अजोड इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ। कम्पनीको १९ लाख कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरेको हो।
उक्त सेयर संरचना परिवर्तन भएसँगै कम्पनीको संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व कायम भएको छ। यस अघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व रहेको थियो।
