• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

रविसँग नोकझोंक गरेका मतदातालाई सहानुभूति दिँदै सापकोटा


  •   मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
  • आसन्न बैशाख १० को उपनिर्वाचन नजिँकिएसँगै चितवन-२ मा उम्मेदवारको मतदातासमक्ष मत माग्न व्यस्त छन्।

    Advertisement

    त्रिपक्षीय प्रतिस्पर्धा देखिएको चितवन-२ मा यसपाली दलहरु परिणाम आफ्नो पक्षमा पार्न भगिरथ प्रयत्न जारी राखेका छन्।

    चितवन-२ को उपनिर्वाचनमा यसअघि विजयी भएका रास्वपाका सभापति रवि लामिछानेको सर्वोच्च अदालतको आदेशले नागरिकता अवैध ठहर भएसँगै फेरि उपनिर्वाचन हुन लागेको हो।

    यसपटक रास्वपाका सभापति रवि लामिछाने, सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

    चुनावी प्रचार गर्ने क्रममा दलका उम्मेदवारहरुसँग मतदाताले जिज्ञासा र आक्रोश व्यक्त गरेको समेत मिडियामार्फत उजागर भइरहेको छ।

    केही दिनअघि चुनावी प्रचारका क्रममा रास्वपाका सभापति रवि लामिछानेले एक मतदातासँग नोकझोक गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

    यही क्रममा चुनावी प्रचारको क्रममा रास्वपाका सभापति रविलामिछानेमाथि प्रतिप्रश्न गर्ने एक मतदाता समक्ष पुगेर सहानुभूति व्यक्त गर्दै मत मागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

    उपनिर्वाचन हुन लागेको निर्वाचन क्षेत्र चितवन-२ को इच्छाकामना गाउँपालिका-६ खानी खोलामा रहेका किराना पसले सुदर्शन विष्टसँग उम्मेदवार रवि लामिछानेको सवाल जवाफ भएको थियो।

    रास्वपाका सभापति लामिछानेकै कारण उपनिर्वाचन हुन लागेको भन्दै मतदाता विष्टले लामिछानेसँग सवाल गरेका थिए। त्यसको जवाफ दिने क्रममा लामिछानेले प्रक्रियागत त्रुटि भएको स्वीकार गर्दै मतदातासँग विष्टलाई बुझाउने प्रयत्न गरेका थिए।

    तर, लामिछानेमाथि प्रश्नको वर्षा गरेपछि उनले पसलमा राखिएको पफ देखाउँद उक्त खाद्य सामग्री कम्पनीले प्रयोगको समयावधि उल्लेख नगरिएको बताएका थिए।

    उनले सो बिक्री गर्न राखिएको पफ बेचबिखनमा प्रक्रियागत कमजोरी रहेको हुँदा कानूनको भागिदार बन्नुपर्ने आक्रोशित भएर विष्टलाई सचेत बनाएका थिए।

    त्यसपछि जवाफमा पसलेसमेत रहेका मतदाता विस्टले यसमा आफ्नो कमजोरी नभएको बताउँदै राज्यको नियमनकारी निकायले अनुगमन गरेर उत्पादक कम्पनीलाई सचेत बनाउनुपर्ने त्यसको जिम्मेवारी राज्यको रहेको र पूर्वगृहमन्त्री हैसियतले लामिछानेको पनि जिम्मेवारी रहेको बताएपछि लामिछाने आक्रोशित भएर पफ मिल्काएर हिँडेका थिए।

    उनले अन्तिममा विष्टको प्रश्नको जवाफ आक्रोशित हुँदै पफ बजारेर हिँडेको दृष्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनमा सहनशीलता र जवाफदेहीता नभएको भन्दै सर्वत्र आलोचना भएको थियो।

    सोही इच्छाकामना गाउँपालिका-६ स्थित किराना पसले विष्टको निवासमा मंगलबार एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने पुगेर उनलाई सहानुभूति दिँदै मत तान्ने प्रयत्न गरेका छन्।

    न्यौपानेसहित निर्वाचनको प्रचारको क्रममा रहेको टोलीले सोही लामिछानेले फ्याकेको पसलमा पुगर पफ खाएर उनको समर्थन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उनीसहित गएको निर्वाचन प्रचार टोलीले प्रश्न गर्न पाइने र जनप्रतिनिधि जवाफदेही बन्नुपर्ने भन्दै किराना पसले विष्टको पक्षमा रहेको बताएका छन्।

    पछिल्लो परिघटना उम्मेदवारहरुर्ले मत आकर्षित गर्ने प्रपञ्चका रुपमा सामान्य घटनामा सहानुभूति बटुल्दै मत तान्ने प्रयत्न गरेको भन्दै सामाजिक सञ्जालमा समर्थन र विरोधको रोइलो सुरु भएको छ।

    मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.