• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जब यताका रोहित र उताका रोहितले क्वाइन उफार्नेछन्


  •   बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
  • नेपालले क्रिकेटको ठूलो प्रतियोगिता एसिया कपमा प्रवेश गरेको छ । यससँगै ५ वर्षअघि एकदिवसीय मान्यता पाएको नेपालले विश्वकपको उपाधिका दावेदार मानिने टिमहरुसँग एकदिवसीय खेल खेल्ने बाटो खुलेको छ ।

    Advertisement

    एकदिवसीय मान्यता पाएको ५ वर्षको अवधिमा नेपालले ५१ वटा एकदिवसीय खेल खेलिसकेको छ । यीमध्ये २८ खेल नेपालले जितेको छ । २१ खेलमा नेपालले हार व्यहोरेको छ । अमेरिकासँगको एउटा खेल बराबरी भएको छ भने नामिबियासँगको एउटा खेल वर्षाले अवरुद्ध भएपछि बिना नतिजा टुंगिएको छ ।

    तर, खेलको संख्याको अर्धशतक पुगिसक्दा समेत नेपालले कुनै पनि एकदिवसीय खेल टेस्ट मान्यता प्राप्त देशसँग खेल्न पाएको छैन । यस अवधिमा नेपालले युएइसँग दुई पटक तथा नेदरल्याण्ड र पपुआ न्यू गिनीसँग एक–एक पटक द्विपक्षीय सिरिज खेलेको छ । यसबाहेक नेपालले अरु एकदिवसीय खेल आइसीसीको नियमित तालिकामा क्रिकेट विश्वकप लिग २ र भर्खरै भएको एसीसी प्रिमियर कपमा मात्र खेलेको छ ।

    मंगलबार नेपालले युएइलाई हराउँदै एसिया कपमा प्रवेश गरेसँगै लामो समय नेपाली टिमको नेतृत्व गरेका पूर्वकप्तान पारस खड्काले भनेका थिए –‘नेपाली टिमलाई अब एक्सपोजर चाहिन्छ ।’ एक्सपोजर अर्थात आफ्नो क्षमता विश्वलाई देखाउने अवसर । त्यो अवसर सिर्जना गर्नको लागि यो एसिया कप एउटा कारक बन्न सक्छ जहाँ नेपालले विश्वकपको उपाधिको दावेदार मानिने भारत र पाकिस्तानसँग खेल्नेछ ।

    नेपालको यो ऐतिहासिक सफलतासँगै नेपाली फ्यानहरुमा एउटा त्रास पनि छ । कतै भारत र पाकिस्तानको राजनैतिक जुँगाको लडाइँमा नेपालको सपना व्यर्थ जाने त होइन ? इतिहासमा एक पटक यस्तो भएको पनि छ । २१ वर्षअघि नै नेपाल एसिया कपमा छनोट भएको भए पनि त्यतिबेला भारत र पाकिस्तानको विवादका कारण एसिया कप नै हुन सकेन र नेपालले त्यतिबेलै एकदिवसीय खेल्ने ऐतिहासिक अवसर गुमाउनुपरेको थियो ।

    अहिले पनि एक पाकिस्तानी मिडियाले भारतले पाकिस्तानबाहेक अन्य ५ देशको प्रतियोगिता गर्ने तयारी गरिरहेको र एसिया कप रद्द हुन सक्ने दावी गरेको छ । यद्यपि मंगलबार नै एसियन क्रिकेट काउन्सिलका एक अधिकारीले इनसाइड स्पोर्टसँग एसिया कप स्थगित गर्ने वा रद्द गर्नेबारे कुनै छलफल नै नभएको बताउँदै हल्लाको खण्डन गरेका छन् ।

    तर, यत्तिको हल्ला नै नेपाली फ्यानहरुलाई तर्साउन काफी छ । लामो समयको प्रतिक्षापछि बलिया टोलीसँग खेल्ने अवसर पाएको नेपालले त्यो अवसर गुमाउनु भनेको नेपाली फ्यानका लागि डरलाग्दो सपनाजस्तै हुनेछ । यद्यपि भारत पाकिस्तानमा गएर खेल्न नचाहेको भने सत्य हो । र, यसको समाधानका लागि पाकिस्तानले भारतका खेल तटस्थ स्थानमा आयोजना गर्ने विकल्प प्रस्ताव गरेको छ ।

