• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

प्रधानमन्त्रीको भारत भ्रमणको लालसाले परराष्ट्रमन्त्री नियुक्तिमा हतारो


  •   आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौं पटक मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका छन्।

    Advertisement

    उनले गएको चैत १७ गते सत्ता गठबन्धनका दलहरुलाई समेटेर सातौं पटक मन्त्रिमण्डल पुनर्गठन गरेका थिए। कांग्रेसले आफूले पाएको सबै मन्त्रीहरुलाई सरकारमा सामेल गराउन नसक्दा सरकारले पूर्णता पाउन सकेको थिएन। त्यसैले ६ मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले राखेका छन्।

    आज(आइतबार) कांग्रेसले परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएर एनपी साउदलाई सरकारमा सहभागी गराएपछि मन्त्रिमण्डल आठौं पठक पुनर्गठन हुन लागेको हो।

    कांग्रेसबाट सभापति शेरबहादुर देउवा पक्षका चार जनामात्रै सरकारमा सहभागीता जनाउँदा अर्को शेखर कोइराला समूहले दाबी गरे अनुरुप मन्त्रालय पार्टीमा मन्त्रालय नपाएपछि असन्तुष्ट हुँदै सरकारमा सहभागी भएका छैनन्।

    कांग्रेसको आन्तरिक शक्ति सन्तुलनको विवादले प्रचण्ड सरकारले पूर्णता पाउन नसक्दा महत्वपूर्ण मन्त्रालय प्रधानमन्त्री स्वयमंले राखेका छन्।
    खासगरि वैदेशिक सम्बन्ध, परराष्ट्र नीति र कुटनीतिक सम्बन्धको नीतिगत मन्त्रालय मानिने हाम्रो जस्तो भूराजनीतिक जटिलता भएको देशमा परराष्ट्र मन्त्रालयको महत्वपूर्ण भूमिका हुन्छ।

    तथापि नयाँ सरकार बनेको करिब चार महिना पुग्नै लाग्दा परराष्ट्र मन्त्रालय मन्त्रीविहीन छ। यसअघि एमालेसहितको गठबन्धनबाट परराष्ट्र मन्त्री नियुक्त भएकी डा.विमला रार्ई पौड्याल अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने तयारीमा रहेकै बेला सत्ता गठबन्धनमा आएको परिवर्तनले सरकारकोतर्फबाट सहभागी हुन प्रधानमन्त्रीले रोका लगाएका थिए।

    त्यसपछि सत्ता राजनीतिमा आएको बदलावले एमाले सरकारबाट बाहिरिएर कांग्रेससँग प्रधानमन्त्री प्रचण्डले सत्ता सहकार्य बढाएपछि परराष्ट्रमन्त्री नियुक्त हुन सकेको थिएन। सत्ता साझेदारीमा कांग्रेसले पाएको उक्त मन्त्रालय आन्तरिक किचलोले मन्त्री चयन हुन सकेको थिएन।

    प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्ध र मुख्यतया भारतसँग सम्बन्ध सुमधुर बनाउने हेतुले कांग्रेसलाई परराष्ट्रान्त्रीको चयन गरेर सरकारमा पठाउन दबाव दिएपछि आइतबार एनपी साउद नियुक्त हुन लागेका हुन्।

    कांग्रेसले हाल सरकारमा सहभागी भएका बाहेक अन्य चार जना मन्त्री चयन नगरेरै आइतबार साउललाई मात्रै सरकारमा पठाउन लागेको छ। अन्य मन्त्री पठाउनेबारे कांग्रेसले टुंगो लगाउन सकेको छैन।

    यद्यपि कांग्रेसभित्र आन्तरिक सहमति भएर कोइराला समूहले मागेजति तीन मन्त्रालय दिन सभापति देउवा राजी भएको बताइएको छ।
    प्रधानमन्त्रीले निकट समयमै छिमेकी मुलुक भारतको भ्रमण गर्ने तयारीमा छन्।

    उनले प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको रुपमा भारत जान लागेका हुन्। स्रोतका अनुसार वैशाखको तेस्रो साता प्रधानमन्त्रीले भारत जाने आन्तरिक तयारी थालेका छन्।

    सोही भारत भ्रमणको तारतम्य मिलाउन हतारिएर अन्य पाँच मन्त्रालय आफूसँगै राखेर भएपनि प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्री नियुक्त गर्न तदारुकता देखाएका हुन्।

    केही दिनअघि बाघ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीले आफूसँगै रहेको वन तथा वातावरण मन्त्रीको हैसियतमा उर्जामन्त्री शक्ति बस्नेतलाई भारतमा पठाएका थिए। सो सम्मेलनमा सहभागी भएका मन्त्री बस्नेतले भारतीय संस्थापन र अन्य राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका थिए।

    स्रोतका अनुसार उर्जा मन्त्रीको भारत भ्रमणमा द्विपक्षीय भेटवार्ता र प्रधानमन्त्री भ्रमणका लागि परराष्ट्रमन्त्रीमार्फत सम्बाद गर्न सुझाएकाले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको पूर्वतयारीमा साउदलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।

    प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको आन्तरिक किचलोले मन्त्रिमण्डल विस्तार गर्न नसकिरहेको अवस्थामा परराष्ट्रमन्त्री नियुक्तिमा गरेको हतारो भारत भ्रमण गर्ने मनशायले गरेको स्रोतले जनाएको छ।

    देशको भूराजनीतिक बाध्यताले छिमेकी मुलुक भारतप्रति लचककता नबढाए सरकारलाई असहज हुने बुझेरै चीनको बोआओ सम्मेलनमा सहभागी नभएर पहिलो विदेश भ्रमण भारतबाटै गर्ने र आवश्यक परे भारतको हित अनुकूल सम्झौता गरेर सत्ता टिकाउने आकांक्षा ब्यक्त गरेको स्रोतको दाबी छ।

    आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.