नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे प्रहरी कार्यालयमा उपस्थित भएका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंमा सचिव पाण्डे उपस्थित भएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा सरकारका सचिवकै संलग्नता रहेको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाए पछि सचिव पाण्डे प्रहरीमा उपस्थित भएका हुन्।
