राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठलाई मातृशोक परेको छ।
प्रवक्ता श्रेष्ठकी ८१ वर्षीया आमा दिलमाया श्रेष्ठको उपचारका क्रममा ललितपुरको अल्का अस्पतालमा मंगलबार निधन भएको हो।
उनी मुटु, रक्तचाप र स्नायुसम्बन्धी समस्याबाट पीडित थिइन्। दिलमायाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। स्वर्गीय दिलमायाका एक छोरा र एक छोरी छन्।
