• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

ओली र योगी आदित्यनाथसँगको भेटपछि शेखर कोइराला सिंगापुरमा

  •   बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मंगलबार सिंगापुर गएका छन्। आँखाको उपचार गराउने भन्दै डा. कोइराला मंगलबार सिंगापुर गएका हुन्। उनी आइतबार नेपाल फर्किने बताइएको छ।

    Advertisement

    सिंगापुर उड्नु ठिक एक साता अघि डा.कोइराला गृहजिल्ला विराटनगर गएका थिए। त्यहाँ रहँदा उनले झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।

    ओली र कोइरालाबीच के विषयमा छलफल भयो भन्ने सार्वजनिक भएको छैन। तर, नयाँ राजनीतिक समीकरणका विषयमा उनीहरुबीच छलफल भएको स्रोतले जनाएको छ।

    एमाले अध्यक्ष ओलीसँगको छलफलपछि डा. शेखर कोइराला स्थलमार्ग हुँदै भारतको लखनउ पुगेका थिए। शुक्रबार विहान बागडोरा हुँदै लखनउ पुगेका कोइरालाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग लामो छलफल गरेका थिए।

    ओली र योगी आदित्यनाथबीचको भेटपछि डा. कोइराला आँखाको उपचार गर्ने भन्दै मंगलबार सिंगापुर गएका छन्। तर, कोइराला सिंगापुर जानुभन्दा अगाडि उनले गरेका भेटवार्ता र पछिल्लो समय नेपाली राजनैतिमा परिवर्तन हुँदै गएको कोर्स हेर्दा नयाँ परिवर्तनको संकेत देखिएको छ।

    कांग्रेसभित्र कोइराला हिन्दू राज्यको पक्षमा वकालत गर्ने नेता हुन्। नेता कोइराला र नेपालमा हिन्दू राज्य हुनुपर्ने अभिव्यक्ति दिइरहने योगी आदित्यनाथबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। पछिल्लो समय एमालेभित्र पनि हिन्दू राज्य कायम हुनुपर्ने र संघीयता खारेज गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ।

    ओली र योगी आदित्यनाथबीचको भेटपछि डा. कोइराला आँखाको उपचार गर्ने भन्दै मंगलबार सिंगापुर गएका छन्। तर, कोइराला सिंगापुर जानुभन्दा अगाडि उनले गरेका भेटवार्ता र पछिल्लो समय नेपाली राजनैतिमा परिवर्तन हुँदै गएको कोर्स हेर्दा नयाँ परिवर्तनको संकेत देखिएको छ।

    पछिल्लो समय भारत नेपाललाई हिन्दू राष्ट्र बनाउन प्रयासरत छ । यसमा पनि भारतीय प्रधानमन्त्री मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सबैभन्दा धेरै सक्रिय छन्। योगीलाई त प्रधानमन्त्री मोदीको उत्तराधिकारी समेत मानिन्छ। यस्तोमा योगीसँग कोइरालाको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

    योगी आदित्यनाथले विगतमा पनि उत्तर प्रदेशका विभिन्न धार्मिक कार्यक्रमहरुमा पूर्वराजालाई नेपालको राजाकै हैसियतमा निमन्त्रणा दिने गरेका छन्। त्यहाँ जाँदा पूर्वराजालाई नेपाल नरेशकै हैसियतमा मञ्च र आसन उपलब्ध गराइन्छ। यसबाट पनि योगी आदित्यनाथको मनसाय बुझ्न सकिन्छ।

    तर, पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजाको कटु आलोचना गर्न थालेका छन्। उनले झापामा पुगेर पूर्वराजाप्रति लक्षित गर्दै निकै आलोचक टिप्पणीहरु गरेका छन्। ओलीका यी अभिव्यक्तिले बाहिरी रुपमा उनले राजाको विरोध गरेको देखिए पनि खासमा उनले राजाको शक्ति परीक्षण गरेको स्रोत बताउँछ।

    पूर्वराजाको विषयमा आलोचनात्मक टिप्पणी गरेपछि यसले आम जनतामा कस्तो प्रभाव पार्छ र त्यसले जनतामा कस्तो प्रतिक्रिया देखा पर्छ भन्ने ओलीले परीक्षण गर्न चाहेको स्रोत बताउँछ।

    यसले पूर्वराजाको देशमा लोकप्रियता कति छ र उनको शक्ति कति छ भन्ने थाहा हुने र भोलिका दिनमा राज्य संरचना नै परिवर्तन गर्नु कति आवश्यक र सम्भव छ भन्ने थाहा हुने ओलीको बुझाइ छ।

    एमाले अध्यक्ष ओली समेत हिन्दू धर्म र धार्मिक राष्ट्रियताप्रति बढी नै झुकाव भएका नेता हुन्। उनले लामो समयदेखि भगवान रामको जन्म नेपालमा भएको दावी गर्दै आएका छन्।

    उनले चितवनको ठोरीमा राम जन्मभूमिको रुपमा मन्दिरको स्थापना समेत गरेका छन्। यस्तोमा कांग्रेसभित्र हिन्दू राष्ट्रको वकालत गर्दै आएका नेता शेखर कोइरालाको ओली र योगीसँगको भेटलाई अर्थपूर्ण मानिएको छ।

    बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२

    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com

    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल

    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.