अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स एक आपसमा मर्ज भएर जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। यी दुई कम्पनी एक आपसमा गाभिएपछि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।
यी दुई कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले जेठ ९ गते र बिमा प्राधिकरणले वैशाख जेठ २ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले जेठ ८ गते मर्जरको लागि अन्तिम स्वीकृति दिइसकेको हो।
यी दुई कम्पनी १००ः८२.५ अनुपातमा मर्ज भएका हुन्। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँको सुन्धारामा रहनेछ।
