• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एमालेभित्र ‘गुम्सिए’का पूर्व माओवादीलाई फर्काउने प्रचण्डको रणनीति


  •   बुधबार, चैत २९, २०७९ मा प्रकाशित
  • नेकपा(एमाले) मा रहेका पूर्व माओवादी नेताहरु पछिल्लो समय गुमनाम देखिएका छन्। राजनीतिक सरगर्मी बढिरहेको बेला एमालेमा रहेर राजनीतिक भूमिकामै रहेका माओवादी पृष्ठभूमिका नेताहरु फुर्सदिलो देखिएका छन्।

    Advertisement

    एमाले र माओवादी केन्द्रबीच एकता भंग भएर अलग अलग पार्टी ब्यूँतिएपछि एमालेमा रहेका पूर्वमाओवादी नेताहरुले मौन छन्। उनीहरु एमालेमा अध्यक्ष केपी शर्मा ओलीको चेपुवामा परे पनि बाध्यतावश रहेको चर्चा हुन थालेको छ।

    एमाले र माओवादी मिलेर ०७५जेठ ३ गते नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेका थिए। दुई वर्षपछि आन्तरिक किचलो उत्कर्षमा पुगेर विभाजनउन्मुख अवस्थामा सर्वोच्च अदालतको २०७७ फागुन २३ गतको फैसलाले औपचारिक रुपमा दुबै पार्टीलाई पूर्ववत् अवस्थामा पुर्‍याएपछि अलग भएका थिए।

    नेता कार्यकर्ताहरु पनि आआफ्नै अलग पार्टीमा लागेपनि माओवादी धारका शीर्षस्थ नेताहरु एमालेमै रहेका थिए।

    एमालेमा रहेका पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा लिलबहादुर थापा र दावा तामाङ लगायतका शीर्ष नेताहरु एमालेमा रहेका छन्। सुुरुमा एमालेमै रहेका प्रभु साह भने बाहिरिएर अहिले नयाँ दल आम जनता पार्टी गठन गरेका छन्।

    एमालेमा रहेका पूर्वमाओवादी अधिकांश नेताहरुले राजनीतिक सक्रियता बढाएका छैनन्। बरु सक्रियता बढाएका पुर्वमाओवादी नेता टोपबहादुर रायमाझी समेत पछिल्लो समय विवादित बनेका छन्।

    एमालेभित्र सहज नभएको यथार्थ हो हामी गुम्सिएका छौं तर संगठित रुपमा के गर्ने भन्नेबारेमा निक्र्यौल गरिसकेका छैनौं।समाजवादी केन्द्र गठन निर्वाचन अघि नै तयारी गरिएको हो त्यसमा अझै हामीले सामूहिक निर्णय गरेका छैनौं।

    उनी नेपाली नागरिकलाई भुटानी शर्णार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको कतिपय सञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि विवादमा तानिएका हुन्।

    नेपालमा रहेका भुटानी शर्णार्थीहरुलाई तेस्रो मुलुक पुर्नवास हुने प्रक्रियामा नेपालीहरुलाई समटेर अवैध रुपमा अमेरिका लैजाने नेपाली गिरोहको सक्रियता खुलाशा भएको थियो।

    समाचार अनुसार उक्त कार्यमा एमालेमा रहेका पूर्वमाओवादी नेता रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीको पारिवारिक सदस्य मुछिएका छन्।

    माओवादीबाट एमाले बनेका नेताहरुमध्ये टोपबहादुर रायमाझीले सक्रियता बढाएका थिए। उनी एमालेको दशौं महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए।

    यद्यपि पूर्वमाओवादी नेताहरु अन्यले समेत एमालेमा पदीय भूमिका पाए पनि सक्रियता देखाएका छैनन्। गएको मंसिर ४ को निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका उनी बलियो जनाधार भएका नेतामा पर्दछन्।

    माओवादी शान्तिप्रक्रियामा आएयता निरन्तर चुनावमा विजयी हुँदै आएका उनी जनतामाझ लोकप्रिय नेता हुन्। तर, पछिल्लो समय विवादित बन्न पुगे।

    एमालेमा रहेका पूर्वमाओवादी धारका नेताहरुको मौनता र निष्क्रियतलाई लिएर राजनीतिक बजारमा फेरि नयाँ समाजवादी केन्द्रमा संगठित हुने गृहकार्यमा जुटिरहेको बताइएको छ।

    माओवादी केन्द्र, एकीकृत समाजवादी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलगायतले समाजवादी केन्द्र गठनको तयारी थालेका छन्। गएको निर्वाचन अगावै थालिएको गृहकार्य बीचमा अवरुद्ध भएको थियो। अब उपनिर्वाचनपछि समाजवादी केन्द्र गठनको गुहकार्यलाई मूर्तरुप दिन अन्तिम तयारीमा जुटेको दलहरुले सार्वजनिक रुपमा बताइरहेका छन्।

    केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष कैलाली जाँदा एमालेमै रहेका पूर्व माओवादी नेता लेखराज भट्टसँग भेटवार्ता समेत गरेका थिए। भट्टकै घर अत्तरियामा पुगेर भेटेका प्रचण्डले पारिवारिक भेटघाट भएको जनाएका थिए।

    उनको भेटघाटलाई राजनीतिक कोणबाट निकै अर्थपूर्ण भएको बताइएको छ। लामो समय सम्म सहयात्रा गरेका प्रचण्ड र भट्टको राजनीतिक रुपमा अलग भएपछि तिक्तता निकै चुलिएको थियो। उनीहरुको तिक्तता बढेरै सार्वजनिक स्थलमा भेट हुँदा पनि दोहोरो वार्तालाप हुन नसकेको घटनासमेत बाहिरिएको थियो।

    सोही तिक्ततालाई मत्थर गर्न भट्टकै निवासमा प्रधानमन्त्री प्रचण्ड पुगेको बताइन्छ। उनले विगतको भावनात्मक सम्बन्ध दर्शाएर भट्टलाई पार्टीमै फर्काउने रणनीतिमा लागेको माओवादी स्रोत बताउँछ।

    पछिल्लो समय सुदूरपश्चिमा बर्चस्व रहेको एमाले नेता भीम रावल पार्टीमै फर्कने अवस्था आए भट्टलाई एमालेमा रहन असहज हुने माओवादीकोृ निष्कर्ष छ। एमालेको दशौं महाधिवेशनबाट असन्तुष्ट बनेका रावल पार्टी नेतृत्वको आलोचना गर्दै हिँडेका छन्। उनको असन्तुष्टिलाई सम्बोधन गर्ने भन्दै एमोले रावलसँग वार्ता गर्न समिति नै गठन गरेको छ।

    एमाले नेतृत्वले रावललाई प्राथमिकता दिएको देखेर त्रसित रहेका भट्ट रावल एमालेमा जिम्मेवारीसहित फर्किए आफू कायम रहेको सुदूरपश्चिम ईन्चार्जको भूमिकाबाट विमुख हुनुपर्ने भयले सशंकित रहेको बताइन्छ। सोही एमालेको आन्तरिक राजनीति बुझेर माओवादीले पहल थालेको बताइएको छ।

    एमालेमै रहेका बादल भने माओवादीमा फर्कने मनस्थितिमा छैनन्। उनी प्रचण्डलाई कुनै हालतमा फेरि नेतृत्व स्वीकार्ने पक्षमा नरहेको बादल निकट स्रोतको दाबी छ।

    उनी प्रचण्डसँग राजनीतिक रुपमा असन्तुष्ट रहनुका पछाडि विगतका तिक्तताले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ। विगतमा प्रचण्डले बादललाई पार्टी नेतृत्वको विरुद्धमा लागेर नेतृत्व हत्याउँन खोजेको भन्दे ‘लिनप्याओवाद प्रवृत्ति’ को आरोप लगाएका थिए।

    सोही तिक्तताले माओवादीमा प्रचण्डलाई छाडेर धोबिघाट गठबन्धनबाट अर्का नेता बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन सघाएका उनले पार्टी बिभाजनपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए। जनयुद्धकालमै चिढिएको सम्बन्धको कम्पन हालसम्मै कायम रहेको बताइन्छ।

    जीवनको उर्जाशील समय माओवादी आन्दोलनमा ब्यतित गरेका उनले जीवनको उत्तरार्धमा एमालेमा रहेर लामो राजनीतिक थकानपछि केही समय विश्राम लिएको स्रोत बताउँछ।

    एमालेमा रहेका पूर्वमाओवादी नेता मणि थापा एमालेभित्र पूर्वमाओवादीलाई सहज नभएको स्वीकार गर्दछन्। उनले अन्य दलले गरेको समाजवादी केन्द्र गठनको गुहकार्यमा तत्कालै सामेल हुनेबारे ठोस निर्णयमा भने नपुगेको बताए।

    ‘एमालेभित्र सहज नभएको यथार्थ हो हामी गुम्सिएका छौं तर संगठित रुपमा के गर्ने भन्नेबारेमा निक्र्यौल गरिसकेका छैनौं’, उनले एमालेमा रहेका पूर्वमाओवादीले सामूहिक निर्णयमा नपुगेको बताउँदै डिसी नेपालसँग भने, ‘समाजवादी केन्द्र गठन निर्वाचन अघि नै तयारी गरिएको हो त्यसमा अझै हामीले सामूहिक निर्णय गरेका छैनौं।’

    उनले नयाँ र संगठित पार्टी निर्माण गरिए प्रचण्डसँग सहयात्रा गर्न सकिने तर पुरानै अवस्थामा माओवादीमा फर्कने सम्भावना न्यून रहेको औंल्याए। उनले नेपालको सन्दर्भमा नयाँ विचार र कार्यक्रमसहितको कम्युनिष्ट पार्टी पुनर्गठनको अपरिहार्यता बढेकाले छलफलकै क्रममा रहेको प्रष्ट्याए।

    बुधबार, चैत २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.