• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

गायक शेर्पा भन्छन् ‘गायनमा निरन्तरता नै सफलता हो’


  •   मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
  • रियालिटी शोमार्फत उदाएका गायक कर्मा शेर्पा गत हप्ता नेपालमा थिए। काठमाडौंमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का सहभागी प्रतियोगीलाई हौसला प्रदान गर्न यहाँ आएका शेर्पाले प्रतियोगीसँगै एक हप्ता बिताए। प्रतियोगीलाई उनको सुझाव थियो, “कलामा निरन्तरता महत्वपूर्ण हो।”

    Advertisement

    “विश्वभरका नेपाली अहिले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहनुभएको छ । उहाँहरुलाई आफ्नो अनुभव र ज्ञान प्रदान गर्नुका साथै हौसला दिन यहाँ आएको हुँ”, गायक शेर्पाले भने।

    भारतीय गायन रियालिटी शो ‘सारेगमपा सिङ्गिङ सुपरस्टार’का प्रतियोगी गायक शेर्पाले आफ्नै सङ्गीत संस्थानको स्थापना गरी नव प्रवेशीलाई मार्गदर्शनसमेत गरिरहेका छन्। अन्य नवप्रतिभाहरुलाई दिने सुझावजस्तै उहाँको पनि कलामा निरन्तरता छ।

    “म यो मञ्चसम्म पुग्न निकै सङ्घर्ष गरेको छु। अरूले पनि त्यहि सङ्घर्ष गर्न नपरोस् भनेर काम गरिरहेको छु। किनकि धेरै प्रतिभा गन्तव्यसम्म नपुग्दै हाराउने गरेका छन्”, गायक शेर्पाले भने।

    इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा यहाँ जारी प्रतियोगिताका सहभागीलाई उनले भनेका थिए, ‘‘म पनि सहजै यो स्थानमा पुगेको होइन । प्रत्येक कला क्षेत्रका कलाकारका लागि पनि निरन्तरता र मेहनत महत्वपूर्ण छ।’’

    उनले दार्जीलिङमै छँदा त्यहाँ आयोजित एक गायन प्रतियोगितामा भाग लिने अवसर पाएका थिए। प्रतियोगितामा उनी उत्कृष्ट दशमा पर्न सक्नुभएन। “जब उत्कृष्ट दशको पत्रिकामा नाम आयो तब मेरो नाम थिएन”, उनले विगत सम्झिए, “पत्रिकामा नाम नदेखेपछि रुँदै घर फर्किएँको थिए।”

    ‘सारेगमपा सिङ्गिङ सुपरस्टार’बाट पनि उनी प्रतियोगीकै रूपमा बाहिरिए। भारतीय सङ्गितकार विशाल एण्ड शेखरको समूहमा रहेका गायक शेर्पाले अन्तिम समयमा राम्रो प्रस्तुती हुँदा पनि बाहिरिएका थिए।

    “बाहिरिएपछि मञ्च पछाडि रुँदै गर्दा मलाई विशाल सर सम्झाउँदै भने, योभन्दा राम्रो अवसरले पर्खिएको हुनसक्छ अगाडि बढ्नुहोस्”, उनले सुनाए। उनी साङ्गितक कार्यक्रमका क्रममा विश्वका कैयौँ देशमा आफ्नो प्रस्तुति दिइसकेका छन्।

    पछिल्लो समय प्रशारित भइरहेका यस्ता रियालिटी शोहरु वास्तविकताभन्दा पर रहेको उनको बुझाइ छ। “पहिले जस्तो निर्णायकले प्रतिक्रिया दिँदैनन्, तारिफ मात्रै गर्छन्”, उनले भने, “हामीले गाउने समयमा अलिकति तलमाथि हुँदा पनि कडा प्रतिक्रियाको सामना गर्नुपर्थ्याे।”

    उनको बुझाइमा अहिले दर्शक निर्णायक बनेका छन् भने भोटबाटै उत्कृष्ट गायक छनोट हुन थालेका छन्। पचासभन्दा बढी देशबाट छानिएका मध्येबाट नृत्य र गायनमा ५०/५० प्रतियोगी छनोट गर्न हाल काठमाडौँमा अडिसन जारी छ।

    ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा छन्। यसैगरी नृत्यतर्फ निर्णायकमा अभिनेत्री मिथिला शर्मा, नृत्यकार शङ्कर विसी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्की, नरमान राई छन्। कार्यक्रमका प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ छन्।

    नेपालमा आयोजना गरिएको यो शो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो। गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही एक करोड, दोस्रो हुनेले ३० लाख र तृतीय हुनेले २० लाख पुरस्कार प्राप्त गर्नेछन्।

    नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न उक्त गायन र नृत्य प्रतियोगिताको आयोजना गरेको जनाइएको छ। फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए।

    मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.