• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नवनियुक्त वनमन्त्री वीरेन्द्र महतो र शिक्षा राज्यमन्त्री कुमारीद्वारा शपथ ग्रहण


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

    Advertisement

    राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वनमन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिक्षा राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।


    मंगलबार प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए। योसँगै पाँच महिनामा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

    प्रचण्ड सरकारमा माओवादी केन्द्रबाट पाँच मन्त्री र एक राज्यमन्त्री छन्। नेपाली कांग्रेसबाट नौ मन्त्री छन्। नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री र एक राज्यमन्त्री छन्। यस्तै, जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्री छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीबाट एक/एक मन्त्री छन्।

    नेकपा (एमाले)सहितको समर्थनमा प्रचण्ड गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले पहिलोपटक पुस ११ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए। एमालेसहित सातदलीय गठबन्धनबाट पहिलोपटक तीन उपप्रधानसहित ६ मन्त्रीले शपथ लिएका थिए।

    प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक माघ ३ गते मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। ०७९ माघ १४ गते नागरिकता प्रकरणका कारण तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका थिए।

    त्यसपछि तेस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै खाली रहेको गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हालेका थिए। चौथोपटक माघ २३ गते मन्त्रिपरिषद् फेरबदल गरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार छाडेपछि तीन मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री आफैँले सम्हालेका थिए।

    फागुन १४ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छाडेपछि पाँचौँपटक मन्त्रिपरिषद्मा फेरबदल गरियो। राप्रपाले छाडेका तीन मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री आफैंले सम्हालेका थिए।

    छैटौँपटक फागुन १६ गते एमालेले सरकार छाडेपछि थप आठ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालेका थिए। पुस १० मा बनेको गठबन्धन राष्ट्रपतिको निर्वाचनताका भत्कियो। कांग्रेससहितको लोकतान्त्रिक-वाम गठबन्धन बनाउँदै प्रचण्डले आफ्नो सरकारलाई अघि बढाए।

    उनले सातौंपटक चैत १७ गते कांग्रेसका चार, एकीकृत समाजवादीका दुई, लोसपाका एक, नागरिक उन्मुक्तिका एक र आफ्नै पार्टी माओवादीबाट समेत मन्त्री थप्दै सरकार विस्तार गरेका थिए। प्रधानमन्त्रीले आठौंपटक वैशाख ३ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए।

    कांग्रेस सांसद एनपी साउदलाई उनले परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए। एकीकृत समाजवादीबाट नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बने। यस्तै, वैशाख ५ गते उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कानुनमन्त्री बने।

    प्रधानमन्त्री प्रचण्डले वैशाख २० गते नवौंपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। जसमा कांग्रेसबाट तीन मन्त्री नियुक्त भएका थिए। कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त भएका थिए।

    वैशाख २४ गते १०औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । जसमा कांग्रेसबाट सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा नियुक्त गरिएको थियो।

    महिलामन्त्री रहनुभएका महिन्द्र राय यादवको जिम्मेवारी सोही दिन हेरफेर गरिएको थियो। उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको हो।  मंगलबार मन्त्री थपिएसँग प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ।

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.