    २०१४ को टि–२० विश्वकप खेलेर फर्किएपछि एक अन्तरवार्तामा तत्कालीन कप्तान पारस खड्काले भनेका थिए ‘हामीले भारत पाकिस्तान जस्ता देशहरुसँग खेल्छौं भन्दैमा खेल्न पाउँदैनौं । त्यसको लागि हामीले ओडिआइ मान्यता पाउनुपर्छ ।’ तर, त्यो मान्यताले पनि नपुग्ने रहेछ भन्ने अहिले देखिएको छ । किनकि ओडिआइ मान्यता पाएको ५ वर्षसम्म पनि नेपालले कुनै टेस्ट मान्यता प्राप्त देशहरुसँग एकदिवसीय खेल्न पाएन ।

    नेपालले टेस्ट राष्ट्रसँग एकदिवसीय खेल्नको लागि ती देशहरु पनि नेपालसँग द्विपक्षीय वा त्रिपक्षीय सिरिज खेल्नको लागि तयार हुनुपर्छ । र, यसका लागि सम्बन्धित देशका क्रिकेट बोर्डहरु सिरिज आयोजना गर्न सहमत हुनुपर्छ । यसका लागि क्रिकेट बोर्डकै भूमिका प्रभावकारी हुनुपर्छ । यसबाहेक दुई देशको सम्बन्धले पनि ठूलो अर्थ राख्छ ।

    यो ५ वर्षको अवधिमा त्यस्ता प्रयासहरु भए वा भएनन् र भएर पनि के कति कारणले सफल भएनन् त्यसको समीक्षा गर्ने एउटा पाटो छ । त्यसबाहेक आइसीसी र एसीसीले आयोजना गर्ने विभिन्न प्रतियोगितामा खेलाडीहरु आफ्नै प्रयासले जितेर टेस्ट मान्यता प्राप्त देशहरुसँग खेल्ने अवसर पाउँछन् । जसरी अहिले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाएका छन् ।

    यसैगरी नेपाली खेलाडीहरुले टेस्ट राष्ट्रसँग खेल्ने अवसर जुलाइमा जिम्बाब्बेमा पाउनेछन् । जिम्बाब्बेमा विश्वकप छनोट हुँदैछ जहाँ टेस्ट राष्ट्रहरु वेष्ट इण्डिज, श्रीलंका र जिम्बाब्बे खेल्ने तय भइसकेको छ । अर्को एउटा टिम आयरल्याण्ड वा दक्षिण अफ्रिकामध्ये एक हुनेछ । र, नेपालले यी ४ टेस्ट राष्ट्रमध्ये कुनै दुईसँग पक्कै खेल्न पाउनेछ । त्योभन्दा धेरै अवसर पाउने वा नपाउने भन्ने कुरा त्यहाँ टिमको प्रदर्शनमा निर्भर रहनेछ ।

    केही वर्षअघि एक नेपाली खेलाडीले एक अन्तरवार्तामा भनेका थिए ‘हामी क्रिकेट खेल्नकै लागि मुम्बइ ट्रान्जिट भएर जाँदै थियौं । एयरपोर्टमा हामी क्रिकेट खेल्न जान लागेको भन्दा हामीलाई नेपाल पनि क्रिकेट खेल्छ र ? नेपालको पनि क्रिकेट टिम छ र ? भनेर सोधिएको थियो ।’ त्यतिबेलाका भारतीयमा नेपाली क्रिकेटप्रतिको सोच कस्तो थियो भन्ने यही प्रसंगले प्रस्ट पार्छ ।

    नेपाली क्रिकेट यस्ता अपमानजनक भोगाइहरु झेल्दै, लड्दै र धुलो टक्टक्याउँदै उठेर यहाँसम्म आइपुगेको हो । यस्ता अपमानजनक अनुभवमा मलम लगाउनकै लागि भए पनि नेपाली फ्यानहरु नेपालले भारतसँग खेलोस् र जितोस् भन्ने चाहन्छन् । भारत तुलनात्मक रुपमा बलियो टिम हो तर प्रयास गरेमा उसलाई हराउनु अवस्म्भव पनि होइन । नेपाली फ्यानहरु त्यो पलको पर्खाइमा छन् जब यताका रोहित (पौडेल) र उताका रोहित (शर्मा)ले एसिया कपको मैदानमा टसका लागि क्वाइन उफार्नेछन् ।

    बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.