• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भरतपुर अस्पतालमा बिरामीलाई सास्ती, बहिरंग सेवामा डाक्टर भेट्नै चारदिन लाग्ने


  •   शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
  • चितवन। भरतपुर महानगरपालिका–१७ का वृद्ध मानबहादुर शाही विगत चार दिनदेखि भरतपुर अस्पतालको बहिरंग सेवामा रुमलिइरहेका छन्। आज बहिरङ्ग विभागमा भेटिएका उनले मिर्गौलाको पत्थरी झिक्नका लागि धेरै दुःख पाएको गुनासो गरे ।

    Advertisement

    उनले भने, “लाइन बसेर टिकट काटेर डाक्टर भेट्नै चार दिन लाग्यो”, उनले गुनासो गर्दै भने, “सिस्टम भएन, कर्मचारी थोरै भए सुधार गरेर लैजानुपर्छ ।” मिर्गौलामा पत्थरी भएको र शल्यक्रिया गर्नुपर्ने चिकित्सकले जनाएपछि अब कहिले शल्यक्रिया हुने हो अझै टुङ्गो नलागेको उनले बताए।

    अस्पतालमा शल्यक्रियाका लागि महिनौँ पालो कुर्नुपर्ने अर्को बाध्यता रहेको छ । भरतपुर महानगरपालिका–७ का सुनिल ढकाल मर्किएको हातको एक्स–रे गर्न बिहीबारदेखि अस्पतालकै बहिरङ्ग सेवामा घुमिरहेका छन्। उनले भने, “आज एक्स–रे गर्न पाए आइतबार डाक्टरलाई देखाउँथे ।”

    उनले एक्स–रे गरेर रिपोर्ट देखाउँन मात्रै तीन दिन समय लाग्ने बताउँदै भिड नियन्त्रण नहुँदा समस्या भएको बताए । उनले गुनासो व्यक्त गरे, “चिकित्सक कर्मचारी आफ्नो मान्छे भए भित्रबाट फटाफट काम हुँदोरहेछ, सर्वसाधारणलाई सास्ती ।”

    उनी जस्तै बिहीबार आमाको उपचार गर्न माडीबाट आउनुभएका देवराज बरालको गुनासो पनि उस्तै छ । यी प्रतिनिधि पात्र मात्रै होइन, अस्पताल आउने धेरैको अवस्था यस्तै छ ।

    अस्पतालमा भौतिक पूर्वाधार निर्माण र उपकरण पर्याप्त भएर पनि सर्वसाधारणले सहज सेवा पाउन सकेका छैनन् । सामान्य बहिरंग सेवा (ओपिडी) सेवा लिनसमेत चार दिनसम्म धाउनुपर्ने बाध्यता अस्पतालमा छ । अस्पताल केन्द्रीय भएसँगै सहज उपचार सेवा पाउने आम नागरिकको अपेक्षाअनुरुपको सेवा अझै अस्पतालले दिन सकेको छैन ।

    विशेषज्ञता हासिल गरेका चिकित्सक भेट्न बिरामीलाई मुस्किल पर्ने गरेको छ । सरकारी अस्पताल भए पनि कतिपय शुल्क निजीसरह छन् भने बीमामार्फत पाउनुपर्ने औषधि अस्पतालले खरिद नगर्दा बिरामीले नगदमा खरिद गर्न बाध्य छन् ।

    आफ्ना आफन्तको उपचारका लागि आएका जोकोहीलाई भेटेर सोध्दै गर्दा सेवामा गुनासैगुनासा सुन्ने गरिन्छ । पत्रकार रमेशकुमार पौडेलले विगतको तुलनामा केही सुधार हुँदै गए पनि सुधार गर्नुपर्ने धेरै विषय रहेको बताए। उनले भने, “चिकित्सक स्वास्थ्यकर्मीले बिरामीले खोजेको जस्तै व्यवहार पनि पाउँदैनन् ।” उनले राति ९ बजेपछि भिडियो एक्स–रे गर्न अस्पताल बाहिर जानु परेको गुनासो गरे।

    अस्पतालको बहिरङ्ग सेवामा मेडिकल अधिकृत राख्ने र अतिरिक्त शुल्क लिएर विशेषज्ञले परीक्षण गर्नेक्रम बढ्दो छ । बिरामीलाई अतिरिक्त शुल्क लिन बाध्य पार्ने गरिएको गुनासो गरे। बीमाका बिरामीले जनरलमा टिकट काटेर परीक्षणपछि नगद रु पाँच सय तिरेर अतिरिक्त सेवा (इएचएस) लिन बाध्य पारिने गरिएको छ ।

    बीमामा एक हजार ७८ प्रकारका औषधि उल्लेख भए पनि अस्पतालले समयमा खरिद नगर्दा न्यून सङ्ख्यामा मात्रै पाइने गरेको छ । यसका कारण बिरामी औषधि खरिदका लागि बाहिर जान बाध्य छन् । अस्पतालका सबैजसो विभागमा समस्यै समस्याका चाङ छन् । समस्या समाधानतर्फ अस्पताल प्रशासन नलागेको गुनासो सुन्ने गरिन्छ ।

    अस्पताल सञ्चालक समितिका अध्यक्ष राजु पौडेल जनशक्ति र पूर्वाधार थप नगरेसम्म सेवा सुधार गर्न नसकिने उल्ल्लेख गरे । गुनासा र समस्या रहेको स्वीकार्दै उहाँले सरकारको एक सय ५० श्ययाको जनशक्तिमा छ सय श्यया चल्दा समस्या भएको बताए।

    मन्त्रालयले ‘ओएनएम सर्भे’ गरेर एक हजार ८७ दरबन्दी आवश्यक पर्ने उल्लेख गरे पनि नीतिगत निर्णय भएर कार्यान्वयनमा नआएका कारण समस्या रहेको उनको भनाइ छ ।

    समयमा औषधि खरिद गर्न नसक्दा बीमाको सबै औषधि बिरामीले पाउन नसकेको सञ्चालक समितिका अध्यक्ष बताए। अस्पतालका कतिपय चिकित्सक–स्वास्थ्यकर्मी र कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगर्ने र प्रशासनिक निकायको निर्देशन पालना नगर्दा अस्पतालमा समस्या आउने गरेको छ ।

    शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.