• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बाबुराम र रवीन्द्रलाई अफापशिद्ध नयाँ पार्टी, रविलाई फलिफाप


  •   मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
  • नेपालको राजनीतिमा वैकल्पिक राजनीतिको सूत्रपात गरेका पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई आजभोलि पुरानै पार्टीमा फर्कने सुरसार गर्दैछन्।

    Advertisement

    २०७३ सालमा नयाँ शक्तिबाट वैकल्पिक राजनीतिको यात्रा तय गरेका उनी अहिले समाजवादी पार्टी हुँदै जनता समाजवादीबाट नेपाल समाजवादी पार्टी (नेसपाा) मा पुगेका छन्।

    तथापि राजनीतिक रुपमा उनको यही पार्टीको स्थायित्व भने अझैसम्म कायम हुन सकेको छैन। किनभने उनले पुरानै पार्टी माओवादी केन्द्रसँग पार्टी एकताको कैयौं चरणको छलफल टुंग्याइसकेका छन्। र, समाहित हुने प्रक्रियामै रहेको दुबै पार्टीका नेताहरुले बताइरहेका छन्।

    गत मंसिर ४ को निर्वाचनमा अनेकौं आरोह अवरोह पार गर्दै अन्ततः अहिले पहिल्यै परित्याग गरेको पार्टीको निर्वाचन चिन्ह लिएर चुनावमा होमिनुपर्ने बाध्यात्मक अवस्थामा पुगेका थिए।

    उनको नयाँ वैकल्पिक राजनीतिको अन्यौलपूर्ण यात्रा पछिल्लो समय पुरानै पार्टीमा फर्कने ध्यउन्नमा बितेको छ। यद्यपि उनले पुरानै पार्टीमा यथास्थितिमा नफर्कने बताउँदै रुपान्तरणसहितको एकताको पक्षमा रहेको बताएका छन्।

    गएको मंसिर ४ को निर्वाचनमा आफू निर्वाचनमा नउठेर आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्दै छोरी मानुषी यमीलाई काठमाडौं ७ बाट उम्मेदवार बनाएका थिए। गोरखा २ बाट निर्वाचित प्रचण्ड अहिले देशको प्रधानमन्त्री छन्। तथापि उनकै छोरी मानुषी भने काठमाडौं ७ बाट पाराजित भइन्।

    उनकै पार्टीका महिन्द्रराय यादव माओवादीको चुनाव चिन्ह लिएर सर्लाही २ बाट गठबन्धनको सहायताले निर्वाचित भए। उनी अहिले सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन्।

    अर्का नेता गंगानारायण श्रेष्ठ बागमती प्रदेशसभातर्फ सिन्धुली २ (ख) बाट निर्वाचित भएर हाल प्रदेश सरकारको आन्तरिक मामला मन्त्रीको जिम्मेवारीमा छन्। बाबुराम भट्टराई नेतृत्वको पार्टी अहिले फेरि माओवादीसँग एकताको तयारीमा रहेको छ। एकताका लागि अन्तिम तयारीमा पुगेको बताइएको छ।

    विगत २०७२ सालको नयाँ संविधान बनेपछि नेपालमा पुराना पार्टीहरुको उपादेयता सकिएको जनाउँदै तत्कालीन एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा.बाबुराम भट्टराईले लामो समयदेखि आवद्ध पार्टी र राजनीतिक विचारधारा नै परित्याग गरेरे नयाँ शक्ति नेपाल नामक वैकल्पिक पार्टीको गठन गरेका थिए।

    तथापि उनको वैकल्पिक राजनीतिले यथोचित गति लिन सकेन। उनले पुरानै शास्त्रीय मान्यतामा आधारित कम्युनिष्ट विचारधाराको औचित्य सकिएको बताउँदै नयाँ राजनीतिक शक्तिको अपरिहार्यता दर्शाउँदै नयाँ शक्ति गठन गरेका थिए। त्यसयता अनेकौं राजनीतिक आरोह अवरोह पार गर्दै फेरि पुरानै पार्टीसँग मिलापको तयारीमा छन्।

    यस्तै अर्का वैकल्पिक राजनीतिका अभियन्ता रवीन्द्र मिश्रले बीबीसी नेपाली सेवाको जागीर छाडेर वैकल्पिक राजनीतिको हुटहुटीले साझा पार्टीको स्थापना गर्न पुगे।

    साझा पार्टीलाई एकता गर्दै विवेकशील साझा बनाएका उनले फेरि पार्टी विभाजित हुँदै राप्रपामा भित्रिएका छन्। उनको वैकल्पिक राजनीतिक यात्राले परिणाममुखी प्रतिफल दिन सकेन।

