम्पूर्ण पदबाट मुक्त गरेसँगै सो क्षेत्र रिक्त भएको थियो।

    चितवन- २ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। गएको निर्वाचनको मतपरिणाम अनुसार रास्वपाका सभापति लामिछानेको बलियो जनाधार मानिएको उक्त क्षेत्रमा माओवादीले कांग्रेसका श्रेष्ठलाई समर्थन गर्ने जनाएको छ।

    यस्तै बारा- २ बाट निर्वाचित जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीलाई गठबन्धनका कांग्रेस माओवादीले समर्थन गरेको छ।

    सरकारको नेतृत्व गरेको पार्टीले गठबन्धनका घटकलाई सघाउने भन्दै उम्मेदवारी नदिने निष्कर्षमा पुगेको माओवादीले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन नसक्नुलाई माओवादीको राजनीतिक कमजोरीका रुपमा समेत औंल्याउन थालिएको छ।

    माओवादीका सचिव डिलाराम आचार्यले यस अगावैको निर्वाचनमा माओवादीले तीनवटै क्षेत्रमा उम्मेवारी नदिएका क्षेत्र भएकाले यस पटक गठबन्धनको भावना अनुरुप उम्मेदवारी नदिएको बताउँछन्।

    उनी भन्छन्, ‘यसअघिको निर्वाचनमा माओवादीले यी कुनै पनि क्षेत्र लडेको होइन त्यसैले गठबन्धनको मर्म अनुरुप उम्मेदवारी नदिइएको हो।’
    एक आपसमा भिड्दा सत्ता सहकार्य गरिरहेका दलहरुका बीचमा तिक्तता बढ्ने भएकाले उम्मेदवारी नदिने निष्कर्षमा माओवादी पुगेको उनले बताए।

    उनले भने, ‘हामीले जितेको निर्वाचन क्षेत्र पनि होइन फेरि यस अगावै पनि हामीले उम्मेदवारी नदिएरै गठबन्धनलाई नै सहयोग गरेकाले यसपाली सोही सहकार्यलाई नै निरन्तरता दिइएको हो।’

    उनका अनुसार गएको निर्वाचनमा हाल रिक्त भएका उक्त क्षेत्रमा माओवादीका उम्मेदवारले उम्मेदवारी नदिएकाले यसपाली उम्मेदवारी नदिइएको हो।

    तीनवटै निर्वाचन क्षेत्रमा दलगत उपस्थिति नरहेको माओवादीले तनहुँ- १ मा स्थानीय माओवादी कार्यकर्ताले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उम्मेदवारी दिनुपर्ने दबाव दिएका थिए। तर, कार्यकर्ताको भावनालाई लत्याउँदै प्रचण्डले कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गर्न पुगेका थिए।

    तनहुँबाट काठमाडौं आएर पार्टी अध्यक्षलाई भेटेका नेताहरुले उक्त निर्वाचन क्षेत्रमा माओवादीको उल्लेख्य मत रहेको बताउँदै गठबन्धनमा उम्मेदवारीको अडान कायम राख्न आग्रह गरेका थिए।

    बुधबार, चैत २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.