• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

रवि लामिछानेको अविराम यात्रा, चौतर्फी घेराबन्दी हुँदा पनि मतादेश उनकै पक्षमा


  •   बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चौतर्फी घेराबन्दीलाई परास्त गर्दै अविराम यात्रालाई निरन्तरता दिएका छन्।

    Advertisement

    सञ्चारकर्मबाट राजनीतिमा होमिएका उनले नेपालको राजनीतिक इतिहासमा स्थापनाको छोटो समयमै रास्वपा चौथो दलका हैसियतमा संसदमा सहभागी भइसकेको छ।

    गत मंसिर ४ को निर्वाचनमा उल्लेख्य मतले परम्परागत पार्टीको विरासत तोड्दै चितवन २ मा निर्वाचित भएका उनी यसपालीको उपनिर्वाचनमा आफ्नै विगतको मतभारमा थप वृद्धि गर्न र थप एक सिट बढाएर सदनमा २१ सांसदको उपस्थिति गराउन सफल भएका छन्।

    उनको नागरिकता प्रकरणमा प्रक्रियागत कानूनी त्रुटिका कारण सर्वोच्च अदालतको फैसलाले सबै पदबाट मुक्त भएका उनी उपनिर्वाचनमार्फत उल्लासमय उपस्थितिका साथ संसदमा दोस्रो पटक प्रवेश गर्दैछन्।

    गत चुनावमार्फत संसदको यात्रा तय गर्दै गर्दा राजनीतिक यात्राको छोटो समयमै उपप्रधान सहित गुहमन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका थिए। तथापि नागरिकता प्रकरणमा सबै पद गुमाए पनि फेरि विजयी भएका छन्। उनको पक्षमा जनादेश यथावत रहेको चितवन २ को मतादेशले पुर्नपुष्टि गरेको छ।

    उनको राजनीतिक यात्रामा अनेकौं विषम परिस्थिति आएपनि चितवन २ का जनताको मतादेश उनकै पक्षमा हुनुले लामिछानेको अविराम राजनीतिक यात्रा तय गरेको दर्शाउँछ।

    चौतर्फी घेराबन्दीका बावजुद पार्टी स्थापना गरेको छोटो समयमै राष्ट्रिय राजनीतिको केन्द्रमा उभ्याउनु कम चुनौतीको विषय होइन। उनको अपराजित राजनीतिक यात्राले ठूला दललाई अस्तित्व रक्षाको संकट थपिएको छ। ठूला तथा परम्परावादी दलहरुको वर्चस्वमा धावा बोलेका छन्।

    गत निर्वाचनमा ४९ हजार ३०० मत ल्याएर भारी मतान्तरले विजयी भएका उनी पाँच महिनापछि भएको उपनिर्वाचनमा विगतको आफ्नै रेकर्ड तोडेर मतवृद्धि गर्दै ५४ हजार १७६ मत ल्याएर विजयी भएका छन्।

    उनका प्रतिस्पर्धीको मतभार उनको तुलनामा निकै कम छ। स्थापित परम्परागतत ठूला पार्टीका उम्मेदवार एकातिर गठबन्धनका कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ र अर्कोतिर एमालेका रामप्रसाद न्यौपानलाई अत्यधिक मतले पराजित गर्दै आफ्नो लोकप्रियतालाई बचाउदै थप बढाएका छन्। यसले लामिछानेको लोकप्रियता थप चुलिएको दर्शाउँछ।

    नेपालको चुनावी इतिहासमा सर्वाधिक मत ल्याएर जितको इतिहास कायम गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको कीर्तिमान समेत तोड्न सफल भएका छन्। २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने सूचीमा रहेका भट्टराईलाई उपनिर्वाचनमार्फत रविले उक्त कीर्तिमानी कायम गर्न सफल भएका छन्।

    पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन माओवादीका उम्मेदवार भट्टराईले ४० हजार मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारलाई पाराजित गरेका थिए। भट्टराईले ४६ हजार २७२ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका चन्द्रप्रसाद न्यौपानेले ६ हजार १४३ मत ल्याएका थिए।

    यद्यपि हालसम्मको चुनावी परिणाममा सर्वाधिक मत प्राप्त गर्ने नेताको सूचीमा एमालेृका पार्वत गुरुङको नाम यथावत छन्। उनले २०७४को संसदीय निर्वाचनमा दोलखाबाट करिब ३० हजार भन्दा बढी मतान्तरले विजयी भएका थिए। उनले ५५ हजार ४५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका रुद्र खड्काले २४ हजार ८१३ मत ल्याएका थिए।

    यी नेताहरुको मत गठबन्धन र तत्कालीन राजनीतिक परिस्थिति आफ्नो अनुकूल हुँदा प्राप्त गरेको मत हो। बाबुराम भट्टराई २०६४ मा गोरखाबाट निर्वाचित हुँदा मतदाता संख्या भन्दा खसेको मत बढी भएको भन्दै आलोचना भएको थियो। यस्तै दोलखाबाट निर्वाचित गुरुङ पनि एमाले र माओवादी गठबन्धनकोे संयुक्त मत हो।

    तर, लामिछानेले प्राप्त गरेको मत चितवन २ का मतदाताले निर्वाध रुपमा स्वतन्त्रतापूर्वक मतदान गरेरै आएको मत हो। अझै अनेकौं घेराबन्दी र गठबन्धनलाई परास्त गर्दै प्राप्त गरेको मत हो। तसर्थ रवि लामिछानेको मत मतदाताले स्वविवेक प्रयगो गर्दै उनीमाथि अपेक्षा र पुराना दल प्रतिको अविश्वासको मत हो।

    गत निर्वाचनपछिका रास्वपाको राजनीतिक यात्रामा आएका अनेकौं आरोह अवरोह र राष्ट्रिय राजनीतिमा आएको बदलावको बावजुद लामिछानेको पक्षमा झनै मतभार वृद्धि हुनुले उनीप्रति चितवन बासीको अपेक्षा यथावत रहेको देखाउँछ ।

    यसपटकको उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका तीन पूर्वप्रधानमन्त्री र बहादवाला प्रधानमन्त्रीसहित निर्वाचन क्षेत्रमा पुगेर गठबन्धनका उम्मेदवारको पक्षमा खुलेरै लागे तर त्यसले कुनै परिणाम ल्याउन सकेन।

    उनको विरुद्धमा नेपालका प्रतिष्ठित मिडिया लागेको स्वयम् लामिछानेले सार्वजनिक रुपमा बताउँदै आएका छन्। यी अनेकौं प्रतिकूलताकाबीचमा आफूलाई जनतामाझ परिक्षित गराउँदै थप उल्लेख्य मत आर्जन गर्न सफल भएका छन्।

    तनहुँ १, चितवन २ र बारा २ मा सबै पूर्वप्रधानमन्त्री र बहालवाला प्रधानमन्त्री समेत रास्वपाको विरुद्धमा सक्रियतापूर्वक लाग्दा समेत रास्वपाको मतभारमा कुनै कमी आएन। रास्वपाले बारा २ मा जित हासिल गर्न नसकेपनि दुई क्षेत्रमा अत्यधिक मतसहित निर्वाचित हुन सफल भएका छन्।

    बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.