प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। सोमबारको आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भइरहेको छ।
तर, अर्थमन्त्री डा प्रकाशशरण महत अनुपस्थित भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। एमाले सांसद रघुजी पन्तले सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए।
यस्तै, रास्वपाका सांसद सुमना श्रेष्ठले पनि उठेर सभामुखको ध्यानाकर्षण गराएकी थिइन्। अर्थमन्त्री महत राष्ट्रिय सभा बैठकमा रहेको र आउने जानकारी गराइए पनि अन्ततः १५ मिनेटका लागि स्थगित गरिएको हो ।
