नेपाल पुनर्बीमा कम्पनीले आफ्नो सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ। आज (वैशाख १७ गते) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर दिन निर्णय गरेको हो। साथै बोनस सेयरमा लाग्ने कर तिनको लागि ०.२५ प्रतिशत नगद लाभांश पनि दिने भएका छन्।
प्रस्तावित लाभांश नेपाल सरकार र नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। हाल कम्पनीको चुक्तापुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ रहेको छ।
