‘काँटा लगा गर्ल’को नामले चर्चित भएकी शेफाली जरीवाला सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन्। शेफाली प्रायः आफ्नो इन्स्टा एकाउन्टमा श्रीमान्सँगको तस्विर शेयर गर्छिन्। सामाजिक सञ्जालमा पनि शेफालीलाई ठूलो संख्यामा फलो गर्ने गर्छन्। सन् २००२ मा आएको शेफालीको गीत ‘काटाँ लगा’ निकै लोकप्रिय भएको थियो।
यो गीतले शेफालीको जीवन रातारात बदलिदियो र त्यसपछि उनी ‘काँटा लगा गर्ल’ को नामबाट चर्चित भइन्। शेफालीको लुक वर्षौंमा धेरै परिवर्तन भएको छ र उनको नयाँ फोटो हेरेपछि तपाई छक्क पर्नुहुनेछ किनभने उनी अहिले पनि पहिले जस्तै सुन्दर र ग्लामरस देखिन्छिन्।
शेफाली जरिवालाको इन्स्टा अकाउन्ट उनका सुन्दर तस्विरहरूले भरिएको छ। उनका हरेक पोस्टमा फ्यानले माया दिई रहेका छन्। हालै शेफालीले स्विमसुट लगाएका आफ्ना केही तस्विरहरु सेयर गरेकी छिन्, जसलाई देखेपछि फ्यानहरु रमाइलो मानिरहेका छन्। शेफालीले सेयर गरेका पछिल्लो तस्विरमा, जसमा उनी कालो रंगको स्विमसूटमा देखिएकी छिन्। यी तस्बिरहरू मध्य गोवाका हुन्, जसमा शेफाली विभिन्न पोजमा देखिएकी छिन्। तस्विरलाई लिएर मानिसहरुको धेरै प्रतिक्रियाहरु आएका छन्।
तस्विरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘तिमी अहिले पनि त्यस्तै छौ, जसरी मैले तिमीलाई पहिलो पटक देखेको थिएँ। अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तिमीले अमृत सेवन गरेको हुनुपर्छ, नत्र यो सौन्दर्य यसरी सद्यै कसरी कायम रहन्छ ?’