    वैकल्पिक राजनीतिको सुरुवाती चरणमा साझा पार्टीबाट काठमाडौं १ मा उम्मेदवार बनेका उनी पराजित भए। त्यसपछि पार्टी सुदृढ गर्नेभन्दा पनि आफ्नै आन्तरिक किचलोले पार्टीले उल्लेख्य गति लिन नसक्दा पुरानै पार्टी राप्रपामा समाहित भएका छन्।

    उनको पार्टीले पनि अनेकौ राजनीतिक यात्रा तय गर्दै नेपाली राजनीतिमा उचित स्थान बनाउन सकेन। फलतः उनी राजसंस्थाको स्तुति गाउँदै राप्रपामा समाहित भएका छन्। गएको निर्वाचनमा काठमाडौं १ मा राप्रपाको उम्मेदवार रहेका उनी झिनो मतले पराजित हुन पुगे।

    यी दुबै वैकल्पिक राजनीतिको अभ्यास गरेका नेताहरुको पार्टीले नेपाली राजनीतिमा उपयुक्त स्थान बनाउन सकेन। सोही कारणले दुबैजनाले प्रयोग गरेको राजनीतिक अभियानको असफलताको भागिदार बनेका छन्।

    नेपालको राजनीतिको निकट इतिहासमै करिब उनीहरुले प्रयोग गर्न खोजेको नयाँ राजनीतिक यात्रामा असफल भएर आआफ्नै यात्रा तय गरेका दुई पात्रहरुलाई माथ दिँदै रवि लामिछाने नेतृत्वको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको भने सानदार रुपमा प्रवेश गरेको छ।

    पार्टी स्थापनाको छोटो समयमै राष्ट्रिय राजनीतिको अग्रस्थानमा उभ्याएको छ। गएको मंसिर ४ को निर्वाचनमा सातवटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।

    समानुपातिकतर्फ १३ सांसदसहित संसदमा चौथो शक्तिका रुपमा राजनीतिक यात्रा तय गरेको रास्वपा भर्खरै सम्पन्न उपनिर्वाचनमा थप एक सिट बढाउँन सफल भएको छ।

    अहिलेको उपनिर्वाचनको मतपरिणामले रास्वपाले फगत एक सिटमात्रै बढाएन, पुराना पार्टीलाई चुनौती दिँदै आगामी दिनमा राजनीतिक बर्चस्व कायम गर्ने संकेत देखाएको छ।

    रास्वपाको अप्रत्याशीत र छोटो समयमै तय गरेको राजनीतिक यात्राले पुराना दलहरुलाई निकै त्रसिद तुल्याएको छ। गत मंसिर ४ कोे निर्वाचनमा चितवन २ बाट अत्यधिक मतसहित निर्वाचित रास्वपाका सभापति लामिछाने यसपाली पुरानै विरासत फर्काएका छन्।

    गएको निर्वाचनमा सर्वाधिक मतले निर्वाचित उनी नागरिकता प्रकरणमा दोषी ठहर भएपछि पदमुक्त भएका थिए। अहिले विगतमा प्राप्त गरेको उच्च मतभारलाई कायम राख्न सफल भएका छन्। उनको मतभार अन्य उम्मेदवारको तुलनामा निकै उच्च देखिएको छ। यद्यपि औपचारिक रुपमा विजयी घोषणा हुन बाँकी छ।

    अघिल्लो पटक निर्वाचित कांग्रेसका नेता तथा हालका राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित तनहुँ १ मा समेत कांग्रेसले जित हासिल गरेको आफ्नो पूर्ववत क्षेत्र यथावत राख्न सकेन। भर्खरै रास्वपामा प्रवेश गरेर निर्वाचन लडेका स्वर्णिम वाग्लले आफ्नै पूर्वसहकर्मी गोविन्द भट्टराईलाई अत्यधिक मतले पराजित गरेका छन्।

    बारा २ मा बाहेक अन्यत्र दुई क्षेत्रमा रास्वपाका उम्मेदवारहरुले उल्लेख्य मतले विजयी हुनुले नेपालमा वैकल्पिक राजनीति रवि लामिछाने नेतृत्वको रास्वपालाई फलिफाप भएको देखिन्छ।

    रवि लामिछानेको पार्टीले अप्रत्याशीत रुपमा छोटो समयमै राजनीतिक उछाल कायम गर्नुमा नेपालका पुराना दलहरुप्रति मतदाताको आकर्षण विस्तारै कम हुँदै गएको देखिन्छ। पुराना दलहरुप्रति मतदातामा ब्याप्त निराशा नयाँ पार्टीप्रति आशाको रुपमा मत प्रकट भएको छ।

    मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.