लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार मुख्यमन्त्रीमा नियुक्त चौधरीलाई शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । साथै तीनजना मन्त्रीलाई पनि नियुक्त गरेर शपथ दिलाइएको छ ।
लुम्बनी सरकारमा माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे सहभागी भएका हुन्। यद्यपि, उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
